Trending
Prev Story
Next Story

लुम्बिनी लायन्स 2026 - NPL 2026 Team, Squad, Fixtures & Stats | OnlineKhabar

Onlinekhabar •
November 02, 2026 • 05:22 PM
1
1 reads 0 reactions

Follow लुम्बिनी लायन्स 2026 in Nepal Premier League (NPL) Season 3 on OnlineKhabar. Explore the team squad, player profiles, fixtures, results, standings and statistics.

लुम्बिनी लायन्स 2026 - NPL 2026 Team, Squad, Fixtures & Stats | OnlineKhabar

खेलको असली नायक बने काठमान्डुका कप्तान करण केसी र रासिद खान । जो दुवै मिडियम पेस फाल्ने बलर हुन् । तर सोमबार कर्णाली विरुद्ध रोमाञ्चक जितमा भने रासिद र करण दुवै ब्याटिङमा चम्किए ।

गोविन्दराज नेपाल २०८३ कात्तिक १६ गते २३:०७

अघिल्लो रातसम्म यूएईमा जिम्बाबेको कप्तानी गर्दै अफगानिस्तानसँग टी–२० अन्तर्राष्ट्रिय खेलेका सिकन्दर राजा आजै चितवन राइनोजको कप्तानका रूपमा खेले, यद्यपि खेलमा प्रभाव भने पार्न सकेनन् ।

प्रतिक भट्ट २०८३ कात्तिक १६ गते २२:४५

पोखरा । यही नोभेम्बर ५ देखि १४ सम्म ओमनमा हुने एसीसी यू-१९ एसिया कप खेल्न जाने  नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीलाई पोखरा महानगरपालिकाले बिदाइ गरेको छ । नगरप्रमुख धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल लगायतले नेपाली युवा क्रिकेट टोलीलाई…

अनलाइनखबर २०८३ कात्तिक १६ गते २०:४२

रासिद खानले आदिल आलम र कप्तान करण केसीसँग दुई अर्धशतकिय साझेदारी गर्दै काठमान्डुको जितको आधार तयार पारेका थिए ।

अनलाइनखबर २०८३ कात्तिक १६ गते १६:३३

काठमाडौं । चीनमा हुने बेल्ट एण्ड रोड सिरिज खेल्न जाने नेपाली राष्ट्रिय यू-१९ महिला टिमको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक कार्यक्रम गर्दै सोनी पाख्रिनको कप्तानीमा रहेको नेपाली टोलीलाई बिदाइ गरेको हो । सोनी पाख्रिनको…

अनलाइनखबर २०८३ कात्तिक १६ गते १२:४५

बलिङमा तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरेको पोखराले ब्याटिङमा भने फेरि निराशाजनक प्रदर्शन गर्‍यो।

प्रतिक भट्ट २०८३ कात्तिक १५ गते २३:०९

खेल सुरु गराउने भनेर तय गरिएको समय सकिएको डेढ घण्टाभन्दा बढी समयपछि खेल सुरु भयो। नियम अनुसार कटअफ टाइम सकिइसकेपछि खेल सञ्चालन गर्न मिल्दैन ।

प्रतिक भट्ट २०८३ कात्तिक १५ गते २१:५१

काठमाडौं । आन्द्रे रसेल ब्याटिङ, बलिङ र फिल्डिङमा अलराण्ड प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको ५ ओभरको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोएल्सलाई ३५ रनले पराजित गरेको छ । तीन खेल खेल्दा पहिलो जित हात पारेको विराटनगरले २…

अनलाइनखबर २०८३ कात्तिक १४ गते २२:४१

वर्षाले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ पनि प्रभावित भएको छ । आजका लागि तय भएका दुवै खेल नहुने लगभग निश्चित देखिएको छ ।

कमल प्रसाईं २०८३ कात्तिक १४ गते १२:२०

वर्षाको सम्भावना रहेको खेलमा विराटनगर पहिलो जितको खोजीमा हुनेछ भने सुदूरपश्चिम लगातार दोस्रो जित निकाल्न चाहन्छ।

अनलाइनखबर २०८३ कात्तिक १४ गते ७:२५

पहिलो खेल जितेका दुवै टोली लगातार दोस्रो जितको लक्ष्यसहित मैदान उत्रनेछन्। तर खेलमा वर्षा बाधक बन्ने सम्भावना छ।

अनलाइनखबर २०८३ कात्तिक १४ गते ७:०६

यसअघिका संस्करणमा सुरुवाती खेलदेखि नै विदेशी खेलाडीहरू हावी हुँदै आएकोमा यस पटक भने सुरुवात देखि नै नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई जिताउन सहयोग गरिरहेका छन् ।

