Trending
Prev Story
Next Story

तीन वर्षमा बन्नुपर्ने संसद् भवन सात वर्षसम्म बनेन, संसदीय समितिको चासो

Onlinekhabar •
November 03, 2026 • 12:01 PM
1
1 reads 0 reactions

१७ कात्तिक, काठमाडौं । काठमाडौंको सिंहदरबारभित्र निर्माणाधीन नयाँ संघीय संसद् भवन सम्झौताअनुसार तीन वर्षमा सम्पन्न हुनुपर्ने थियो । तर, सात वर्ष पुग्न लाग्दा समेत निर्माणाधीन नै छ । यो विषयप्रति संसदीय समितिले चासो लिएका छन् । …

तीन वर्षमा बन्नुपर्ने संसद् भवन सात वर्षसम्म बनेन, संसदीय समितिको चासो

१७ कात्तिक, काठमाडौं । काठमाडौंको सिंहदरबारभित्र निर्माणाधीन नयाँ संघीय संसद् भवन सम्झौताअनुसार तीन वर्षमा सम्पन्न हुनुपर्ने थियो । तर, सात वर्ष पुग्न लाग्दा समेत निर्माणाधीन नै छ ।

यो विषयप्रति संसदीय समितिले चासो लिएका छन् । मंगलबार दुई वटा संसदीय समितिका सभापतिसहित सांसदहरूको टोलीले नयाँ संसद भवनस्थित निर्माणस्थलको अनुगमन गरेको छ ।  टोलीले निर्माण कार्यमा भएको लामो ढिलाइप्रति गम्भीर चासो व्यक्त गरेको छ ।

पूर्वाधार विकास समितिका सभापति आशीष गजुरेल र कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोक कुमार चौधरीसहित सांसद अरविन्द शाह तथा पारसमणि गेलाललगायतले निर्माणाधीन संसद् भवनको स्थलगत अवलोकन गरेका हुन् ।

अनुगमनका क्रममा टुन्डी कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर, इन्टेरियर निर्माण व्यवसायीका प्रोजेक्ट म्यानेजर तथा नेपाल सरकारका प्रतिनिधि रञ्जन दासको उपस्थिति रहेको थियो ।

निर्माण पक्षले उपलब्ध गराएको विवरणअनुसार संसद् भवनको संरचनागत निर्माणतर्फ ९२ प्रतिशत र इन्टेरियरतर्फ ७५ प्रतिशत भौतिक प्रगति भएको पाइएको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति चौधरीले जानकारी दिए ।

निर्धारित समयभन्दा चार वर्ष बढी बितिसक्दा पनि संसद भवन निर्माण सम्पन्न हुन नसक्नुले आयोजना व्यवस्थापन, कार्यान्वयन र जवाफदेहितामाथि प्रश्न उठाएको पनि उनले बताए ।

राष्ट्रिय महत्वको संसद भवन निर्माणमा भएको लामो ढिलाइलाई सामान्य रूपमा लिन नसकिने उनको भनाइ छ ।

उनका अनुसार संसदीय टोलीले निर्माण कार्यमा थप गति, प्रभावकारी समन्वय र समयसीमाभित्र सम्पन्न गर्ने सुनिश्चितता आवश्यक रहेको औँल्याएको छ ।

टोलीले निर्माण पक्षलाई बाँकी काम तत्काल तीव्र गतिमा अघि बढाउन तथा घोषित समयसीमा भित्र निर्माण सम्पन्न गर्न निर्देश पनि गरेको छ ।

२०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको यो आयोजना २०७९ साल असोजभित्रै सकिनुपर्ने थियो । तर, अझै निर्माण सम्पन्न भएको छ ।

कुल १७३ रोपनी जग्गामा फैलिएको यस अत्याधुनिक संसद् परिसरमा १२ वटा ठूला भवनहरू रहनेछन् ।

संसद्को आफ्नै भवन नहुँदा विगत २०६४ सालदेखि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई वार्षिक करोडौँ रुपैयाँ भाडा तिरेर संसद् बैठक सञ्चालन गरिँदै आइएको थियो ।

उक्त भवन गत वर्षको जेनजी आन्दोलनका क्रममा जलेको थियो । त्यसपछि नयाँ संसद् भवनमै संसद् बैठक बस्दै आएको छ ।

निर्माणमा भएको ढिलाइकै कारण नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा अस्थायी रूपमा संसद्का बैठकहरू बस्दै आएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
3d ago
तेस्रो अधिवेशन नयाँ संसद् भवनबाटै सुरु होला ?

तेस्रो अधिवेशन नयाँ संसद् भवनबाटै सुरु होला ?

सात वर्षदेखि निर्माणाधीन सिंहदरबारस्थित संघीय संसद् भवनको सिभिल निर्माण लगभग सकिए पनि आन्तरिक काम बाँकी छ । मंसिर ११ गतेदेखि सुरु हुने भनिएको संसद् अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्ने तयारी छ ।

#संसद् #भवन
Compare →
Hamro Patro News
6d ago
सम्झौता भएको ६ वर्ष बित्दा पनि बनेनन् स्याङ्जाका ३ आयुर्वेद औषधालयका भवन

सम्झौता भएको ६ वर्ष बित्दा पनि बनेनन् स्याङ्जाका ३ आयुर्वेद औषधालयका भवन

स्याङ्जा । स्थानीयलाई सहज रूपमा आयुर्वेदिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्याङ्जाका तीन स्थानीय तहमा निर्माण थालिएका आयुर्वेद औषधालयका भवन ६ वर्षसम्म पनि पूरा भएका छैनन् । आँधीखोला गाउँपा...

#भवन #बनेन
Compare →
Bizshala
1d ago
नेतान्याहुलाई  प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

काठमाण्डौ । इजरायलमा नयाँ सरकार गठनको रस्साकस्सीबीच बेन्जामिन नेतान्याहुको अर्को कार्यकाल रोक्न सक्ने कानुनी...

#संसद्
Compare →
Nagarik News
6d ago
सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ जारी

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ जारी

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा भइरहेको सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीशहरूको न्यायिक अनुभव, कार्यक्षमता, निष्पक्षता, न्यायिक स्वतन्त्रता र न्यायपालिकाको सुधारलगायत विषयमा प्रश्नोत्तर भइरहेको छ।

#संसदीय
Compare →

Related Stories

Politics & Governance
Build #2611