काठमाडौं – केही समयअघिसम्म अभिनेता दयाहाङ राईको स्टारडममाथि प्रश्न उठ्न थालेको थियो । उनले अभिनय गरेका फिल्मले लगातार अपेक्षित व्यापार गर्न नसक्दा उनको व्यावसायिक सफलतामाथि चर्चा हुन थालेको थियो । तर, यस वर्ष भने दयाहाङले बक्स अफिसमा यस्तो पुनरागमन गरेका छन्, जसले उनलाई फेरि चर्चाको केन्द्रमा ल्याएको छ।
डेढ महिनाको अन्तरालमा प्रदर्शन भएका उनका दुई फिल्म ‘पेन्सन पट्टा’ र ‘कबड्डी ५’ व्यावसायिक रूपमा सफल भएका छन्। गत भदौ २६ गते प्रदर्शनमा आएको ‘पेन्सन पट्टा’ले १० करोड रुपैयाँभन्दा बढी कमाइ गरेको थियो। त्यसपछि कात्तिक ६ गते दसैँको अवसरमा रिलिज भएको ‘कबड्डी ५’ले प्रदर्शनको १० दिनमै साढे १० करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ।
Read full story at source ( khabarhub.com )