Trending
Prev Story
Next Story

एलआरआर मोटर्सले थाल्यो ‘स्काईवेल’को डेलिभरी

Arthasansar •
November 03, 2026 • 10:04 AM
1
1 reads 0 reactions

एलआरआर मोटर्सले लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ ईभीको डेलिभरी सुरु गरेको छ । कम्पनीले ‘नाडा अटो शो’मा प्राप्त भएका...

एलआरआर मोटर्सले थाल्यो ‘स्काईवेल’को डेलिभरी

एलआरआर मोटर्सले लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ ईभीको डेलिभरी सुरु गरेको छ । कम्पनीले ‘नाडा अटो शो’मा प्राप्त भएका बुकिङ अनुसार डेलिभरी दिन सुरु गरिएको जनाएको छ ।

एलआरआर मोटर्सले नाडा अटो शो २०२६ मा स्काईवेलका बीई११ मोडल लन्च गरेको थियो । त्यस क्रममा करिब ४ सय गाडी बुकिङ भएका थिए । अटो शो र त्यसपछि पनि बुकिङ गर्ने ग्राहकहरुलाई क्रमशः गाडी दिन थालिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार प्राप्त बुकिङ अनुसार उत्पादक कम्पनीमार्फत क्रमशः गाडी आइरहेका छन् । बुकिङ अनुसार चरणवद्ध रुपमा गाडी डेलिभरी दिन कम्पनीले योजना नै बनाइएको जनाएको छ ।

कम्पनीले नेपालमा बीई ११ का दुइ भेरियन्ट लन्च गरेको थियो । जस अनुसार ४१० किमी रेन्ज दिने इन्ट्री गाडीको मूल्य ४९ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने कम्फर्ट गाडीको मूल्य ५५ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने लक्जरी गाडीको मूल्य ५६ लाख ९९ हजार र ५२० किमी रेन्ज दिने गाडीको मूल्य ६४ लाख ९९ हजार तोकिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
लिपमोटर बी०३एक्सको डेलिभरी सुरू, पहिलो समूहका ग्राहकले पाए गाडी

लिपमोटर बी०३एक्सको डेलिभरी सुरू, पहिलो समूहका ग्राहकले पाए गाडी

काठमाडौं । चीनको विद्युतीय सवारीसाधन निर्माता लिपमोटरको नयाँ विद्युतीय गाडी बी०३एक्सको नेपालमा डेलिभरी सुरू भएको छ । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले ग्राहकहरूको उत्स...

#डेलिभरी
Compare →
Nagarik News
1w ago
नेपालमा लिपमोटर B03X को डेलिभरी सुरु

नेपालमा लिपमोटर B03X को डेलिभरी सुरु

काठमाडौंमा सडक परीक्षण र औपचारिक सार्वजनिकरण सम्पन्न भएपछि पहिलो चरणका ग्राहकले B03X प्राप्त गरेका छन्। यससँगै नयाँ मोडेल नेपाली सडकमा सञ्चालनमा आएको छ।

#डेलिभरी
Compare →
Bizshala
3w ago
आइएमई मोटर्स अब स्विच मोबिलिटिका विद्युतीय गाडी र अशोक लेल्यान्डका डिजेल जेनेरेटरको आधिकारिक वितरक

आइएमई मोटर्स अब स्विच मोबिलिटिका विद्युतीय गाडी र अशोक लेल्यान्डका डिजेल जेनेरेटरको आधिकारिक वितरक

काठमाण्डौ । आइएमई मोटर्स नेपालमा स्विच मोबिलिटिका विद्युतीय गाडी र अशोक लेल्यान्डका डिजेल जेनेरेटरको बिक्रीवितरण...

#मोटर्स
Compare →

Related Stories

National (Nepal)
Build #2611