Trending
Prev Story
Next Story

पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

Onlinekhabar •
November 03, 2026 • 03:01 AM
1
1 reads 0 reactions

१७ कात्तिक, गण्डकी । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । पूर्वी खण्ड (जामुने–मुग्लिन)को काम पूरा गरी …

पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

१७ कात्तिक, गण्डकी । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ ।

पूर्वी खण्ड (जामुने–मुग्लिन)को काम पूरा गरी निर्माण कम्पनीले सडक हस्तान्तरण गरिसकेको उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए ।

‘सडक विस्तार तथा स्तरोन्नतिको काम सकिएर त्रुटि सच्चाउने अवधि (डिएलपी) सुरु भइसकेको छ’, उनले भने, ‘डीएलपीपछि थप पाँच वर्षसम्म सडक मर्मतसम्भारको जिम्मा पनि निर्माण कम्पनीकै रहन्छ ।’

इन्जिनियर पाण्डेका अनुसार कूल ४१.४५ किमि दूरीको उक्त खण्डमा दमौली र डुम्रे बजारमा गरी करिब दुई किमि सडक छ लेन र अन्यत्र चार लेनमा विस्तार तथा स्तरोन्नति गरिएको छ । पूर्वी खण्डमा साना–ठूला गरी १७ वटा पक्की पुल निर्माण भएको उनले बताए ।

तनहुँको मादी नदीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको इन्जिनियर पाण्डेले बताए । पाँच दशकअघि बनेको उक्त सडक विस्तार तथा स्तरोन्नतिको काम २०७८ साल वैशाखदेखि सुरु भएको थियो । निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले छ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा पूर्वी खण्ड निर्माणको जिम्मा पाएको थियो ।

गण्डकी प्रदेशको ‘लाइफलाइन’का रुपमा रहेको उक्त सडक स्तरोन्नति भएसँगै सङ्घीय राजधानी काठमाडौँ, चितवनलगायत गन्तव्यबाट पोखरासम्मको यातायात सेवा सहज बनेको छ । निर्माणको चरणमा खेपेको धुलो र हिलोको सास्तीलाई बिर्सदै सर्वसाधारणले चार लेनको फराकिलो सडकमा यात्रा गर्न पाएका छन् ।

आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)का प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले आगामी मङ्सिरभित्र काम सक्ने लक्ष्य लिइएको बताए ।

‘पश्चिम खण्डको काम पनि अन्तिम चरणमा पुगेको छ, झण्डै पाँच किमि जति सर्भिस लेन कालोपत्र गर्न बाँकी छ’, उनले भने, ‘रोड मार्किङ, ट्राफिक सङ्केत चिह्न राख्नेदेखि सडक सुरक्षासँग सम्बन्धित कामहरु धमाधम भइरहेको छ ।’

पोखरा महानगरपालिका–१० अमरसिँहचोकदेखि सेती पुलसम्म, तालचोक र बूढीबजार क्षेत्रमा सर्भिस लेन कालोपत्रका लागि तयारी भइरहेको इन्जिनियर कुँवरले बताए।

निर्माणको काम सकिएपछि पश्चिम खण्डमा पनि एक वर्षसम्म त्रुटि सच्चाउने अवधि (डिएलपी)को चरण रहने उनले बताए । ‘सडक हस्तान्तरण गरेपनि ठेक्का सम्झौताअनुसार एक वर्षसम्म डिएलपी र पाँच वर्षसम्म मर्मतको काम निर्माण कम्पनीले नै गर्छ’, उनले भने ।

कूल ३८.८८ किमि दूरीको पश्चिम खण्डमा १८.५ किमि दूरीमा छ लेन र बाँकीमा चार लेनको सडक निर्माण भएको इन्जिनियर कुँवरले बताए ।

‘पश्चिम खण्डमा सहरी क्षेत्र बढी भएकाले छ लेनमा सडक विस्तार गरिएको हो’, उनले भने, ‘तनहुँतर्फ दुलेगौँडा र खैरेनीटारमा पनि छ लेन सडक निर्माण भएको छ ।’ यस खण्डमा पर्ने १३ पुलमध्ये १२ वटा पुल निर्माण भइसकेका छन् । पोखराको सेती नदीको ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको हो ।

तनहुँको जामुनेदेखि पर्यटकीय राजधानी पोखरा जोड्ने पश्चिम खण्डमा २०७८ साल जेठ २ गते सम्झौता भई २०७८ साल भदौ १२ गतेदेखि काम सुरु भएको थियो । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले रु सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्डको ठेक्का पाएको थियो । कूल ८१ किमि दुरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम गरिएको हो । सरकारको प्राथमिकताप्राप्त यस सडक आयोजना निर्माणले सुरुमा गति लिन नसकेपछि पोखराका पर्यटन व्यवसायीलगायतले काममा ढिलासुस्ती नगर्न दबाब बढाएका थिए ।

गण्डकी प्रदेशको राजधानी जोड्ने मुख्य सडकमार्गको स्तरोन्नतिले यस क्षेत्रको आर्थिक र पर्यटकीय गतिविधि बढाउन टेवा पुगेको छ । पोखरा आउजाउ गर्दा धुलो र हिलो छिचोल्दै घण्टौँको यात्रा गर्नुपर्ने पर्यटक र सर्वसाधारणको बाध्यता पनि सधैँका अन्त्य भएको छ ।

सडक विस्तारसँगै पोखराका साँघुरा चोकहरु पनि खुला र आकर्षक देखिएका छन् । अमरसिंहचोक, अर्घौंचोक, बुद्धचोक, तालचोकलगायत ठाउँमा मापदण्ड विपरीतका संरचना हटाएर सडक र चोकलाई चौडा बनाइएको छ ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
पोखराबाट स्याङ्जा जाँदै गरेको जिप दुर्घटनामा, घाइतेको उपचार हुँदै

पोखराबाट स्याङ्जा जाँदै गरेको जिप दुर्घटनामा, घाइतेको उपचार हुँदै

पोखरा- तनहुँको शुक्लागण्डकी नगरपालिका-११ कालिकोटमा बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। पोखराबाट स्याङ्जाको हरिनास गाउँपालिका-१ खैरीकोटतर्फ जाँदै गरेको ग १ ज ७४१० नम्बरको बोलेरो जिप बिह...

#पोखरा
Compare →
Arthasansar
1d ago
एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित...

#पोखरा
Compare →
Nagarik News
1d ago
एनपीएल प्लेअफ होडबाट बाहिरियो पोखरा, विराटनगरको सम्भावना बलियो

एनपीएल प्लेअफ होडबाट बाहिरियो पोखरा, विराटनगरको सम्भावना बलियो

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट औपचारिक रूपमै बाहिरिएको छ।

#पोखरा
Compare →
Ekantipur
1d ago
एनपीएलमा विराटनगरविरुद्ध पोखरा ब्याटिङमा

एनपीएलमा विराटनगरविरुद्ध पोखरा ब्याटिङमा

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको खेलमा विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने भएको छ । पोखराका कप्तान चामिका करुणारत्नेले टस जितेर विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

#पोखरा
Compare →

Related Stories

National (Nepal)
Build #2611