Trending
Prev Story
Next Story

जन्मदर्तामै अन्तरलिंगी पहिचान खुलाउने प्रस्ताव

Onlinekhabar •
November 03, 2026 • 07:01 AM
1
1 reads 0 reactions

१७ कात्तिक, काठमाडौं । सांसदहरूले जन्मदर्तामै अन्तरलिंगी पहिचान खुलाउने प्रस्ताव राखेका छन् । बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक २०८३ मा संशोधन प्रस्ताव राखेर यस्तो माग गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद भूमिका श्रेष्ठका अनुसार हाल …

जन्मदर्तामै अन्तरलिंगी पहिचान खुलाउने प्रस्ताव

१७ कात्तिक, काठमाडौं । सांसदहरूले जन्मदर्तामै अन्तरलिंगी पहिचान खुलाउने प्रस्ताव राखेका छन् । बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक २०८३ मा संशोधन प्रस्ताव राखेर यस्तो माग गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद भूमिका श्रेष्ठका अनुसार हाल महिला र पुरुष भनेर जन्मदर्ताम उल्लेख गर्ने व्यवस्था र अभ्यास छ । यसमा संशोधन गरेर जन्मदर्तामा अन्तरलिंगी पहिचानलाई स्पष्ट रूपमा समेट्न प्रस्ताव गरिएको हो ।

उनले अनलाइनखबरसँग भनिन्, ‘अहिले बालक र बालिका मात्रै भनेर उल्लेख गर्ने गरिएको छ ।’

सांसद श्रेष्ठसहित सांसदहरू सुष्मा स्वर्णकार (डिम्पल), बिना गुरुङ, सृष्टि भट्टराई र सुजाता तामाङले अन्तरलिंगी बालबालिकाको जन्मदर्तामा लिंगको महलमा अन्तरलिंगी नै उल्लेख गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।

उनीहरूले बालबालिका सम्बन्धी ऐनको दफा ४ मा उपदफा (२क) थप्दै ‘अन्तरलिंगी बालबालिकाको जन्म दर्ता लिंगको महलमा अन्तरलिंगी उल्लेख गरी जन्मदर्ता गर्नुपर्नेछ’ भन्ने व्यवस्था प्रस्ताव गरेका हुन् ।

अर्का सांसद जानु पौड्यालले छुट्टै संशोधन राखेर जन्मदर्तामै अन्तरलिंगी पहिचान खुलाउने प्रस्ताव राखेकी छन् ।

प्रचलित ऐनको दफा ४ को उपदफा (३) पछि नयाँ उपदफा थप्न प्रस्ताव गर्दै उनले लेखेकी छन्, ‘जन्मदर्ता गर्दा महिला, पुरुष र अन्तरलिंगी तीन प्रकारको लिंगमध्ये एक पहिचान दिई जन्मदर्ता गरिदिनुपर्नेछ ।’

जन्मदर्ता, नागरिकता, राहदानीलगायत सरकारी कागजातमा महिला र पुरुषबाहेकका लैंगिक पहिचानलाई पनि समेट्नुपर्ने माग विगतमा पनि उठ्दै आएको विषय हो ।

२०६४ सालमा सर्वोच्च अदालतले यौनिक तथा लैंगिकक अल्पसंख्यक समुदायको अधिकार र पहिचानलाई कानुनी मान्यता दिनुपर्ने विषयमा फैसला गरेको थियो ।

सुनिलबाबु पन्तसमेतले दायर गरेको रिटमा सर्वोच्चले यौनिक तथा लैंगिक अल्पसंख्यकको पहिचानअनुसार कानुनी व्यवस्था गर्न सरकारका नाममा निर्देशनात्मक आदेश दिएको थियो । त्यसपछि सरकारी कागजातमा तेस्रो लिंगी पहिचान समेट्ने विषयमा विभिन्न पहल भएका छन् ।

राष्ट्रिय जनगणना २०६८ मा महिला र पुरुषसँगै तेस्रो लिंगीको विवरण संकलन गर्ने व्यवस्था गरिएको थियो । यद्यपि, सरकारी अभिलेखमा लैंगिक पहिचानको स्पष्टता र सहज पहुँचको विषयमा बहस चल्दै आएको छ ।

यस अभियानसँग जोडिएका व्यक्तिमध्ये सांसद भूमिका श्रेष्ठ पनि एक हुन् । उनी लामो समयदेखि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार, पहिचान र समानताको पक्षमा आवाज उठाउँदै आएकी छन् । अहिले संसद्मा पुगेपछि उनले यही विषयलाई कानुनी व्यवस्थामा समेट्न संशोधन प्रस्तावकका रूपमा भूमिका निर्वाह गरेकी छन् ।

सांसदहरूको प्रस्तावअनुसार ऐन बने जन्मदर्ता गर्दा महिला, पुरुष र अन्तरलिंगी गरी तीन प्रकारका लिंगमध्ये एउटा पहिचान खुलाएर जन्मदर्ता हुनेछ ।

प्रस्तावित संशोधन पारित भएमा जन्मदर्ताकै चरणबाट अन्तरलिंगी बालबालिकाको पहिचान सरकारी अभिलेखमा स्पष्ट रूपमा समेटिनेछ । यसले उनीहरूको पहिचानलाई आधिकारिक मान्यता दिनेछ । त्यसले शैक्षिक, प्रशासनिक तथा अन्य सरकारी अभिलेखमा पनि सहजता ल्याउनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
तस्बिरबाटै खतरनाक समुद्री धार पहिचान गर्ने एआई उपकरण तयार

तस्बिरबाटै खतरनाक समुद्री धार पहिचान गर्ने एआई उपकरण तयार

अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले समुद्र तटका तस्बिर विश्लेषण गरी सम्भावित रिप करेन्ट (समुद्रको पानी तीव्र गतिमा समुद्रतर्फ फर्कने धार) पहिचान गर्न सक्ने कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित मोबाइल ...

#पहिचान
Compare →
Ekantipur
1d ago
भीमफेदी गाडी दुर्घटनामा ज्यान गुमाउने १३ जना, ११ जनाको पहिचान खुल्यो [नामसहित]

भीमफेदी गाडी दुर्घटनामा ज्यान गुमाउने १३ जना, ११ जनाको पहिचान खुल्यो [नामसहित]

माइक्रोबस दुर्घटनामा ज्यान गुमाउनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डल र चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका १० जनाको पहिचान खुलेको छ ।

#पहिचान
Compare →
Nagarik News
3d ago
'नेपाल संवत् राष्ट्रिय पहिचान र सांस्कृतिक एकताको साझा सम्पदा हो'

'नेपाल संवत् राष्ट्रिय पहिचान र सांस्कृतिक एकताको साझा सम्पदा हो'

सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत् नेपालको मौलिक इतिहास, सांस्कृतिक पहिचान, सामाजिक एकता र आत्मसम्मानको गौरवपूर्ण प्रतीक भएको बताएका छन्।

#पहिचान
Compare →

Related Stories

Politics & Governance
Build #2611