युक्रेन । युक्रेनको दक्षिणी जापोरिज्जिया क्षेत्रस्थित कोमिशुभाखा गाउँमा रुसी बम आक्रमण हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको बिबिसिले जनाएको छ । मानवीय सहायता सामाग्री वितरणका लागि प्रयोग भइरहेको केन्द्रलाई लक्षित गरी सोमबार भएको उक्त आक्रमणमा थप पाँच जना घाइते भएका छन् भने केही व्यक्ति अझै भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।
क्षेत्रीय प्रमुख मिखाइलो सेमिकिनका अनुसार गाउँमा कम्तीमा नौवटा तीन हजार किलोका हवाई बम प्रहार गरिएको थियो । आक्रमणबाट स्थानीय विद्यालयमा रहेको सहायता वितरण केन्द्र ध्वस्त भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )