Trending
Prev Story
Next Story

सौराहा तेक्वान्दो च्याम्पियनसिपमा मधेश च्याम्पियन

Ekantipur •
November 03, 2026 • 07:32 AM
1
1 reads 0 reactions

मधेश प्रदेशले बागमती प्रदेशभन्दा एक कांस्य पदक बढी जित्दै सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपकाे टिम च्याम्पियनको उपाधि उचाल्यो ।

सौराहा तेक्वान्दो च्याम्पियनसिपमा मधेश च्याम्पियन

मधेश प्रदेशले बागमती प्रदेशभन्दा एक कांस्य पदक बढी जित्दै सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपकाे टिम च्याम्पियनको उपाधि उचाल्यो ।

चितवन — मधेश प्रदेश प्रथम सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको टिम च्याम्पियन भएको छ ।

चितवनको रत्ननगर नगरपालिकास्थित निपनीमा सम्पन्न प्रतियोगितामा मधेश प्रदेशले बागमती प्रदेशभन्दा एक कांस्य पदक बढी जित्दै टिम च्याम्पियनको उपाधि उचाल्यो । मधेश र बागमतीले समान १७ स्वर्ण र १० रजत पदक जितेका थिए । तर मधेशले ९ कांस्य पदक जित्दा बागमती ८ कांस्य पदक मात्र जित्न सफल भयो ।

यससँगै मधेशले आठ राष्ट्रले प्रतिस्पर्धा गरेको प्रतियोगितामा टिम च्याम्पियनको उपाधि उचाल्यो । च्याम्पियन मधेशले ५० हजार र उपविजेता बागमतीले ३० हजार रुपैयाँ नगद पुरस्कार पाए । प्रतियोगितामा नेपालसहित भारत, माल्दिभ्स, मलेसिया, अस्ट्रेलिया, बंगलादेश, सिंगापुर, साउदी अरेबिया र जापानका गरी करिब ८ सय खेलाडीले ग्यारोगी र पुम्से विधाका विभिन्न उमेर तथा तौल समूहमा प्रतिस्पर्धा गरेकाे  आयोजकले जनाएको छ ।

चितवन तेक्वान्दो डोजाङको आयोजनामा भएको आयोजक चितवन जिल्लाको टोली तेस्रो भयो । आयोजकले १० स्वर्ण, १७ रजत र ४० कांस्य पदक जित्यो । तेस्रो भएको आयोजक टोलीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । च्याम्पियनसिपमा चितवनका साहिल मन्सुर ग्योरोगीतर्फ उत्कृष्ट पुरुष खेलाडी घोषित भए ।

बागमतीकी दीक्षा तामाङ उत्कृष्ट महिला ग्यारोगी खेलाडी बनिन् । उत्कृष्ट प्रशिक्षकको पुरस्कार मधेशका दीपेश मानन्धरले प्राप्त गरे । विजेता खेलाडीलाई रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटा, प्रतियोगिता संयोजक प्रमुख प्रज्वल दवाडी र आयोजक चितवन जिल्ला तेक्वान्दो डोजाङका प्रमुख रोशनलगायतले पुरस्कृत गरे ।

च्याम्पियनसिपमा उज्वल श्रेष्ठ उत्कृष्ट रेफ्री घोषित भएको प्रतियोगिताको अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले बताए । पुम्से पुरुषतर्फ आयुष गुरुङ र महिलामा युमी राई उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा ग्यारोगीतर्फ सव जुनियर (९–११ वर्ष), क्याडेट (१२–१४ वर्ष), जुनियर (१५–१७ वर्ष) र सिनियर (१८ वर्षमाथि) तथा पुम्से विधामा गरी कुल ६४ स्वर्ण र रजत तथा १२८ कांस्य पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा मधेश च्याम्पियन

सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा मधेश च्याम्पियन

मधेश प्रदेश प्रथम सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको टिम च्याम्पियन भएको छ ।

#मधेश #च्याम्पियन #पदक
Compare →
Hamro Patro News
1w ago
गत आर्थिक वर्षमा सबभन्दा बढी आर्थिक वृद्धि बागमती हुँदा कम मधेशमा, अन्य प्रदेशको कति?

गत आर्थिक वर्षमा सबभन्दा बढी आर्थिक वृद्धि बागमती हुँदा कम मधेशमा, अन्य प्रदेशको कति?

काठमाडौं। गत आर्थिक वर्ष २०८२/०८३ मा सबै भन्दा बढी आर्थिक वृद्धिदर बाग्मती र कम मधेश प्रदेशको भएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन अनुसार उपभोक्ता मूल्यमा बाग्मतीको बढी र कम मधेशको रह...

#मधेश #बागमती
Compare →
Onlinekhabar
1w ago
मधेशमा एमाले, नेकपा र जसपा नेपालको नयाँ सत्ता समीकरण

मधेशमा एमाले, नेकपा र जसपा नेपालको नयाँ सत्ता समीकरण

२० कात्तिक, जनकपुरधाम । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी सम्मिलित नयाँ सत्ता समीकरण बन्ने भएको छ । सरकारको नेतृत्व जसपा नेपालले गर्ने सम्भावना बढी रहेको नेताहरु बताउँछन् …

#मधेश
Compare →
Arthasansar
2d ago
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । तीनदलीय गठबन्धनको सरकारबाट नेकपा एमाले...

#मधेश
Compare →

Related Stories

Sports
Build #2611