गोविन्दराज नेपाल २०८३ कात्तिक १३ गते २१:३८

Lumbini Lions 2026 NPL- Nepal Premier League 2026

लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) मा त्यस्तो टोली हो जसले सुरुवाती दुई सिजनमै असफलता देखि सफलतासम्म दुवै प्राप्त गरेको छ ।

पहिलो सिजन पूछारमा रहेर लिग सकाएको लुम्बिनीले दोस्रो सिजन शानदार पुनरागमन गर्दै च्याम्पियन बनेर ट्रफी उचाल्यो ।

तत्काल राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको नेतृत्वमा राम्रा विदेशी खेलाडीहरुको साथमा लुम्बिनीले दोस्रो सिजनको उपाधि जितेको थियो ।

पहिलो सिजनको असफलताले ठुलो पाठ सिकेको लुम्बिनीले दोस्रो सिजनमा सुधारिएको प्रदर्शन गर्दै च्याम्पियन टोलीको हैसियत बनाएको हो ।

तेस्रो सिजनको लागि पनि लुम्बिनीले उपाधि रक्षा गर्ने लक्ष्यसहित तयारी थालिसकेको छ भने विदेशि खेलाडी र मुख्य प्रशिक्षक नियुक्त लगायत कामहरु पनि गरिरहेको छ ।

लुम्बिनीले तेस्रो सिजनअघि रेड पल्टन च्याम्पियनसिप आयोजना गर्दै लुम्बिनी प्रदेश भित्रका युवा खेलाडीहरुका लागि पनि आफ्नो प्रतिभा देखाउने राम्रो अवसर दिएको थियो ।

लुम्बिनीको लागि दोस्रो सिजनको उपाधि यात्रा रोलरकोस्टर जर्नी जस्तै रह्यो । सुरुवाती चार खेलमा एक खेल मात्र जितेको लुम्बिनी लिग चरणबाटै बाहिरिने खतरामा पुगिसकेको थियो ।

तर लिग चरणका अन्तिम तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार जित हात पारेपछि ७ खेलबाट ८ अंक जोडेर चौथो स्थानमा लिग सकायो र प्लेअफमा स्थान बनायो ।

पहिलो खेलमै खचितवन राइनोजलाई हराएर राम्रो सुरुवात गरेपनि लुम्बिनी त्यसपछि कर्णाली याक्स, काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोएल्ससँग लगातार पराजित भएको थियो । तर त्यसपछि भने लुम्बिनीमाले सानदार कमब्याक गर्दै लगातार तीन खेल जित्ने क्रममा पोखरा एभेन्जर्स, विराटनगर किंग्स र जनकपुर बोल्ट्सलाई पराजित गर्‍यो ।

प्लेअफमा पुग्ने चार टिम मध्ये सबैभन्दा तल रहेको लुम्बिनीका लागि च्याम्पियन बन्नु चानचुने कुरा थिएन । तर त्यसपछि भने लुम्बिनीले लसिग चरणको अन्तिम तीन खेल जित्दाको लय कायम राख्दै फाइनल पुग्‍यो । एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई हराएको लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्‍यो ।

लुम्बिनी भन्दा अघि नै सुदुरपश्चिम रोएल्सले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको थियो । दोस्रो प्रयासमा च्याम्पियन बन्ने लक्ष्य राखेको सुदूरपश्चिम रोएल्सललाई फाइनलमा ६ विकेटले पराजित गर्दै लुम्बिनीले जितको कथा लेखेको थियो ।

दोस्रो सिजनमा च्याम्पियन बनाएको टोलीबाट लुम्बिनीले आफ्नो कोर टिम तेस्रो संस्करणका लागि पनि रिटेन गरेको छ । लुम्बिनीले नेपालीतर्फ ७ खेलाडी रिटेन गरेको थियो ।

कप्तान रोहित पौडेलसहित शेर मल्ल सन्दिप जोरा तिलक भण्डारी अभिशेष गौतम दिनेश अधिकारी र दिलिप नाथलाई रिटेन गरेको थियो ।

दोस्रो सिजन च्याम्पियन बनाउन ती खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । शेर मल्लले संयुक्त रुपमा सर्वाधिक १७ विकेट लिएका थिए ।

यस्तै विदेशी खेलाडीतर्फ पनि च्याम्पियन बनाउन सहयोग गर्ने डार्सी शर्ट रुबेन ट्रम्पलम्यान र निरोसान डिकवेलालाई लुम्बिनीले तेस्रो सिजनको लागि पनि अनुबन्ध गर्दै निरन्तरता दिएको छ । च्याम्पियन टोलीका अधिकांश खेलाडीलाई साथमा राख्दै लुम्बिनीले टिम एकता कायम राखेको छ ।

यस्तै लुम्बिनीले दोस्रो सिजन च्याम्पियन बनाउने टिमका मुख्य प्रशिक्षक भारतीय टिन योहान्नानलाई पनि मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ ।

