Trending
Prev Story
Next Story

सोल्मा फुटबल प्रतियोगिताको उपाधि इन्द्रेणीपोखरीलाई

Ekantipur •
November 03, 2026 • 01:01 PM
1
1 reads 0 reactions

खोटाङको सोल्मा खेल मैदानमा मंगलबार सम्पन्न खेलमा मात्तिमलाई ३–० ले पराजित गर्दै उपाधि चुमेको हो ।

सोल्मा फुटबल प्रतियोगिताको उपाधि इन्द्रेणीपोखरीलाई

खोटाङको सोल्मा खेल मैदानमा मंगलबार सम्पन्न खेलमा मात्तिमलाई ३–० ले पराजित गर्दै उपाधि चुमेको हो ।

खोटाङ — सातौं सोल्मा फुटबल प्रतियोगिताको उपाधि इन्द्रेणीपोखरीले चुमेको छ । खोटाङको सोल्मा खेल मैदानमा मंगलबार सम्पन्न खेलमा मात्तिमलाई ३–० ले पराजित गर्दै उपाधि चुमेको हो ।

पहिलो हाफको ३७ औं मिनेटमा इन्द्रेणीपोखरीका जर्सी नम्बर २२ का धीरन राईले, दोश्रो हाफको २२ औं मिनेटमा जर्सी नम्बर ७ का शुभराजहाङ राईले र ३७ औं मिनेटमा जर्सी नम्बर १० का निरज राईले गोल गरेका हुन् ।

जितसँगै इन्द्रेणीपोखरीले एक लाख २२ हजार २ सय २२ रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता मात्तिमले ७७ हजार ७ सय ७७ रूपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । सेमीफाइनलिस्ट खार्मी र लफ्याङले ३३ हजार ३ सय ३३ रूपैयाँका दरले नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पाएको छ ।

विधागत पुरस्कार अन्तर्गत उदीयमान खेलाडीमा नेर्पाका एन्जल राई, उत्कृष्ट गोल रक्षकमा इन्द्रणीपोखरीका शुभराज राई, उत्कृष्ट डिफेन्डरमा इन्द्रेणीपोखरीकै सविन भुजेल, सर्वाधिक गोलकर्ता मात्तिमका साहिल राई, उत्कृष्ट मिडफिल्डरमा मात्तिमका युसन राई, उत्कृष्ट प्रशिक्षकमा इन्द्रेणीपोखरीका विकाश राई घोषित भएका छन् । उनीहरूलाई दुई हजार दुई सय २२ रूपैयाँ दरले नगद, ट्रफी, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ ।

त्यस्तै उत्कृष्ट खेलाडी इन्द्रेणीपोखरीका विजय राईलाई ५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र दिइएको आयोजक सोल्मा स्पोर्ट्स क्लबका अध्यक्ष तथा जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुवविक्रम राईले बताएका छन् ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
सोल्मा फुटबलको उपाधि इन्द्रेणीपोखरीलाई

सोल्मा फुटबलको उपाधि इन्द्रेणीपोखरीलाई

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सम्पन्न सातौँ सोल्मा अन्तरवडाकप पुरुष फुटबल प्रतियोगिता–२०८३ को उपाधि इन्द्रेणीपोखरीले जितेको छ ।

#सोल्मा #उपाधि #इन्द्रेणीपोखरी
Compare →
Hamro Patro News
1w ago
इन्द्रेणीपोखरी फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई

इन्द्रेणीपोखरी फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई

इन्द्रेणीपोखरी फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई शुक्रबार सम्पन्न खेलमा इन्द्रेणीपोखरीले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो । कार्तिक २०, २०८३ डम्बरसिं राई खोटाङ — इन्द्रेणीपोखरी फुट...

#उपाधि #इन्द्रेणीपोखरी #फुटबल
Compare →
Bizshala
1w ago
कामना सेवाको मैत्रीपूर्ण फुटसलमा नाफिज च्याम्पियन, अपराजित रहँदै उचाल्यो उपाधि

कामना सेवाको मैत्रीपूर्ण फुटसलमा नाफिज च्याम्पियन, अपराजित रहँदै उचाल्यो उपाधि

काठमाण्डौ । कामना सेवा विकास बैंकले आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि नेपाल आर्थिक पत्रकार संघ...

#उपाधि
Compare →
Onlinekhabar
1w ago
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधि राष्ट्र बैंककी उप-निर्देशक विनिता गुरुङलाई

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधि राष्ट्र बैंककी उप-निर्देशक विनिता गुरुङलाई

काठमाडौं । रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा भएको ह्वीसपर मिसेस नेपाल वर्ल्ड २०२६ मा विनिता गुरुङले शीर्ष उपाधि जितेकी छिन् । शनिबार राति सम्पन्न प्रतियोगितामा २१ प्रतिस्पर्धीलाई पछि पार्दै  विनिता विजेता बनेकी हुन् । उनले शीर्ष उपाधि …

#उपाधि
Compare →

Related Stories

Sports
Build #2611