Trending
Prev Story
Next Story

लुम्बिनीलाई शीर्षस्थानमा पुग्ने मौका, पोखरा पहिलो जितको खोजीमा

Ekantipur •
November 03, 2026 • 11:01 AM
1
1 reads 0 reactions

कीर्तिपुरमा हुने खेल जिते लुम्बिनी पाँच अंकसहित शीर्षस्थानमा पुग्नेछ भने पोखरा प्रतियोगितामा पहिलो जित र अंकको खोजीमा हुनेछ।

लुम्बिनीलाई शीर्षस्थानमा पुग्ने मौका, पोखरा पहिलो जितको खोजीमा

कीर्तिपुरमा हुने खेल जिते लुम्बिनी पाँच अंकसहित शीर्षस्थानमा पुग्नेछ भने पोखरा प्रतियोगितामा पहिलो जित र अंकको खोजीमा हुनेछ।

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंगलबारको दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुने खेलमा लुम्बिनीलाई जित हात पार्दै शीर्ष स्थानमा उक्लने अवसर छ । पोखरा भने प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ ।

लुम्बिनीले यसअघि खेलेका २ खेलमा १ जित हात पारेको छ भने शनिबारको खेलमा खेल रद्द भएपछि चितवनसँग अंक बाँडेको थियो । ३ अंकसहित पाँचौं स्थानमा रहेको लुम्बिनीले आजको खेल जितेमा ५ अंकसहित शीर्ष स्थानमा पुग्नेछ ।

पोखराले भने यसअघिका दुवै खेल गुमाएको छ । अंकविहीन पोखरा आठौं स्थानमा छ । पोखरालाई प्रतियोगितामा आफ्नो पहिलो जित निकाल्दै अंकको खाता खोल्ने अवसर हुनेछ ।

मंगलबारको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेपछि शीर्ष स्थानको होड थप रोमाञ्चक बनेको छ । विराटनगर, कर्णाली याक्स र जनकपुरको समान ४ अंक रहेको छ । राम्रो नेट रनरेटका आधारमा विराटनगर शीर्ष स्थानमा छ ।

आजको खेलमा लुम्बिनीले जित हात पारेमा शीर्ष स्थानमा पुग्ने भएकाले पोखराविरुद्धको प्रतिस्पर्धा दुवै टोलीका लागि महत्त्वपूर्ण हुनेछ ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
1d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#लुम्बिनी #पुग्ने
Compare →
Hamro Patro News
1d ago
कर्णालीलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, प्लेअफ पुग्ने पहिलो टोली

कर्णालीलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, प्लेअफ पुग्ने पहिलो टोली

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको २३ औं खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफ प्रवेश गरेको छ। लिग चरणको १ खेल बाँकी छँदै साविक विजेता लुम्बिनीले प्ले...

#लुम्बिनी #पुग्ने
Compare →
Onlinekhabar
1d ago
लुम्बिनी बन्यो प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको लगातार चौथो हार

लुम्बिनी बन्यो प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको लगातार चौथो हार

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको लो स्कोरिङ खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल बाँकी छँदै …

#लुम्बिनी #पुग्ने
Compare →
Nagarik News
1d ago
कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ।

#लुम्बिनी
Compare →

Related Stories

Sports
Build #2611