Trending
Prev Story
Next Story

धनतेरसका लागि बिहीबारदेखि सुन-चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

Ekantipur •
November 03, 2026 • 10:32 AM
1
1 reads 0 reactions

अघिल्ला २ वर्ष चाँदीका सिक्का (मेडालियन) मात्र बिक्री गरेको राष्ट्र बैंकले यस वर्ष सुनका सिक्का (असर्फी) पनि बिक्री गर्न लागेको हो ।

धनतेरसका लागि बिहीबारदेखि सुन-चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

अघिल्ला २ वर्ष चाँदीका सिक्का (मेडालियन) मात्र बिक्री गरेको राष्ट्र बैंकले यस वर्ष सुनका सिक्का (असर्फी) पनि बिक्री गर्न लागेको हो ।

काठमाडौं — तिहारको धनतेरसलाई लक्षित गर्दै राष्ट्र बैंकले बिहीबारदेखि सुन-चाँदीका सिक्का बिक्री गर्ने भएको छ ।अघिल्ला २ वर्ष चाँदीका सिक्का (मेडालियन) मात्र बिक्री गरेको राष्ट्र बैंकले यस वर्ष सुनका सिक्का (असर्फी) पनि बिक्री गर्न लागेको हो ।

यस वर्ष सुनका असर्फी समेत बिक्री गर्ने उदेश्यले राष्ट्र बैंकले सुनका असर्फी टकामरी गरिरहेको राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले बताए । ‘सुन अभावमा हामीले २ वर्षदेखि असर्फी टकामरी गर्न सकेका थिएनौं,’ दाहालले भने, ‘यसपटक भने वाणिज्य बैंकहरूसँग नै सुन किनेर भए पनि असर्फी बनाएर तिहारमा बिक्री गर्ने भएका छौं ।’

दसैंअघि नै राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरेर असर्फी टकामरी गरिरहेको हो । नेपालमा वाणिज्य बैंकहरूले मात्रै सुन आयात गर्न पाउँछन् ।

यसअघि भने राष्ट्र बैंकले सरकारको मातहत आएको सुन खरिद गरेर असर्फी बनाउँदै आएको थियो । तर २ वर्षदेखि राष्ट्र बैंकमा रहेको सुन मौज्दात सकिएपछि यसपटक वाणिज्य बैंकसँग किनेर भए पनि असर्फी बिक्री गर्न लागिएको हो ।

अहिले भन्सार वा अन्य स्थानबाट बरामद पहेलो धातु (सुन) राष्ट्र बैंककै संरक्षण (कष्टडी) मा रहे पनि ती सम्बन्धमा अदालतहरूमा चलेको मुद्दा नटुगिंएकोले पनि राष्ट्र बैंकले यस्तो सुन खरिद गर्न सकेको छैन ।

वाणिज्य बैंकबाट खरिद गरेको सुनमा भने राष्ट्र बैंकलाई केही नोक्सान समेत हुन सक्छ । जफत भएर सरकार मातहत आएका सुन राष्ट्र बैंकले किन्दा किन्ने दिनको अन्तराष्ट्रिय मूल्यमा थप ५ प्रतिशत तिरेर किन्ने गर्थ्यो । अहिले वाणिज्य बैंकहरूले ल्याउने सुनमा भने अन्तराष्ट्रिय मूल्यबाहेक अतिरिक्त २० प्रतिशतभन्सार शुल्क समेत तिर्नुपर्ने भएकोले महँगो पर्ने भएको हो ।

राष्ट्र बैंकले यही बिहीबार र शुक्रबारबाट सुनका असर्फी र चाँदीका गणेश र लक्ष्मीको चित्र अंकित सिक्का बिक्री गर्ने भएको छ । असर्फी २.५ ग्राम र चाँदीका सिक्का १० ग्रामका हुने छन् । राष्ट्र बैंकले बिक्री गर्ने दिनकै अन्तराष्ट्रिय मूल्यका आधारमा असर्फी र चाँदीका सिक्काको मूल्य तोक्ने गर्छ ।

