Trending
Prev Story
Next Story

आलितालमा चितुवा देखिन थाल्यो, सतर्क रहन वन कार्यालयको आग्रह

Ekantipur •
November 03, 2026 • 08:31 AM
1
1 reads 0 reactions

डडेल्धुराको आलिताल–१ का सिस्नेरी र देवगाउँ क्षेत्र आसपास डेढ महिनायता चितुवा देखिँदै आएको छ। साँझपख चितुवा कराउने तथा घरपालुवा बाख्रा र कुखुरामाथि आक्रमण गर्ने घटना बढेको स्थानीयले बताएका छन् ।

आलितालमा चितुवा देखिन थाल्यो, सतर्क रहन वन कार्यालयको आग्रह

डडेल्धुराको आलिताल–१ का सिस्नेरी र देवगाउँ क्षेत्र आसपास डेढ महिनायता चितुवा देखिँदै आएको छ। साँझपख चितुवा कराउने तथा घरपालुवा बाख्रा र कुखुरामाथि आक्रमण गर्ने घटना बढेको स्थानीयले बताएका छन् ।

काठमाडौँ — डडेल्धुराको आलिताल गाउँपालिकाका विभिन्न क्षेत्रमा चितुवा देखिन थालेपछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। चितुवाको गतिविधि बढ्दै गएको र घरपालुवा जनावरमाथि आक्रमणका घटना हुन थालेको भन्दै डिभिजन वन कार्यालय डडेल्धुराले नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको हो।

कार्यालयका अनुसार आलिताल गाउँपालिका–१ अन्तर्गत सिस्नेरी र देवगाउँ क्षेत्र आसपास पछिल्लो डेढ महिनादेखि चितुवा देखिँदै आएको छ। साँझपख चितुवा कराउने तथा घरपालुवा बाख्रा र कुखुरामाथि आक्रमण गर्ने घटना बढेको जानकारी प्राप्त भएको कार्यालयले जनाएको छ।

चितुवाको गतिविधिका कारण स्थानीय बासिन्दा र घरपालुवा जनावर जोखिममा पर्न सक्ने भन्दै कार्यालयले सचेत रहन अनुरोध गरेको छ।

वन कार्यालयले अत्यावश्यक कामबाहेक रातिको समयमा जंगल क्षेत्रमा प्रवेश नगर्न, बालबालिकालाई विद्यालय आउजाउ गर्दा अभिभावकको साथमा पठाउन तथा घरवरपर रहेका झाडी र घाँस हटाएर नियमित सरसफाइ गर्न आग्रह गरेको छ।

त्यस्तै, बाख्रा, कुखुरालगायत घरपालुवा जनावरलाई सुरक्षित र बलियो खोरमा राख्न, रातिको समयमा घरवरपर उज्यालोको व्यवस्था गर्न तथा बालबालिकालाई बिहान र साँझपख घरबाहिर एक्लै खेल्न नदिन पनि कार्यालयले अनुरोध गरेको छ।

मानव बस्ती आसपास चितुवा देखिएमा वा त्यसबारे जानकारी प्राप्त भएमा तत्काल डिभिजन वन कार्यालय डडेल्धुरामा खबर गर्न कार्यालयले आग्रह गरेको छ। चितुवाको आक्रमणबाट कुनै क्षति भएमा राहतका लागि समेत कार्यालयमा सम्पर्क गर्न सकिने जनाइएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
11h ago
चितुवाको छालासहित दुई जना पक्राउ

चितुवाको छालासहित दुई जना पक्राउ

२७ कात्तिक, धनगढी । कैलालीमा चितुवाको छालासहित दुई जनालाई पक्राउ परेका छन्। धनगढी उपहानगरपालिका-४ को नयाँराम होटल नजिकै शंकास्पद रूपमा हिडिरहेका दुई जनालाई चितुवाको छालासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब …

#चितुवा
Compare →
Hamro Patro News
1w ago
दक्षिण चीन सागरमा सतर्क रहन फिलिपिन्सलाई चीनको चेतावनी

दक्षिण चीन सागरमा सतर्क रहन फिलिपिन्सलाई चीनको चेतावनी

• चीनका विदेशमन्त्री वाङ यीले फिलिपिन्सलाई दक्षिण चीन सागरको विवादमा सतर्क रहन र चीनसँगको सम्बन्धमा हस्तक्षेप गर्ने व्यक्तिहरूलाई नियन्त्रण गर्न आग्रह गरेका छन्। • दुवै देशले कूटनीतिक संवाद जारी रा…

#सतर्क #रहन
Compare →

Related Stories

Entertainment & Cinema
Build #2611