Trending
Prev Story
Next Story

चितवनले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य

Onlinekhabar •
November 02, 2026 • 01:30 PM
1
1 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोएल्सलाई १३० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले रवि बोपाराको रन मदतमा २० …

चितवनले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य

१६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोएल्सलाई १३० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले रवि बोपाराको रन मदतमा २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको हो ।

चितवनका लागि रवि बोपारले सर्वाधिक ४९ रन बनाए । चौथो नम्बरमा ब्याटिङ गरेका बोपाराले ४० बलमा ३ चौका र २ छक्का मदतमा ४९ रन बनाएर आउट भए ।

अर्धशतकका लागि १ रन आवश्यक भएका बेला ठूलो सट प्रहार गर्ने चक्करमा बोपारा आउट भए । यसअघि विराटनगर किंग्स विरुद्ध पहिलो खेलमा चितवनको कप्तानी गरेका उनले अविजित ३२ रन बनाएका थिए ।

२७ रनमा २ विकेट गुमाएको अवस्थामा चितवनका लागि रवि बोपारा र डाविड मालानले ३५ रनको साझेदारी गरेका थिए । यस्तै बोपाराले चौथो विकेटका लागि कप्तान सिकन्दर राजासँग ३२ रनको साझेदारी गरेका थिए ।

विवेक कुमार यादवले अन्तिम बलमा रनआउट हुनुअघि १५ बलमा १ चौका र १ छक्का मदतमा १७ रन जोडे । डाविड मालानले १६ तथा अर्जुन साउद र कप्तान सिकन्दर राजाले समान १५ रन रन बनाए । टम टेलर ६ रनमा अविजित रहे ।

सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले २ तथा हेमन्त धामी, कप्तान दीपेन्द्र सिंह ऐरी र अनिल खरेलले १-१ विकेट लिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
8h ago
एनपीएलः चितवनलाई जनकपुरले दियो ८९ रनको सामान्य लक्ष्य

एनपीएलः चितवनलाई जनकपुरले दियो ८९ रनको सामान्य लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले चितवन राइनोजसामु ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ। सुरुवातबाटै कमजोर प्रदर्शन गरेको जनकपुरले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ८८ रनको योगफल तयार पारेक...

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Arthasansar
11h ago
सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य, दीपेन्द्रको अर्धशतक

सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य, दीपेन्द्रको अर्धशतक

कप्तान दीपेन्द्र सिंह ऐरीले संयमित ब्याटिङ गर्दै अर्धशतक बनाएपछि सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई १२६ रनको...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Nagarik News
12h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Ekantipur
9h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →

Related Stories

World News
Build #2611