मुगु । गमगढी-नाक्चेलाग्ना सडकअन्तर्गत मुगुम कार्मारोङ गाउँपालिकाको माग्रीभिरमा रहेको करिब ३०० मिटर लामो कडा चट्टान छिचोलिएको छ । नेपाली सेनाको सहयोगमा चट्टान काट्ने काम सम्पन्न भएपछि यस क्षेत्रका बासिन्दाको सडक पहुँचको वर्षौंदेखिको सपना साकार हुने आशा बढेको हो ।
कडा र चुनौतीपूर्ण चट्टानका कारण सडक निर्माणमा कठिनाइ हुँदै आएको माग्रीभिर छिचोलिएसँगै अब माथिल्लो क्षेत्रमा सडक खन्न सहज हुने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । यसलाई दुर्गम कार्मारोङ्ग गाउपालिकालाई सडक सञ्जालसँग जोड्ने अभियानमा महत्त्वपूर्ण प्रगतिका रूपमा लिइएको छ ।
Read full story at source ( kendrabindu.com )