Trending
Prev Story
Next Story

जब भन्सालीले पुरानो घाउ कोट्याए, सलमान र ऐश्वर्याको प्रेमिल फोटोमा लफडा

Onlinekhabar •
November 03, 2026 • 07:31 AM
1
1 reads 0 reactions

फिल्ममेकर सञ्जय लीला भन्सालीको कम्पनी भन्साली प्रोडक्सन्सको पेजबाट पोस्ट गरिएको फोटो अहिले ट्रोल भएको छ । त्यहाँ तीनवटा तस्बिर छन् । र, ती रोमान्टिक तस्बिरमा छन् सलमान खान र ऐश्वर्या राय । थाहा भएकै कुरा हो, …

जब भन्सालीले पुरानो घाउ कोट्याए, सलमान र ऐश्वर्याको प्रेमिल फोटोमा लफडा

फिल्ममेकर सञ्जय लीला भन्सालीको कम्पनी भन्साली प्रोडक्सन्सको पेजबाट पोस्ट गरिएको फोटो अहिले ट्रोल भएको छ । त्यहाँ तीनवटा तस्बिर छन् । र, ती रोमान्टिक तस्बिरमा छन् सलमान खान र ऐश्वर्या राय ।

थाहा भएकै कुरा हो, अहिले उनीहरूबीच बोलचाल पनि छैन । त्यस्तै, कुनै समय उनीहरू धुमधाम प्रेम सम्बन्धमा थिए भन्ने पनि जगजाहेर छ । बलिउडका सर्वाधिक चर्चित प्रेम जोडीमध्ये उनीहरूको नाम पनि आउँछ ।

सलमान खान करियरको उत्कर्षमा रहँदा ऐश्वर्यासँग प्रेममा परेका थिए । सबैलाई लोभ्याउने यो जोडीको प्रेमले त्यसबेला राम्रै तरंग पैदा गरेको थियो । यद्यपि, उनीहरूको सम्बन्धमा अनेक उतारचढाव आए । अन्ततः ठूलै लफडाबाजीपछि उनीहरू एकअर्काबाट अलग भए ।

अलग भएपछि के भयो ? त्यो त जगजाहेर नै छ । सलमानले अरू प्रेमिका बनाए । तर, विवाह कसैसँग गरेनन् । ऐश्वर्या रायले अभिषेक बच्चनसँग घरजाम गरिन् । एक सन्तानकी आमा पनि बनिन् ।

प्रेम सम्बन्ध टुटेपछि उनीहरूबीच बोलचाल नभएको मात्र होइन, एउटै कार्यक्रममा सकेसम्म आमनेसामने हुन पनि चाहँदैनन् । यस्तो पृष्ठभूमिमा भन्साली प्रोडक्सन्सले सलमान र ऐश्वर्याका प्रेमिल तस्बिर पोस्ट गरेर पुरानो घाउ बल्झाएको छ ।

उक्त तस्बिर चलचित्र ‘हम दिल दे चुके सनम’को हो ।

तस्बिरसँगै प्रेम र पुराना सम्झनासँग जोडिएको क्याप्सन पनि लेखिएको थियो । तर, उक्त पोस्ट प्रशंसकलाई मन परेन ।

सामाजिक सञ्जालमा ऐश्वर्याका प्रशंसकहरूले दुवैको विवादास्पद सम्बन्धका पुराना सम्झना यस्तो विशेष अवसरमा किन ताजा गराइएको भन्दै प्रश्न उठाएका छन् । सम्बन्ध टुटेपछि ऐश्वर्याले सलमानमाथि गम्भीर आरोपसमेत लगाएकी थिइन् ।

यद्यपि, उक्त पोस्टलाई लिएर भन्साली प्रोडक्सन्सका तर्फबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1w ago
प्रेममा हुँदा खिचिएका तस्बिर र भिडियो सार्वजनिक, दुई जना पक्राउ

प्रेममा हुँदा खिचिएका तस्बिर र भिडियो सार्वजनिक, दुई जना पक्राउ

सामाजिक सञ्जाल टेलिग्राम र एक्समार्फत महिलालाई दुःख दिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरी साइबर ब्युरोका अनुसार प्रेम सम्बन्धका क्रममा खिचिएका तस्बिर तथा भिडियो टेलिग्राममा...

#तस्बिर #प्रेम
Compare →
Nagarik News
1w ago
‘मातृभूमि’मा सलमानको युद्ध, अनूप विक्रमको बलियो उपस्थिति

‘मातृभूमि’मा सलमानको युद्ध, अनूप विक्रमको बलियो उपस्थिति

पटक–पटक प्रदर्शन मिति सर्दै आएको फिल्मको नयाँ मिति सलमानले शुक्रबार मुम्बईमा आयोजित प्रचारात्मक कार्यक्रममा घोषणा गरेका हुन्।

#सलमान
Compare →

Related Stories

World News
Build #2611