Trending
Prev Story
Next Story

डोल्पाबाट सुत्केरीको हवाई उद्धार

Onlinekhabar •
November 03, 2026 • 05:00 AM
1
1 reads 0 reactions

१७ कात्तिक, डोल्पा । डोल्पामा गम्भीर अवस्थामा रहेकी एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको छार्काताङसोङ गाउँपालिका कागकोटकी २६ वर्षीया जुनु बुढालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी कर्णाली प्रदेश …

डोल्पाबाट सुत्केरीको हवाई उद्धार

१७ कात्तिक, डोल्पा । डोल्पामा गम्भीर अवस्थामा रहेकी एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

जिल्लाको छार्काताङसोङ गाउँपालिका कागकोटकी २६ वर्षीया जुनु बुढालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो ।

सुत्केरी व्यथाले च्यापेपछि उनलाई सोमबार जिल्ला अस्पताल डोल्पा पुर्‍याइएको थियो । जिल्ला अस्पतालमा उपचारका क्रममा स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि सुर्खेत पठाउनुपर्ने अवस्था आएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।

हिजोदेखि गम्भीर अवस्थामा रहेकी बुढालाई मंगलबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1w ago
खोटाङमा सुत्केरी व्यथा लागेको गर्भवती महिलाको उद्धार

खोटाङमा सुत्केरी व्यथा लागेको गर्भवती महिलाको उद्धार

खोटेहाङ–६ की २२ वर्षीया लक्ष्मी थापालाई सुत्केरी व्यथा लागेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत बुधबार काठमाडौं लगिएको थियो।

#उद्धार #सुत्केरी
Compare →
Hamro Patro News
1w ago
सुत्केरी बेथाले थलिएकी महिलाको पाँच दिनपछि उद्धार

सुत्केरी बेथाले थलिएकी महिलाको पाँच दिनपछि उद्धार

सुत्केरी बेथाले थलिएकी महिलाको पाँच दिनपछि उद्धार जिल्ला अस्पतालमा रगत नपाएपछि नाम्खा–३ की ३३ वर्षीया डिकी साङमु लामालाई शुक्रबार थप उपचारका लागि सुर्खेत ल्याइएको हो। कार्तिक २०, २०८३ ज्योति कटु...

#उद्धार #सुत्केरी
Compare →
Nagarik News
17h ago
१९ वर्षीया गर्भवतीको हवाई उद्धार, थप उपचारका लागि काठमाडौं ल्याइयो

१९ वर्षीया गर्भवतीको हवाई उद्धार, थप उपचारका लागि काठमाडौं ल्याइयो

दुर्गम क्षेत्रका जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचारको पहुँच सुनिश्चित गर्न मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

#उद्धार #उपचार #हवाई
Compare →

Related Stories

Technology
Build #2612