यद्यपि, सुनको असर्फीको लागि प्रतिसिक्का ६० देखि ७० हजार र चाँदीका सिक्का ४ हजार रूपैयाँभन्दा केही बढी मूल्य पर्नसक्ने राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकले बिक्री गर्ने सुनको शुद्धता (हलमार्क) करिब ९९.४९ हुने बताइएको छ । यद्यपि, यहाँ परीक्षण गर्ने उपकरणले भने ९९.३९ प्रतिशतमात्र देखाउन सक्ने राष्ट्र बैंकको भनाइ छ ।

नेपालमा राष्ट्र बैंकले विशेष अवसरमा बनाइने सुनका असर्फी,  चाँदीका सिक्का, मेडालियन तथा सामान्य मुद्राका सिक्काको माइनिङ गर्दै आएको थियो ।

तत्कालीन समयमा राजा तथा राजपरिवारका सदस्यको जन्मोत्सवलगायत अवसर पारेर सिक्का टकसार गर्ने चलन थियो । पछिल्लो समयमा तत्कालीन महारानी रत्नराज्यलक्ष्मी देवी शाहको ६०औँ जन्मोत्सव, तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको ५०औँ जन्मोत्सव, २०४७ सालको संविधान जारीको सम्मानमा, शिख गुरु नानकको सम्मानमा, नेपाल परिवार नियोजन संघको रजतजयन्ती, २०४४ मा भएको तेस्रो सार्क समिट, नेपाल बैंकको स्वर्णजयन्तीलगायतमा सुन तथा चाँदीका असर्फी टकसार गरिएका थिए ।

तिहारमा मनाइने धनतेरसको समयमा पनि सर्वसाधारणले सुन, चाँदीका असर्फी राष्ट्र बैंकबाट खरिद गर्ने गरेका छन् ।  २०७२ सालमा लौहपुरुष गणेशमान सिंहको जन्मशताब्दीको उपलक्ष्यमा २ हजार दरका सिक्का निष्कासन गरिएको थियो । त्यो नै जनताको तस्बिरअंकित पहिलो सिक्का थियो ।

पछिल्लोपटक २०७६ मा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा १००, १००० र २५०० रुपैयाँका चाँदीका सिक्का टकसार गरेको थियो  । जोशी १०० वर्ष पुगेको उपलक्ष्यमा ललितपुर महानगरपालिकाको अनुरोधमा राष्ट्र बैंकले ती सिक्का निष्कासन गरेको थियो ।

विजयराज खनाल कान्तिपुर मिडिया ग्रुपको आर्थिक व्युरोमा काम गर्छन् । उनी शेयर बजार र बैंक र लगानीका बिषयमा उनी रुची राख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
5d ago
तिहारमा बिक्री भए ३७ करोडका सुन र चाँदीका सिक्का

तिहारमा बिक्री भए ३७ करोडका सुन र चाँदीका सिक्का

तिहारमा बिक्री भए ३७ करोडका सुन र चाँदीका सिक्का तिहारको पाँचदिने पर्वको पहिलो दिन धनतेरसमा सुनचाँदी किन्नु शुभ मानिने भए पनि महँगो मूल्यका कारण उपभोक्ताको आकर्षण घटेको व्यवसायीको गुनासो कार्तिक ...

#बिक्री #सुन #सिक्का
Compare →
Bizshala
14h ago
तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । तिहारपछि नेपाली बजारमा सुन–चाँदीको मूल्यमा पहिरो गएको छ । आज सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँ र...

#सुन #चाँदी
Compare →
Nagarik News
18h ago
तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको स्थानीय बजारमा सुनचाँदीको भाउ उल्लेख्य रूपमा घटेको छ।

#सुन #चाँदी
Compare →
Onlinekhabar
3d ago
एक वर्षमा सुनले दियो १७ प्रतिशत प्रतिफल, चाँदीको झन् धेरै

एक वर्षमा सुनले दियो १७ प्रतिशत प्रतिफल, चाँदीको झन् धेरै

२४ कात्तिक, काठमाडौं । सुनमा लगानी गर्नेले एक वर्षमा १७ प्रतिशतको मूल्य प्रतिफल पाएका छन् । गत वर्ष कात्तिक २४ गते सुनको मूल्य नेपाली बजारमा प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँ थियो, जुन …

#सुन #चाँदी
Compare →
Arthasansar
18h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#सुन
Compare →

Related Stories

Business & Economy
Build #2612