Trending
Prev Story
Next Story

वातावरणीय अधिकारका लागि वीरेन्द्रनगरमा राष्ट्रिय युवा सम्मेलन

Ekantipur •
November 03, 2026 • 05:01 AM
1
1 reads 0 reactions

‘युवा र बालबालिकाको वातावरणीय अधिकार, दिगो भविष्यको आधार’ नारासहित सुरु सम्मेलनमा नौ संस्थाका ३२ युवा सदस्य सहभागी छन्।

वातावरणीय अधिकारका लागि वीरेन्द्रनगरमा राष्ट्रिय युवा सम्मेलन

‘युवा र बालबालिकाको वातावरणीय अधिकार, दिगो भविष्यको आधार’ नारासहित सुरु सम्मेलनमा नौ संस्थाका ३२ युवा सदस्य सहभागी छन्।

सुर्खेत — ‘युवा र बालबालिकाको वातावरणीय अधिकार, दिगो भविष्यको आधार’ नारासहित सोमबारदेखि वीरेन्द्रनगरमा तीनदिने राष्ट्रिय युवा सम्मेलन सुरु भएको छ । कर्णाली प्रदेश सरकारकी प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले सम्मेलन उद्घाटन गरिन् ।

उद्घाटन कार्यक्रममा मन्त्री खड्काले वातावरण संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण हुने बताइन् । ‘अबका सबै विकास निर्माण र सामाजिक अभियानमा युवालाई केन्द्रमा राख्न जरुरी छ,’ उनले भनिन्, ‘वातावरण संरक्षण र जलवायु न्यायका लागि युवा सहभागिता महत्त्वपूर्ण छ, जसका लागि एकद्वार नीति बनाएर कार्यान्वयन गरिरहेका छौं ।’

टिडीएच जर्मनीको आर्थिक सहयोगमा सहयोगी हातहरूको समूह (सहास नेपाल), बीवाईसी बागलुङलगायत संस्थाले आयोजना गरेको सम्मेलन बुधबारसम्म चल्नेछ । सम्मेलनमा नौ सामाजिक संस्थाका १४ कार्यालय सदस्य र ३२ युवा सदस्य सहभागी रहेको सहास नेपालका देवेन्द्र लामाले बताए ।

सम्मेलनमा वातावरणीय क्षयीकरण, प्रदूषण, प्राकृतिक स्रोतको अव्यवस्थित दोहन र जलवायु परिवर्तनले मानव स्वास्थ्य, खाद्य सुरक्षा, शिक्षा तथा भावी पुस्ताको भविष्यमा पारिरहेको असरबारे विभिन्न कार्यपत्र प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

मन्त्रालयका सचिव अजितकुमार कर्णले वातावरणीय समस्यामा बालबालिका र युवाको योगदान तुलनात्मक रूपमा न्यून भए पनि त्यसको सबैभन्दा बढी असर उनीहरूले भोग्नुपर्ने अवस्था रहेको बताए । वातावरण संरक्षणसम्बन्धी नीति निर्माण, योजना तर्जुमा र निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न जरुरी रहेको उनको भनाइ थियो ।

सम्मेलनले वातावरणीय अधिकार र जलवायु न्यायबारे युवाको बुझाइ अभिवृद्धि गर्ने टिडीएचकी प्रतिनिधि एलिजा तुलाधरले बताइन् । ‘कार्यक्रममा हरित रोजगारी तथा युवा उद्यमशीलताका अवसर पहिचान गरिनेछ,’ उनले भनिन्, ‘स्थानीय वातावरणीय चुनौतीको व्यावहारिक समाधान खोज्न प्रयास गर्नेछौं ।’

अन्तरप्रदेश युवा सहकार्यलाई निरन्तरता दिन सम्मेलनले साझा युवा घोषणापत्र र नीतिगत सिफारिस तयार गर्ने आयोजकले जनाएको छ । युवालाई वातावरणीय निर्णय प्रक्रियामा सहभागी गराई नेतृत्वकर्ताका रूपमा स्थापित गर्न सम्मेलनले सहयोग पुर्‍याउने आयोजकको अपेक्षा छ ।

कृष्णप्रसाद गाैतम कान्तिपुरकाे सुर्खेत संवाददाता हुन् । उनी सुर्खेतमा बसेर कर्णाली प्रदेशका सामाजिक र राजनीतिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
18h ago
प्रचण्ड ५ दिन रूसमा रहने, राष्ट्रहरूको स्वतन्त्रतासम्बन्धी विश्व सम्मेलनमा सहभागी हुने

प्रचण्ड ५ दिन रूसमा रहने, राष्ट्रहरूको स्वतन्त्रतासम्बन्धी विश्व सम्मेलनमा सहभागी हुने

२७ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पाँच दिन रुसमा रहने भएका छन् । प्रचण्ड आज रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । उनको साथमा प्रमुख स्वकीय सचिव गोन्दप्रसाद आचार्य …

#सम्मेलन
Compare →
Hamro Patro News
19h ago
विश्व सम्मेलनमा भाग लिन मस्को उडे प्रचण्ड

विश्व सम्मेलनमा भाग लिन मस्को उडे प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रसिया प्रस्थान गरेका छन् । अखिल रूसी राजनीतिक दलको आयोजनामा हुन लागेको ‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलनमा भाग लिन उनी शुक्रबार ब...

#सम्मेलन
Compare →
Nagarik News
20h ago
विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड मस्को प्रस्थान

विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड मस्को प्रस्थान

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन्।

#सम्मेलन
Compare →

Related Stories

Science & Climate
Build #2612