Trending
Prev Story
Next Story

कात्तिकका लागि वाणिज्य बैंकहरुको ब्याजदर : औषत ब्याजदर निरन्तर घट्दै, कुनको कति ?

Arthasansar •
October 18, 2026 • 07:23 AM
1
1 reads 0 reactions

वाणिज्य बैंकहरुको औषत ब्याजदर निरन्तर रुपमा घटिरहेको छ । वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार औषत ब्याजदर...

कात्तिकका लागि वाणिज्य बैंकहरुको ब्याजदर : औषत ब्याजदर निरन्तर घट्दै, कुनको कति ?

वाणिज्य बैंकहरुको औषत ब्याजदर निरन्तर रुपमा घटिरहेको छ । वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार औषत ब्याजदर घटेको हो ।

बैंकिङ प्रणालीमा अहिले पर्याप्त तरलता (लगानीयोग्य रकम) कायम रहेको र कर्जा प्रवाहमा सुस्तता आएका कारण असोजको तुलनामा कात्तिक महिनामा पनि निक्षेपको औसत ब्याजदर घटेको हो । कात्तिक महिनाका लागि २० वटा वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर असोजको ४.०८९५ प्रतिशतविन्दुबाट ०.०७६५ प्रतिशतविन्दुले घटेर ४.०१३ प्रतिशतविन्दुमा झरेको छ ।

त्यसैगरी, संस्थागत निक्षेपको औसत ब्याजदर पनि असोजको ३.०६६५ प्रतिशत विन्दुबाट ०.०६३५ प्रतिशत विन्दुले घटेर ३.००३ प्रतिशतविन्दु कायम भएको छ ।   कात्तिक महिनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ब्याजदरमा सबैभन्दा धेरै गिरावट देखिएको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत निक्षेपको दरमा ०.८ प्रतिशत विन्दुले कमी गर्दै ३.७ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशतविन्दुले घटाएर ३ प्रतिशत कायम गरेको छ । त्यसैगरी नबिल बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.५ प्रतिशत विन्दुले घटाएर ३.७५ प्रतिशत र संस्थागत दर ०.२६ प्रतिशत विन्दुले घटाएर २.७५ प्रतिशत बनाएको छ ।

प्रभु बैंकले पनि व्यक्तिगततर्फ ०.३ प्रतिशत विन्दुले ब्याजदर घटाएर ४.२५ प्रतिशतमा झारेको छ । नेपाल एसबिआई बैंकले व्यक्तिगतमा ०.१ प्रतिशतविन्दु (नयाँ दर ४ प्रतिशत), स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशत विन्दुले घटेर ३.७ प्रतिशत र कुमारी बैंकले ०.०३ प्रतिशत विन्दुले घटाएर ३.७ प्रतिशत कायम भएको छ । त्यस्तै कात्तिक महिनाका लागि हिमालयन बैंकले भने व्यक्तिगत दर ४ प्रतिशत मै स्थिर राख्दै संस्थागत दरमा ०.२५ प्रतिशत विन्दुले कटौती गरी ३.२५ प्रतिशत बनाएको छ । कात्तिक महिनामा एभरेष्ट बैंकले भने व्यक्तिगत निक्षेपको ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाएर ३.७५ प्रतिशत पुरÞ्याएको छ भने संस्थागत दर ३.२५ प्रतिशत मै यथावत राखेको छ ।

कात्तिक महिनाका लागि १३ वटा वाणिज्य बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तर्ता दिएका छ । कात्तिक महिनामा सानिमा बैंकले अघिल्लो महिना कै ४.५ प्रतिशत, एनएमबि बैंक ४.५ प्रतिशत, माछापुच्छ्रे बैंक ४.५ प्रतिशत, कृषि विकास बैंक ४.१५ प्रतिशत, नेपाल बैंक ४.१५ प्रतिशत, लक्ष्मी सनराइज बैंक, ४ प्रतिशत, एनआईसी एसिया बैंक ४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ४ प्रतिशत, प्राइम कमर्सियल बैंक ४ प्रतिशत, ग्लोबल आइएमई बैंक ४ प्रतिशत, सिटिजन्स बैंक ३.८५ प्रतिशत, र सिद्धार्थ बैंक ३.७६ प्रतिशत रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
12h ago
सल्यानमा कात्तिक ३० देखि खुला भलिबल प्रतियोगिता हुँदै

सल्यानमा कात्तिक ३० देखि खुला भलिबल प्रतियोगिता हुँदै

कपुरकोटको घंघारीचौरमा हुने प्रतियोगितामा उत्कृष्ट तीन टोलीले क्रमशः ५०, ३० र २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

#कात्तिक
Compare →
Hamro Patro News
1d ago
मधेसमा सरकार बदल्ने तयारी सुरु, कात्तिक २८ मा बोलाइयो प्रदेश सभा बैठक

मधेसमा सरकार बदल्ने तयारी सुरु, कात्तिक २८ मा बोलाइयो प्रदेश सभा बैठक

मधेसमा सरकार बदल्ने तयारी सुरु, कात्तिक २८ मा बोलाइयो प्रदेश सभा बैठक केहि सेकेन्ड अघि जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि कात...

#कात्तिक
Compare →
Nagarik News
1d ago
मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

प्रदेशसभाको बैठक सञ्चालनका लागि भोलि कात्तिक २७ गते दिउँसो प्रदेशसभाअन्तर्गतको कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र सोही बैठकले कार्यसूची निर्धारण गर्ने सभामुख यादवले बताए।

#कात्तिक
Compare →
Bizshala
2d ago
तिहारपछि सेयर किन्दा यी १७ कम्पनीको लाभांश पाइने, कसको कति? (सूचीसहित)

तिहारपछि सेयर किन्दा यी १७ कम्पनीको लाभांश पाइने, कसको कति? (सूचीसहित)

काठमाण्डौ । तिहारको बिदापछि शुक्रबार कात्तिक २७ गते बिहान ११ बजे सेयर बजार खुल्दैछ। आर्थिक वर्ष २०८२/८३ को नाफाबाट...

#कात्तिक #कति
Compare →

Related Stories

Business & Economy
Build #2611