Trending
Prev Story
Next Story

सार्वजनिक जग्गा हिनामिनामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Ekantipur •
November 03, 2026 • 08:32 AM
1
1 reads 0 reactions

अख्तियारले पूर्वप्रधानमन्त्री नेपाल, पूर्वमन्त्री रिजालसहित ९७ जनालाई प्रतिवादी बनाएर मंगलबार विशेष अदालतमा मुद्दा पेस गरेको हो ।

सार्वजनिक जग्गा हिनामिनामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले पूर्वप्रधानमन्त्री नेपाल, पूर्वमन्त्री रिजालसहित ९७ जनालाई प्रतिवादी बनाएर मंगलबार विशेष अदालतमा मुद्दा पेस गरेको हो ।

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा हिनामिनामा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहित कांग्रेस नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा पेस गरेको छ ।

उनीहरूविरुद्ध मोरङको रिजाल एन्ड कम्पनीको नाममा ६० बिघा जग्गा छुट दिएर भ्रष्टाचार गरेको आरोप छ ।

उनीहरूसहित ९७ जनालाई प्रतिवादी बनाएर मुद्दा पेस भएको र अध्ययनकै क्रममा रहेको विशेष अदालतका रजिष्ट्रार बेदराज उप्रेतीले जानकारी दिए ।

उनीहरुविरुद्ध करिब साढे ७३ करोड रुपैयाँ बिगो माग दाबी गरिएको छ । पूर्व भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ, सवारी दुर्घटनामा त्रिशूली नदीमा बेपत्ता भएका पूर्वमुख्यसचिव माधव घिमिरेकी छोरी कमला घिमिरेको नाम पनि प्रतिवादीको सूचीमा छ ।

पूर्वसचिव छविराज पन्त, पूर्वसहसचिव रमेशचन्द्र अधिकारी, तत्कालीन उपसचिवहरू गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा. अर्जुन खड्का, लक्ष्मण थापा, ध्रुव सापकोटा र शाखा अधिकृत बलराम निरौलालाई प्रतिवादी बनाएको छ ।

दुर्गा कान्तिपुर मिडिया ग्रुपका कानुन संवाददाता हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
सामाजिक सुरक्षा भत्तामा ३१ लाखभन्दा बढी अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सामाजिक सुरक्षा भत्तामा ३१ लाखभन्दा बढी अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। ओखलढुंगाको लिखु गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा ३१ लाख ६७ हजार २०० रुपैयाँ अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अ...

#भ्रष्टाचार #जनाविरुद्ध #मुद्दा
Compare →
Onlinekhabar
5d ago
सामाजिक समितिका तीन मन्त्रीहरूमाथि मुद्दा नचल्ने निर्णय

सामाजिक समितिका तीन मन्त्रीहरूमाथि मुद्दा नचल्ने निर्णय

२२ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगरको जग्गा सट्टापट्टा प्रकरणमा तीन मन्त्रीहरूलाई भ्रष्टाचार मुद्दा नचलाउने निर्णय गरेको खुलेको छ । सरकारीकरण हुनुपर्ने जग्गा सट्टापट्टाको अनुमति दिएको आरोपमा अख्तियारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, मन्त्रिपरिषद्को सामाजिक …

#जग्गा #भ्रष्टाचार #मुद्दा
Compare →
Bizshala
1w ago
सामाजिक सुरक्षा भत्ताको ३१ लाख हिनामिना आरोप, पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा

सामाजिक सुरक्षा भत्ताको ३१ लाख हिनामिना आरोप, पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाण्डौ । ओखलढुङ्गाको लिखु गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा ३१ लाख ६७ हजार २०० रुपैयाँ...

#हिनामिना #जनाविरुद्ध #मुद्दा
Compare →
Nagarik News
1w ago
कीर्तिपुरको सात सय रोपनी जग्गा त्रिविकै व्यवस्थापनमा फिर्ता, संरचना हटाइने

कीर्तिपुरको सात सय रोपनी जग्गा त्रिविकै व्यवस्थापनमा फिर्ता, संरचना हटाइने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कीर्तिपुरस्थित आफ्नो स्वामित्वमा रहेको सात सय रोपनीभन्दा बढी जमिन आफ्नै व्यवस्थापनमा आइसकेको बताएको छ।

#जग्गा
Compare →
Arthasansar
1w ago
जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस

जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको ‘नेपाल हाउस’ निर्माणका लागि खरिद प्रक्रियामा रहेको चिबास्थित जग्गा संस्थाले परिकल्पना गरेको परियोजनाका लागि उपयुक्त...

#जग्गा
Compare →

Related Stories

Politics & Governance
Build #2611