Trending
Prev Story
Next Story

नगरकोटको पर्यटन क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय सञ्चालन

Onlinekhabar •
November 03, 2026 • 11:01 AM
1
1 reads 0 reactions

१७ कात्तिक, काठमाडौं । काठमाडौं नजिकैको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा पर्यटन तथा आतिथ्य क्षेत्रको डिजिटल सेवा र व्यावसायिक कनेक्टिभिटीलाई थप सहज बनाउने उद्देश्यसहित वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ। नगरकोटमा सञ्चालनमा ल्याएको उक्त …

नगरकोटको पर्यटन क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय सञ्चालन

१७ कात्तिक, काठमाडौं । काठमाडौं नजिकैको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा पर्यटन तथा आतिथ्य क्षेत्रको डिजिटल सेवा र व्यावसायिक कनेक्टिभिटीलाई थप सहज बनाउने उद्देश्यसहित वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ।

नगरकोटमा सञ्चालनमा ल्याएको उक्त कार्यालयले विशेषगरी यहाँका होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा अन्य पर्यटनसम्बद्ध व्यवसायसँगको सम्बन्ध विस्तार र व्यावसायिक सहकार्यलाई प्राथमिकता दिइने वर्ल्डलिंकले जनाएको छ ।

प्राकृतिक सौन्दर्य, हिमशृङ्खलाको दृश्यावलोकन तथा शान्त वातावरणका कारण आन्तरिक र बाह्य पर्यटकमाझ लोकप्रिय नगरकोटमा पछिल्लो समय होटल तथा रिसोर्ट व्यवसाय विस्तार हुँदै गएको छ। पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्न भरपर्दो इन्टरनेट तथा डिजिटल कनेक्टिभिटी पनि आतिथ्य क्षेत्रको महत्वपूर्ण आवश्यकता बन्दै गएको छ।

पर्यटकको अनलाइन बुकिङ, डिजिटल भुक्तानी, सञ्चार, ग्राहक सेवा तथा होटलको दैनिक व्यवस्थापनजस्ता गतिविधिमा इन्टरनेटको भूमिका बढ्दै गएको सन्दर्भमा वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालयले स्थानीय पर्यटन व्यवसायीलाई आवश्यक डिजिटल समाधानबारे जानकारी तथा सेवा समन्वयमा सहयोग पुर्‍याउने छ।

‘नगरकोटमा सञ्चालनमा आएको यस सम्पर्क कार्यालयले मुख्य रूपमा इन्टरप्राइज बिक्री तथा व्यवसाय विकासमा केन्द्रित भई होटल, रिसोर्ट, रेस्टुरेन्ट, व्यावसायिक प्रतिष्ठान तथा अन्य संस्थाहरूलाई लक्षित गर्नेछ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ, ‘यसमार्फत स्थानीय व्यवसायहरूको इन्टरनेट तथा कनेक्टिभिटीसम्बन्धी आवश्यकता बुझ्ने, उपयुक्त समाधानबारे जानकारी उपलब्ध गराउने र ग्राहकहरूसँग प्रत्यक्ष समन्वय गर्ने कम्पनीको लक्ष्य रहेको छ।’

यस कार्यालयमार्फत कम्पनीले स्थानीय व्यवसायहरूसँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने, नयाँ व्यावसायिक सम्भावनाहरू पहिचान गर्ने तथा ग्राहकका आवश्यकताअनुसार सम्बन्धित टोलीहरूसँग समन्वय गर्ने जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
7h ago
बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

काठमाण्डौ । बढ्दो बसाइँसराइका कारण सुनसान बन्दै गएको मकवानपुरको एउटा गाउँमा पर्यटन व्यवसायले नयाँ जीवन भरेको छ।...

#पर्यटन
Compare →
Hamro Patro News
12h ago
छठ पर्व सुरु भएसँगै कालीमाटीमा छठ लक्षित व्यापार बढ्यो, सामग्री किन्नेको चहलपहल (फोटोफिचर)

छठ पर्व सुरु भएसँगै कालीमाटीमा छठ लक्षित व्यापार बढ्यो, सामग्री किन्नेको चहलपहल (फोटोफिचर)

काठमाडौँ – तराई–मधेशसहित काठमाडौँ उपत्यकामा छठ पर्वको रौनक सुरु भएको छ। काठमाडौँको कालीमाटीस्थित फलफूल तथा तरकारी बजार परिसरमा छठ लक्षित व्यापार सुरु भएको छ।

#काठमाडौं #लक्षित
Compare →
Ekantipur
12h ago
कालीमाटीमा छठलक्षित व्यापारको चहलपहल [तस्बिरहरू]

कालीमाटीमा छठलक्षित व्यापारको चहलपहल [तस्बिरहरू]

तराई–मधेशसहित काठमाडौं उपत्यकामा पनि छठ पर्वको रौनक सुरु भएको छ । काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजार परिसरमा छठ लक्षित व्यापार सुरु भएको छ।

#काठमाडौं #लक्षित
Compare →

Related Stories

Technology
Build #2611