Trending
Prev Story
Next Story

सुरुङ खनेर डोल्पा कारागारबाट भागेका दुई कैदी रुकुम पश्चिममा पक्राउ

Ekantipur •
November 03, 2026 • 07:32 AM
1
1 reads 0 reactions

रुकुम पश्चिम आठबिसकोटका रामबहादुर विक र सल्यान कुमाखका रेशम राना पक्राउ परेका हुन् । दुवैले जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।

सुरुङ खनेर डोल्पा कारागारबाट भागेका दुई कैदी रुकुम पश्चिममा पक्राउ

रुकुम पश्चिम आठबिसकोटका रामबहादुर विक र सल्यान कुमाखका रेशम राना पक्राउ परेका हुन् । दुवैले जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।

सुर्खेत — डोल्पा कारागारबाट फरार दुई कैदीलाई प्रहरीले रुकुम पश्चिमबाट पक्राउ गरेको छ। गत कात्तिक १४ गते बिहान ६ बजे डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित जिल्ला कारागारबाट फरार भएका आठ कैदीबन्दीमध्ये दुई जनालाई पक्राउ गरिएको एसएसपी सन्तोषसिंह राठौरले बताए ।

मंगलबार बिहान करिब साढे १० बजे चौरजहारी बेस क्याम्प र प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमान्डमा खटिएको पाँच सदस्यीय प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

आठबिसकोट नगरपालिका–६ दामाचौरस्थित खोली बगरबाट वडा नं. ९ राडीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको डबल क्याब बोलेरो जिप जाँच गर्ने क्रममा भाग्न खोजेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना छन्। दुवै जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन् ।

उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी चौकी गोतामकोटमा राखिएको प्रहरीले जनाएको छ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
जेनजी आन्दोलनमा कारागारबाट भागेका एक कैदी पक्राउ

जेनजी आन्दोलनमा कारागारबाट भागेका एक कैदी पक्राउ

नवलपरासी : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन्। जेन्जी आन्दोलनमा कारागारबाट फरार रहेका बर्दघाट नगरपालिका वडा नं. १६ केरावारीका २७ वर्षीय अमृत नेपालीला...

#कारागार #भागे #कैदी
Compare →
Nagarik News
1d ago
वीरगञ्ज कारागारबाट फरार कैदी ५ घण्टाभित्रै सीमा क्षेत्रबाट पक्राउ

वीरगञ्ज कारागारबाट फरार कैदी ५ घण्टाभित्रै सीमा क्षेत्रबाट पक्राउ

प्रहरीका अनुसार बिहीबार बिहान करिब ८:२० बजे कारागार कार्यालयको प्यारोल शाखाको पर्खाल छेउबाट उनी भागेका थिए।

#कारागार #कैदी
Compare →
Onlinekhabar
1d ago
वीरगञ्ज कारागारबाट फरार कैदी भारतबाट पक्राउ

वीरगञ्ज कारागारबाट फरार कैदी भारतबाट पक्राउ

२६ कात्तिक, काठमाडौं । वीरगञ्ज कारागारबाट फरार भएका कैदी पक्राउ परेका छन् । आज बिहानै पर्खाल नाघेर फरार भएका कैदी सुनिल साह तुरहा पाँच घण्टाभित्रै भारतबाट पक्राउ परेका हुन् । विशेष प्रहरी टोलीले उनलाई भारतको आदापुरबाट पक्राउ …

#कारागार #कैदी
Compare →

Related Stories

Education & Youth
Build #2611