Trending
Prev Story
Next Story

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए : एक जना विदेशी नागरिकको मृ*त्यु, एक घाइते

Nagarik News •
November 03, 2026 • 03:36 AM
1
1 reads 0 reactions

सोलुखुम्बुको लुक्लाभन्दा माथि फेरिचेमा दुईवटा हेलिकोप्टर एकआपसमा ठोक्किएका छन्।

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए : एक जना विदेशी नागरिकको मृ*त्यु, एक घाइते

सोलुखुम्बुको लुक्लाभन्दा माथि फेरिचेमा दुईवटा हेलिकोप्टर एकआपसमा ठोक्किएका छन्।

खुम्बु पासाङल्हामु गाउँपालिका-४ फेरिचेमा फिस्टेल एयर र एयर डाइनेस्टिकका दुई हेलिकोप्टरको पंखा आपसमा अवतरण गर्ने क्रममा ठोक्किँदा दुर्घटना भएको हो।

'अहिले अघि ८:११ बजेको समयमा यो खुम्बु पासाङल्हामु गाउँपालिका-४ फेरिचेमा फिस्टेल एयर र डाइनेस्टी एयरको हेलिकप्टरहरू ल्यान्डिङ गर्ने क्रममा एकआपसमा ठोक्कर भएको छ,' जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले नागरिकन्युज सँग भने।

आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

तामाङका अनुसार मृत्यु हुनेमा विदेशी नागरिक हुन् भने उनको परिचय खुल्न सकेको छैन।

घाइते शैलेश किसन पटेललाई उपचारका लागि प्रभु हेलिकोप्टरमार्फत काठमाडौंको नेपाल मेडिसिटी हस्पिटल ल्याइएको उनले नागरिकन्युज लाई जानकारी दिए। उनका अनुसार मृतकको शवलाई लुक्ला ल्याइएको छ।

प्रकाशित: १७ कार्तिक २०८३ ०९:२१ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
19h ago
धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

२७ कात्तिक, धनगढी । धनगढीमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किंदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१५ ज्योति आयल स्टोर नजिकै बिहीबार साँझ करिब ७ बजेतिर फूलबारीतर्फ जाँदै गरेको से४प …

#त्यु #घाइते
Compare →
Hamro Patro News
1d ago
भीमफेदी ईभी दुर्घटना : १० जनाको मृत्यु, ६ घाइतेको हेटौँडा अस्पतालमा उपचार हुँदै

भीमफेदी ईभी दुर्घटना : १० जनाको मृत्यु, ६ घाइतेको हेटौँडा अस्पतालमा उपचार हुँदै

काठमाडौँ / मकवानपुरको भीमफेदी गाउँपालिका६ चिसापानीगढीमा भएको ईभी गाडी दुर्घटनामा घाइते भएका ६ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा मृत्यु भएका १० जनामध्ये चार जनाको शव जिल्ला अस्पता...

#त्यु #घाइते
Compare →
Ekantipur
15h ago
कारको ठक्करले चितवनमा पैदलयात्रुको मृत्यु, २ जना घाइते

कारको ठक्करले चितवनमा पैदलयात्रुको मृत्यु, २ जना घाइते

भरतपुरको फुर्तिचोकमा कारको ठक्करबाट घाइते भएकी महिलालाई अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

#त्यु #घाइते
Compare →
Arthasansar
17h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#त्यु #घाइते
Compare →

Related Stories

National (Nepal)
Build #2611