काठमाडौं । सोमबार साँझ त्रिवि क्रिकेट मैदानमा एनपीएल सिजन–३ अन्तर्गत ११औँ खेल भइरहेको थियो, चितवन र सुदूरपश्चिमबीच । सुदूरपश्चिमले चितवनबाट १३० रनको सामान्य लक्ष्य पाएको थियो । क्रिजमा थिए, आरिफ शेख र शेरफन रदरफोर्ड । सुदूरपश्चिमले जित सुनिश्चित भइसकेको थियो । दर्शकले खचाखच थियो, मैदान । सुदुरपश्चिमका समर्थक हुटिङमा व्यस्त थिए । जसै निर्णायक रनका निम्ति ब्याटर दौडिए, दर्शकदीर्घामा एउटा सुन्दर दृश्य देखियो ।
त्यो दृश्यको केन्द्रमा थियो, एक प्रेमिल जोडी । सुदूरपश्चिम रोयल्सको समर्थनमा मैदान पुगेका विनय पन्तले आफ्नी प्रेमिका शर्मिला खत्रीलाई घुँडा टेकेर प्रेम प्रस्ताव राख्दै हिराको औँठी लगाइदिए । वरपरका दर्शकले ताली बजाएर उनीहरूको प्रेमलाई सम्मान गरे, अनि क्षणभरमै यो दृश्य सामाजिक सञ्जालमा भाइरल भयो । यो प्रेम कहानी अहिले धेरैको चासोको विषय बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )