Trending
Prev Story
Next Story

७५३ वटै स्थानीय तहका सीप तथा रोजगार केन्द्र सुदृढ गर्न सरकार र ILO बीच छलफल

Bizshala •
November 03, 2026 • 10:03 AM
1
1 reads 0 reactions

काठमाण्डौ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का नेपालस्थित कन्ट्री डाइरेक्टर...

७५३ वटै स्थानीय तहका सीप तथा रोजगार केन्द्र सुदृढ गर्न सरकार र ILO बीच छलफल

काठमाण्डौ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का नेपालस्थित कन्ट्री डाइरेक्टर नुमान ओजकानबीच भेटवार्ता भएको छ।

मंगलबार मन्त्रालयमा भएको भेटमा देशका ७५३ वटै स्थानीय तहमा रहेका सीप, रोजगार तथा उद्यमशीलता केन्द्रलाई थप प्रभावकारी र सुदृढ बनाउने विषयमा छलफल भएको हो।

भेटका क्रममा मर्यादित रोजगारी प्रवर्द्धनका लागि आवश्यक नीतिगत तथा संस्थागत सुधारमा सरकार र ILO बीच सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, नेपालमा हाल सञ्चालनमा रहेका श्रम तथा रोजगारसम्बन्धी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, रोजगारी सिर्जना तथा श्रमिकको सीप विकासमा सहकार्य बढाउने विषयमा पनि छलफल भएको थियो।

सरकारले स्थानीय तहसम्म रोजगारी सेवा, सीप विकास र उद्यमशीलतासम्बन्धी कार्यक्रम प्रभावकारी रूपमा पुर्‍याउने लक्ष्य लिएको छ। यसका लागि अन्तर्राष्ट्रिय विकास साझेदारसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने सरकारको तयारी छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1w ago
म्यारिज खेल : संयोग कति, सीप कति ?

म्यारिज खेल : संयोग कति, सीप कति ?

कान्तिपुरले एक लाख खेलको सिमुलेसनमार्फत गरेको विश्लेषणले म्यारिजको टेबलमा संयोग, सम्भावना र सीपबीचको सम्बन्ध केलाएको छ ।

#सीप
Compare →
Nagarik News
1w ago
दुर्गम गाउँका विद्यार्थीले पहिलोपटक सिके रोबोटिक्स र प्रविधिको सीप

दुर्गम गाउँका विद्यार्थीले पहिलोपटक सिके रोबोटिक्स र प्रविधिको सीप

उनले कर्णालीले अब आविष्कारको नेतृत्व गर्नुपर्नेमा जोड दिए। ‘कर्णालीले अब आविष्कारको नेतृत्व गर्छ। असम्भव भनिएका कुरासमेत सम्भव गरेर देखाउँछ।

#सीप
Compare →
Onlinekhabar
1d ago
बनाइँदै राष्ट्रिय रोजगार ऐन

बनाइँदै राष्ट्रिय रोजगार ऐन

२६ कात्तिक, काठमाडौं । सरकारले राष्ट्रिय रोजगारसम्बन्धी ऐन बनाउन लागेको छ । यसका निम्ति युवा, श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय रोजगारसम्बन्धी विधेयकको मस्यौदा तयार पारेर अगाडि बढाएको छ । ३० असोज २०८३ मा बसेको मन्त्रिपरिषद् बैठकले …

#श्रम #रोजगार
Compare →
Hamro Patro News
3d ago
वाग्मतीका १३ वटै जिल्लाका सरकारी कार्यालयमा नेपाल र तामाङ भाषा प्रयोग गर्ने तयारी

वाग्मतीका १३ वटै जिल्लाका सरकारी कार्यालयमा नेपाल र तामाङ भाषा प्रयोग गर्ने तयारी

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशका १३ वटै जिल्लाका सरकारी कार्यालयमा नेपाल र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने तयारी भइरहेको बताएका छन् । नेपाल संवत् ११४७ का अ...

#वटै
Compare →

Related Stories

Politics & Governance
Build #2611