Trending
Prev Story
Next Story

दशौं राष्ट्रिय खेलकुदको ३० दिने काउनडाउन सुरु

Ekantipur •
November 03, 2026 • 03:31 AM
1
1 reads 0 reactions

काउनडाउन सुरु भएसँगै प्रतियोगिता हुने वा नहुने भन्ने अन्योल हटेको र अब निर्धारित समयमै प्रतियोगिता आयोजना हुनेमा ढुक्क हुन मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आग्रह गरेका छन्।

दशौं राष्ट्रिय खेलकुदको ३० दिने काउनडाउन सुरु

काउनडाउन सुरु भएसँगै प्रतियोगिता हुने वा नहुने भन्ने अन्योल हटेको र अब निर्धारित समयमै प्रतियोगिता आयोजना हुनेमा ढुक्क हुन मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आग्रह गरेका छन्।

कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ३० दिने काउनडाउन सुरु भएको छ। काउनडाउन सुरु भएसँगै प्रतियोगिता हुने वा नहुने भन्ने अन्योल हटेको र अब निर्धारित समयमै प्रतियोगिता आयोजना हुनेमा ढुक्क हुन मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आग्रह गरेका छन्।

उनले प्रतियोगिता सफल बनाउन प्रदेश सरकारसहित तीनै तहका सरकार तयारीमा जुटिरहेको बताए। प्रतियोगिता आयोजनाका क्रममा देखिएका विभिन्न समस्या र विवाद समाधानका लागि पनि समन्वय भइरहेको उनको भनाइ थियो।

युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रतियोगिता आयोजनाका लागि आवश्यक तयारी र समन्वयमा जोड दिए। प्रतियोगितालाई सफल बनाउन सबै पक्षले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उनको भनाइ थियो।

राखेपका सदस्यसचिव रामचरित्र मेहताले प्रतियोगिता आयोजनाका सबै प्रक्रिया अघि बढिसकेको बताए। निर्धारित समयमै प्रतियोगिता सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको उनले जानकारी दिए।

यसै अवसरमा प्रतियोगिताका लागि तयार पारिएको कर्णाली प्रदेशको खेलकुद गीत सार्वजनिक गरिएको छ। प्रतियोगिताको प्रचारप्रसारका लागि मस्कट र भिडियोसमेत तयार पारिएको युवा तथा खेलकुदमन्त्री पोखरेलले जानकारी दिए। ती सामग्री क्रमशः सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै जाने उनले बताए।

प्रतियोगिता आयोजनामा प्रदेश सरकार, स्थानीय सरकारलगायत सबै पक्षलाई समन्वय र सहजीकरण गर्न आग्रह गरिएको छ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
2d ago
घर पुनर्निर्माण गर्दा के केमा ध्यान दिने?

घर पुनर्निर्माण गर्दा के केमा ध्यान दिने?

भोटेकोशी बाढी आएको दुई महिना भइसक्दा बाढी प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले क्रमश: आफ्नै घर फर्किन पाए हुन्थ्यो भन्ने चाहना व्यक्त गर्न थालेका छन्। विशेषगरी तुलनात्मक रूपमा बाढीले कम क्षति पुर...

#भन्ने #दिने
Compare →
Onlinekhabar
5d ago
दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने, २३ खेल सुर्खेतमै

दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने, २३ खेल सुर्खेतमै

२२ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ गतेदेखि सञ्चालन हुने भएका छन् । दशौं राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदन भएको तालिकाअनुसार मंसिर ८ गतेबाट ६ खेलको प्रतिस्पर्धा सुरू हुनेछन् । …

#दशौं #खेलकुद
Compare →

Related Stories

Sports
Build #2611