Trending
Prev Story
Next Story

नदी नियन्त्रणमा पहिलो त्रैमासिकमा ३४.९ प्रतिशत प्रगति

Nagarik News •
November 03, 2026 • 04:43 AM
1
1 reads 0 reactions

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नदी नियन्त्रणतर्फ ३४ दशमलव नौ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ।

नदी नियन्त्रणमा पहिलो त्रैमासिकमा ३४.९ प्रतिशत प्रगति

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नदी नियन्त्रणतर्फ ३४ दशमलव नौ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ।

मन्त्रालयअन्तर्गतको नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाका प्रमुख रवीन्द्रबहादुर थापाका अनुसार उक्त कार्यक्रमका लागि चालु आवमा रु पाँच अर्ब २० करोड ९० लाख बजेट विनियोजन भएको थियो।

पहिलो त्रैमासिकमा छुट्याइएको रु ६२ करोड ७४ लाख बजेटमध्ये रु १४ करोड ७० लाख खर्च भएको छ, जुन त्रैमासिक बजेटको २३ दशमलव ४ प्रतिशत हो। सोही अवधिमा त्रैमासिक लक्ष्यको तुलनामा ३४ दशमलव नौ प्रतिशत भारित भौतिक प्रगति भएको छ। उक्त अवधिमा दुई दशमलव नौ किलोमिटर तटबन्ध निर्माण र एक हेक्टर जग्गा उकास भएको महाशाखाका प्रमुख थापाले बताए।

उनका अनुसार केही आयोजनाले भने त्रैमासिक लक्ष्यभन्दा उल्लेखनीय रा काम गरेका छ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुर (चितवन) ले त्रैमासिक भौतिक लक्ष्यको १६० दशमलव आठ प्रतिशत प्रगति हासिल गरेको छ।

टार–बजार संरक्षण कार्यक्रमले लक्ष्यको १०८ प्रतिशत प्रगति गरेको छ। लमही (दाङ)ले ८६ दशमलव पाँच प्रतिशत, कञ्चनपुरले ८२ दशमलव पाँच प्रतिशत र जनकपुर (धनुषा)ले ८२ दशमलव तीन प्रतिशत भौतिक प्रगति हासिल गरेको महाशाखाले जनाएको छ।

प्रकाशित: १७ कार्तिक २०८३ १०:२८ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
आपसी सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनुपर्छ: मन्त्री श्रेष्ठ

आपसी सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनुपर्छ: मन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल संवत् ११४७ तथा म्हःपूजाको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, एकता र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले नेपाल...

#ऊर्जा #जलस्रोत
Compare →
Onlinekhabar
4d ago
इरानसँगको कूटनीतिक वार्तामा प्रगति नभएको रुबियोको भनाइ

इरानसँगको कूटनीतिक वार्तामा प्रगति नभएको रुबियोको भनाइ

२३ कात्तिक, सिन्ह्वा । अमेरिका–इरान द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासहरूमा खासै प्रगति हुन नसकेको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार बताएका छन् । उनले इरानका मागहरू ‘अस्वीकार्य’ रहेको बताउँदै भने, ‘अहिलेसम्म यो खासै उत्पादक हुन सकेको छैन …

#प्रगति
Compare →
Bizshala
6d ago
अरुण–३ को प्रगति ७७ प्रतिशत नाघ्यो र तीन जलविद्युत् आयोजनाको लगानी स्वीकृत

अरुण–३ को प्रगति ७७ प्रतिशत नाघ्यो र तीन जलविद्युत् आयोजनाको लगानी स्वीकृत

काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको दशैँयताको कार्यसम्पादन विवरणमा अरुण–३...

#प्रगति
Compare →

Related Stories

Business & Economy
Build #2612