Trending
Prev Story
Next Story

एल निनोका कारण बोलिभियामा आपत्काल घोषणा

Onlinekhabar •
November 03, 2026 • 03:01 AM
1
1 reads 0 reactions

१७ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनको प्रभावसँगै एल निनो मौसमी प्रणालीका कारण खडेरी र बाढीको जोखिम बढेपछि बोलिभियाले देशव्यापी आपत्काल घोषणा गरेको छ । एल निनोका कारण उत्पन्न प्राकृतिक विपत्तिको सामना गर्न आवश्यक स्रोतसाधन परिचालन गर्ने …

एल निनोका कारण बोलिभियामा आपत्काल घोषणा

१७ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनको प्रभावसँगै एल निनो मौसमी प्रणालीका कारण खडेरी र बाढीको जोखिम बढेपछि बोलिभियाले देशव्यापी आपत्काल घोषणा गरेको छ ।

एल निनोका कारण उत्पन्न प्राकृतिक विपत्तिको सामना गर्न आवश्यक स्रोतसाधन परिचालन गर्ने उद्देश्यले बोलिभिया सरकारले आपत्काल घोषणा गरेको हो ।

राष्ट्रपति रोड्रिगो पाजले शनिबार आपत्कालसम्बन्धी आदेशमा हस्ताक्षर गरेको अलजजिराले जनाएको छ । आदेशमा बाढी र खडेरीबाट बढी प्रभावित क्षेत्रमा उद्धार टोली थप परिचालन गर्नसमेत निर्देशन दिइएको छ ।

एल निनोका कारण खडेरी र बाढी दुवैको प्रभाव निकै गम्भीर हुन सक्ने राष्ट्रपति पाजले बताएका छन् । यस चुनौतीको सामना गर्न सबै सरकारी निकाय र संस्थाको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

बोलिभिया सरकारको यसै साता सार्वजनिक प्रतिवेदनअनुसार देशका ९ मध्ये ६ वटा क्षेत्रमा खडेरीको प्रभाव परेको छ । खडेरीका कारण हालसम्म ७८ हजार परिवार प्रभावित भएका छन् भने ७५ हजारभन्दा बढी गाईवस्तु मरेका छन् ।

बोलिभिया बाढीको जोखिममा समेत रहेको देश हो । सन् २०२५ को डिसेम्बरमा सान्ता क्रुज क्षेत्रमा आएको बाढीमा परी दर्जनौँ मानिसको मृत्यु भएको थियो ।

एल निनोको प्रभाव दक्षिण अमेरिकी अन्य देशमा समेत देखिन थालेको छ ।

छिमेकी चिलीको राजधानी सान्टियागोमा यस वर्षको अक्टोबरमा अहिलेसम्मकै सबैभन्दा धेरै वर्षा रेकर्ड भएको छ ।

त्यस्तै, पेरुमा गत महिना लागेको डढेलोका कारण कम्तीमा १२ जनाको मृत्यु भएको थियो ।

एल निनो विश्वव्यापी जलवायु प्रणालीसँग सम्बन्धित प्राकृतिक मौसमी घटना हो । यो सामान्यतया प्रत्येक दुईदेखि सात वर्षको अन्तरालमा देखा पर्छ ।

यस अवधिमा प्रशान्त महासागरको सतहको तापक्रम असामान्य रूपमा बढ् छ । यसको प्रभावले विश्वव्यापी हावाको बहाव, वायुमण्डलीय चाप र वर्षाको ढाँचामा परिवर्तन आउँछ । साथै विभिन्न क्षेत्रमा खडेरी, बाढी, अत्यधिक वर्षा तथा तापलहरजस्ता चरम मौसमी घटना निम्तिन सक्छन् ।

एल निनोको तीव्रता र प्रभाव भौगोलिक अवस्थाअनुसार फरक हुने गर्छ ।

एल निनो सन् २०२६ को अन्त्यतिर उत्कर्षमा पुग्ने, २०२७ सम्मै कायम रहने अनुमान

वैज्ञानिकहरूका अनुसार अहिले विकसित भइरहेको एल निनो अभिलेख राख्न थालिएयताकै शक्तिशालीमध्ये एक हुन सक्ने अनुमान गरिएको छ ।

यो सन् २०२६ को अन्त्यतिर उत्कर्षमा पुग्ने अनुमान छ । यद्यपि यसको प्रभाव सन् २०२७ सम्मै कायम रहन सक्ने वैज्ञानिकहरूको आकलन छ ।

वैज्ञानिकहरूले यस एल निनोका कारण विश्वभर ४ लाख ५० हजारभन्दा बढी मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएका छन् ।

यसको सबैभन्दा ठूलो असर आर्थिक तथा सामाजिक रूपमा कमजोर देशहरूमा पर्ने अनुमान गरिएको छ ।

विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ) ले सेप्टेम्बरको सुरुवातमा सार्वजनिक गरेको आकलनअनुसार सन् २०२७ को फेब्रुअरीसम्म एल निनोको अवस्था कायम रहने सम्भावना झन्डै १०० प्रतिशत छ ।

यसले आगामी महिनाहरूमा विश्वका विभिन्न क्षेत्रमा चरम मौसमी घटनाको जोखिम बढाउन सक्ने भन्दै वैज्ञानिकहरूले पूर्वतयारी र जोखिम न्यूनीकरणमा जोड दिएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
बोलिभियाका लागुऔषध तस्करीको आशंकामा पूर्वन्यायाधीश पक्राउ

बोलिभियाका लागुऔषध तस्करीको आशंकामा पूर्वन्यायाधीश पक्राउ

काठमाडौं– बोलिभियाली अधिकारीहरूले लागुऔषध तस्करीमा संलग्न रहेको आशंकामा एक पूर्ववरिष्ठ न्यायाधीशलाई पक्राउ गरेका छन् । ल्याटिन अमेरिकी क्षेत्रमा लागुऔषध तस्करी गर्ने गिरोहसँग सम्बन्ध रहेको आशंका गर...

#बोलिभिया
Compare →
Arthasansar
1d ago
लाभांश सिजन : ७३ कम्पनीले घोषणा गरे प्रतिफल, कुन क्षेत्रका कम्पनीका लगानीकर्ताले कति पाउँछन लाभ ?

लाभांश सिजन : ७३ कम्पनीले घोषणा गरे प्रतिफल, कुन क्षेत्रका कम्पनीका लगानीकर्ताले कति पाउँछन लाभ ?

यो लाभांश घोषणा गर्ने, वितरण गर्ने सिजन हो । दशैँ अघि नै केही कम्पनीले लाभांश घोषणा गरि पारित गरेर आफ्ना...

#घोषणा
Compare →
Ekantipur
11h ago
लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

यो कम्पनी शुक्रबार सबैभन्दा धेरैले कारोबार हुने प्रमुख १० मध्ये नवौं स्थानमा छ ।

#घोषणा
Compare →
Nagarik News
12h ago
सन्यासको घोषणापछि रोनाल्डोको अर्को धमाका, ‘डे १एस’ मार्फत नयाँ अवतारमा देखिँदै

सन्यासको घोषणापछि रोनाल्डोको अर्को धमाका, ‘डे १एस’ मार्फत नयाँ अवतारमा देखिँदै

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको नयाँ अध्याय सुरु गर्दै समर्थकलाई सरप्राइज दिएका छन्।

#घोषणा
Compare →

Related Stories

Science & Climate
Build #2611