Trending
Prev Story
Next Story

९ करोड ७२ लाख अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मालपोतका तत्कालीन सुब्बाविरुद्ध मुद्दा

Onlinekhabar •
November 02, 2026 • 02:30 PM
1
1 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । मालपोत कार्यालयका तत्कालीन सुब्बा यदुनाथ आचार्यले साढे ९ करोड बढी रकम भ्रष्टाचारबाट अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आरोगले उनीमाथि ९ करोड ७२ लाखभन्दा बढी गैरकानुनी …

९ करोड ७२ लाख अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मालपोतका तत्कालीन सुब्बाविरुद्ध मुद्दा

१६ कात्तिक, काठमाडौं । मालपोत कार्यालयका तत्कालीन सुब्बा यदुनाथ आचार्यले साढे ९ करोड बढी रकम भ्रष्टाचारबाट अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आरोगले उनीमाथि ९ करोड ७२ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले उनीसँगै उनका परिवारका सदस्य तथा अन्यलाई सजायको मागसहित आज मुद्दा दायर गरेको छ। आचार्य आचार्य खोटाङमा गाविस सचिव भई २०५४ माघ २ गते सुरु नियुक्ति पाएयता २०८० मंसिर २१ सम्मको अवधिलाई अनुसन्धानको जाँच अवधि कायम गरिएको छ।

उनी र उनकी श्रीमतीको पारिश्रमिक, बचत, घरजग्गा बिक्री आय, बैंक तथा बित्तीय संस्थाबाट ऋण कर्जा आय, बैना रकम फिर्ता आय, कृषि आय र व्याज आय गरी जम्मा ६ करोड २५ लाख ६३ हजार ३४५ रूपैयाँ ४८ पैसा वैधानिक आय गरेको देखिएको अख्तियारको दाबी छ।

‘…जाँच अवधिमा निजको व्ययतर्फ जग्गा खरिद, घरजग्गा खरिद, रजिस्ट्रेसन दस्तुर भुक्तानी, पुँजीगत लाभकर भुक्तानी, हलेसी डिपार्टमेन्ट स्टोर प्रा.लि.मा लगानी, जग्गा खरिद बैना भुक्तानी विभिन्न व्यक्तिहरूलाई ऋण सापटी दिएको, सवारीसाधन खरिद, अध्ययन खर्च भुक्तानी, सेयर खरिद, बैंक तथा वित्तीय संस्थाको ऋण सापटी भुक्तानी, बैंक मौज्दात र फ्रिज दराज खरिद गरी जम्मा १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँ ३१ पैसाबराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिएको छ,’ अख्तियारले भनेको छ।

त्यस्तै अख्तियारले जाँच अवधिको कुल आयबाट व्यय घटाउँदा ९ करोड ७२ लाख ७१ हजार ९८९ रूपैयाँ र ८३ बराबर गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गरेको छ।

आचार्यले अन्य प्रतिवादीहरूसँगको संलग्नतामा आपराधिक क्रियाकलापबाट आर्जित गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप सजाय माग दाबी छ । कैद र जरिबानासहित लुकाइछिपाइ राखिएको सम्पत्तिसमेत जफत गर्न अख्तियारको माग छ ।

आचार्यकी पत्नी ललिता राजभण्डारीलाई पनि भ्रष्टाचारमा त्यति नै विगो मागदाबी छ । आचार्यको छोरी निलु र सरूलाई सम्पत्ति जफत प्रयोजनार्थ मात्र प्रतिवादी कायम गरिएको छ ।

कसुरजन्य कार्यको नगद तथा अन्य गैरकानुनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियारमा संलग्न रहेको भन्दै भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ बस्ने प्रभा बस्नेत र काठमाडौं महानगरपालिका– ३२, पेप्सीकोला बस्ने कुमारी कटुवालविरुद्ध पनि ३८ लाख ८६ हजार १८२ रुपैयाँ विगो दाबी गर्दै सजायको माग छ ।

सम्पत्ति शुद्धीकरणमा आचार्य र उनकी पत्नी राजभण्डारीबाट भिन्नै ९ करोड १९ लाख ८४ हजार ५७६ रूपैयाँ र १९ पैसा असुल गर्न अख्तियारको माग छ ।

सम्पत्ति शुद्धीकरण अर्का प्रतिवादी प्रभा बस्नेत र कुमारी कटुवालबाट ३८ लाख ८६ हजार १८२ रुपैयाँ आठ पैसा असुल गर्न माग छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
एनभिडियाका सीईओको सम्पत्तिमा एकै दिन ७ अर्ब ४० करोड डलरको गिरावट, सेयरधनीले हाले मुद्दा

एनभिडियाका सीईओको सम्पत्तिमा एकै दिन ७ अर्ब ४० करोड डलरको गिरावट, सेयरधनीले हाले मुद्दा

वासिङ्टन । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको सम्पत्ति एकै दिनमा ७ अर्ब ४० करोड डलरले घटेको छ । फोर्ब्सका अनुसार कम्पनीको सेयर मूल्यमा आएको गिरावट...

#सम्पत्ति #मुद्दा
Compare →
Bizshala
1d ago
सेयर बजारमा पावर अफ कम्पाउण्डिङ : कसरी सानो लगानीलाई १० गुणा बनाएर करोडौंको सम्पत्ति बनाउन सकिन्छ ?

सेयर बजारमा पावर अफ कम्पाउण्डिङ : कसरी सानो लगानीलाई १० गुणा बनाएर करोडौंको सम्पत्ति बनाउन सकिन्छ ?

काठमाण्डौ । सेयर बजारमा सम्पत्ति निर्माणका लागि लगानीबाट प्राप्त प्रतिफललाई कसरी उपयोग गरिन्छ भन्ने विषय...

#सम्पत्ति
Compare →
Arthasansar
3d ago
चिनियाँ जासुससँगको सम्बन्धको विवादले एनभिडिया प्रमुखलाई झट्का, सम्पत्ति ७.४ अर्ब डलर घट्यो

चिनियाँ जासुससँगको सम्बन्धको विवादले एनभिडिया प्रमुखलाई झट्का, सम्पत्ति ७.४ अर्ब डलर घट्यो

एआई चिप निर्माणमा विश्वकै अग्रणी कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको व्यक्तिगत सम्पत्तिमा ठूलो गिरावट आएको छ। चिनियाँ...

#सम्पत्ति
Compare →
Nagarik News
4d ago
ओली भन्छन्- अर्काको सम्पत्ति काँधमा हाली लुट्नेहरु नेपालीका नाममा कलंक हुन्, छ्या छ्या !

ओली भन्छन्- अर्काको सम्पत्ति काँधमा हाली लुट्नेहरु नेपालीका नाममा कलंक हुन्, छ्या छ्या !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्काको सम्पत्ति लुट्ने र आगो लगाउनेहरु प्रति आक्रोश पोख्दै त्यस्ता व्यक्तिहरू नेपालीका नामका कलंक भएको टिप्पणी गरेका छन्।

#सम्पत्ति
Compare →

Related Stories

Business & Economy
Build #2612