लुम्बिनीको टिम यस पटक सन्तुलित बनेको छ । राष्ट्रिय टिमका ओपनर आसिफ शेखको आगमनपछि ओपनिङमा देखिएको समस्या पनि हल भएको छ ।

ओपनिङमा आसिफसँगै अष्ट्रेलियन खेलाडी डार्सी शर्ट हुनेछन् । यस्तै कप्तान रोहित पौडेल सहित सन्दीप जोरा अनी श्रीलंकन विकेटकिपर नोसन डिकवेलाले मिडल अर्डर सम्हाल्नेछन् ।

तीन विदेशी खेलाडी अझै अनुबन्ध गर्न बाँकी रहेकोले लुम्बिनीले फिनिसर वा अलराउण्डर भित्र्याउन सक्छ ।

बलिङमा नेपाली स्पीनरहरु शेर मल्ल, तिलक भण्डारी र अभिषेश गौतम छन् भने पेस बलिङमा नामिबियामा रुबेन ट्रम्पलम्यानलाई लुम्बिनीले तेस्रो सिजनका लागि पनि अनुबन्ध गरिसकेको छ ।

ट्रम्पलम्यानलाई पेसमा सघाउने अर्का मिडियम पेसर र अलराउण्डरको आगमनपछि लुम्बिनीको टिम बलियो बन्नेछ ।

लुम्बिनीले कोर टिम रिटेन मात्र गरेको छैन अक्सनबाट पनि राम्रा खेलाडी लिन सफल भयो । जनकपुर बोल्ट्सले मार्की प्लेअर आसिफ शेख रिलिज गर्दा ठुलो चर्चा बनेको थियो ।

त्यो खेलाडीलाई अनुबन्ध गर्न अक्सनमा सबैले प्रयास गरेका थिए । तर चितवन राइनोजबाहेक ७ खेलाडीले बिड गर्दा लक्की ड्र मा लुम्बिनीले नै आसिफ शखेलाई प्राप्त गर्‍यो । यस मानेमा लुम्बिनी भाग्यमानी समेत रह्यो ।

त्यति मात्र होइन लुम्बिनीले जनकपुरबाटै खेलिसकेका किशोर महतो र अरनिको यादवलाई पनि अक्सनबाट अनुबन्ध गर्‍यो । किशोरलाई पनि लुम्बिनीले अक्सनमा लक्की ड्र बाटै प्राप्त गरेको थियो ।

यस्तै लुम्बिनी लायन्ससँगै सुरुवाती दुई सिजन टिममा रहेका युवा मिडियम पेसर दुर्गेश गुप्तालाई पनि लुम्बीले अक्सनमार्फत टिममा लियो भने आफ्नै प्रदेशका अर्का युवा खेलाडी अजय चौहानलाई पनि तेस्रो सिजनका लागि टिममा राखेको छ ।

रिटेन गरिएका खेलाडी : रोहित कुमार पौडेल, सन्दिप जोरा, दिनेश अधिकारी, अभिशेष गौतम, तिलक भण्डारी, शेर मल्ल, दिलिप नाथ अक्सनमा अनुबन्ध खेलाडी : आसिफ शेख, किशोर महतो, दुर्गेश गुप्ता, आकाश त्रिपाठी, अरनिको यावद, अजय चौहान विदेशी खेलाडी : डार्शी सर्ट, रुबेन ट्रम्पलम्यान, निरोसन डिकवेला मुख्य प्रशिक्षक : टिनु योहान्नान कन्सलट्यान्ट प्रशिक्षक : शक्ति गौचन सहायक प्रशिक्षक : सुवास खकुरेल

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
साविक विजेता लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

साविक विजेता लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटको प्लेअफमा पुगेको छ । आज भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफमा पुगेको हो । आफ्नो छ...

#लुम्बिनी #लायन्स
Compare →
Ekantipur
1d ago
एनपीएल : तस्बिरमा कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्सबीचको खेल

एनपीएल : तस्बिरमा कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्सबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।

#लुम्बिनी #लायन्स
Compare →
Nagarik News
1d ago
कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ।

#लुम्बिनी #लायन्स
Compare →
Arthasansar
1d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#लुम्बिनी
Compare →
The Kathmandu Post
1d ago
Lamichhane takes NPL’s first hat-trick and six-wicket haul as Pokhara set 133-run target

Lamichhane takes NPL’s first hat-trick and six-wicket haul as Pokhara set 133-run target

The leg-spinner dismisses five batters in a decisive spell, including Yuvraj Samra, who had struck 84 off 47 balls, to leave Biratnagar Kings chasing 133 against Pokhara Avengers.

Related Stories

Sports
Build #2611