Trending
Prev Story
Next Story

कमला–ढल्केबर र नागढुंगा–मुग्लिन सडकका पोल सार्न निर्देशन

Ekantipur •
November 03, 2026 • 11:01 AM
1
1 reads 0 reactions

कमला–ढल्केबर–बागमती र बुटवल–गोरुसिंगे खण्डका पोल २ महिनाभित्र तथा नागढुंगा–मुग्लिनका पोल १ महिनाभित्र सार्न भनिएको छ ।

कमला–ढल्केबर र नागढुंगा–मुग्लिन सडकका पोल सार्न निर्देशन

कमला–ढल्केबर–बागमती र बुटवल–गोरुसिंगे खण्डका पोल २ महिनाभित्र तथा नागढुंगा–मुग्लिनका पोल १ महिनाभित्र सार्न भनिएको छ ।

काठमाडौं — प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमला–ढल्केबर–बागमती सडक खण्डमा रहेका विद्युत् पोल २ महिनाभित्र स्थानान्तरण गर्न तथा नागढुंगा–मुग्लिन सडक खण्डमा रहेका विद्युत् पोल १ महिनाभित्र सार्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।

सम्बन्धित सडक खण्डमा पोल स्थानान्तरणका लागि आवश्यक साइट उपलब्ध गराउन सडक विभागलाई पनि निर्देशन दिइएको समिति सभापति आशिष गजुरेलले बताए । पछिल्लो समय सडकको ठेक्का भएको लामो समय बित्दा पनि विद्युत्‌का पोल सार्न ढिलाई गर्दा सडक निर्माणमा प्रगति हुने सकेको छैन ।

सभापति गजुरेलको संयोजकत्वमा मंगलबार बसेको बैठकमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमला–ढल्केबर–बागमती सडक खण्डको हालसम्मको प्रगति, निर्माण कार्यमा देखिएका अवरोध तथा सम्बन्धित निकायको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो ।

राजमार्गका विभिन्न खण्डमा रहेका रुखहरू समयमै कटान हुन नसक्दा सडक निर्माण कार्यमा ढिलाइ तथा अवरोध उत्पन्न भइरहेको विषयलाई गम्भीरतापूर्वक लिँदै यसको शीघ्र समाधानका लागि कृषि तथा वन तथा वातावरण मन्त्रालयलाई आवश्यक पहल गर्न अनुरोध गर्ने निर्णय भएको समितिले जनाएको छ ।

बैठकले बुटवल–गोरुसिंगे सडक खण्डमा रहेका विद्युत् पोलसमेत २ महिनाभित्र स्थानान्तरण गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने तथा सडक विभागलाई आवश्यक साइट उपलब्ध गराउन निर्देशन दिइएको छ । बैठकमा सडक पूर्वाधार निर्माणका क्रममा देखिएका अन्तरनिकायगत समन्वयका समस्या समाधान गर्दै आयोजना निर्धारित समयमै सम्पन्न गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको थियो ।

बैठकमा पूर्वाधार विकास समिति सदस्य राजकिशोर महतो, मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतो, सडक विभागका महानिर्देशक विजय जैसी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ, पूर्वाधार विकास मन्त्रालयका सचिवालय सदस्य दिनेश चमार, कमला–ढल्केबर–बागमती आयोजना प्रमुख राजेशकुमार दास तथा नागढुंगा–मुग्लिन पश्चिम खण्ड आयोजना प्रमुख सजना अधिकारीलगायत सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
विद्युतको पोल सार्ने क्रममा बालकको मृत्यु

विद्युतको पोल सार्ने क्रममा बालकको मृत्यु

जाजरकोटको शिवालय गाउँपालिलकाका एक बालकको करेन्ट लागेर मृत्यु भएको छ । शिवालय गाउँपालिका–५ चाप्टस्थित खडकबहादुर शाहीका ११ बर्षीय छोरा शिशिर शाहीको विद्युतका पोल सार्ने क्रममा मृत्यु भएको हो । जिल्ल...

#पोल #सार्न
Compare →
Nagarik News
1w ago
कमला पुल मङ्सिरदेखि सञ्चालन गर्ने तयारी, हुलाकी सडकको सीमाभित्रका संरचना हटाइँदै

कमला पुल मङ्सिरदेखि सञ्चालन गर्ने तयारी, हुलाकी सडकको सीमाभित्रका संरचना हटाइँदै

तराई–मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषाको जनकपुरधामस्थित कदमचोकदेखि कमला नदीको पुलसम्म सडक सीमाभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालिएको छ।

#कमला
Compare →
Onlinekhabar
1w ago
पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

१७ कात्तिक, गण्डकी । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । पूर्वी खण्ड (जामुने–मुग्लिन)को काम पूरा गरी …

#खण्ड #मुग्लिन
Compare →
Bizshala
13h ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#कमला
Compare →

Related Stories

World News
Build #2611