Trending
Prev Story
Next Story

एक–दुई जनामाथि महाभियोग लगाउँदैमा न्यायालयको सुधार हुँदैन, न्यायालयको पुनःसंरचना आवश्यक छः खुश्बु ओली

Hamro Patro News •
November 02, 2026 • 11:39 AM
1
1 reads 0 reactions

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले न्यायालयमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्न न्यायालयको पुनःसंरचना आवश्यक रहेको बताउनुभएको छ । सोमवार नेपाली काँग्...

1 / 2
Swipe Photos

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले न्यायालयमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्न न्यायालयको पुनःसंरचना आवश्यक रहेको बताउनुभएको छ । सोमवार नेपाली काँग्रेसको आह्वानमा सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सर्वोच्चका न्यायाधीश तथा प्रधानन्यायाधीशको समेत नाम जोडर सार्वजनिक भएका घटनाहरुले न्यायालयप्रति सर्वसाधारणको विश्वास कमजोर भएको बताउनु भयो । एक–दुई जना व्यक्तिमाथि महाभियोग लगाउँदैमा न्यायालयको समग्र सुधार सम्भव नहुने भन्दै उहाँले न्यायालयको पुनःसंरचनामा सरकार गम्भीर हुनुपर्ने बताउनु भयो । उहाँले न्यायालयको विषयलाई संसदमा गम्भीर बहसको विषय बनाउनुपर्ने भन्दै यथाशिघ्र संसद आह्वान गर्न समेत माग गर्नुभयो । उहाँले प्रहरी र सरकारबीचको सम्बन्ध, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्ति लगायतका कुराहरु संसदमा छलफल गर्नुपर्ने समेत बताउनु भयो ।

स्रोतमा पूरा पढ्नुहोस् ( emountaintv.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1w ago
एकदुई जनालाई महाभियोग लगाउँदैमा न्यायालय सुध्रिँदैन : प्रमुख सचेतक ओली

एकदुई जनालाई महाभियोग लगाउँदैमा न्यायालय सुध्रिँदैन : प्रमुख सचेतक ओली

राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले न्यायालयको विषयलाई संसद्‌मा गम्भीर बहसमा लैजान यथाशीघ्र संसद् आह्वान गर्नुपर्ने माग गरिन् ।

#न्यायालय #ओली #महाभियोग
Compare →
Onlinekhabar
1w ago
केही न्यायाधीशलाई महाभियोग लगाएर न्यायालयको विकृति अन्त्य हुँदैन : ओली

केही न्यायाधीशलाई महाभियोग लगाएर न्यायालयको विकृति अन्त्य हुँदैन : ओली

१६ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले न्यायालयमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्न न्यायालयको पुन:संरचना आवश्यक रहेको बताएकी छिन् । सोमबार नेपाली कांग्रेसको आह्वानमा सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग …

#न्यायालय #ओली #महाभियोग
Compare →
Nagarik News
1w ago
खुस्बु ओली भन्छिन्: न्यायालयमा व्यापक सुधार र पुनर्गठन गर्नुपर्छ

खुस्बु ओली भन्छिन्: न्यायालयमा व्यापक सुधार र पुनर्गठन गर्नुपर्छ

न्यायालयको समस्या समाधानका लागि एक–दुई जना न्यायाधीशमाथि महाभियोग लगाउनु मात्र पर्याप्त नहुने भन्दै समग्र सुधार र पुनर्गठनको आवश्यकता औँल्याएकी छन्।

#न्यायालय #ओली
Compare →
Bizshala
1w ago
नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण

नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण

काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण गरेको...

#आवश्यक
Compare →
Arthasansar
3d ago
इरानलाई ट्रम्पको चेतावनी : ‘आवश्यक परे फेरि सैन्य कारबाही गर्न तयार छौँ’

इरानलाई ट्रम्पको चेतावनी : ‘आवश्यक परे फेरि सैन्य कारबाही गर्न तयार छौँ’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक हतियार उत्पादन गर्ने क्षमता करिब ८५ प्रतिशतले कमजोर बनाइएको दाबी गर्दै आवश्यक परे पुनः...

#आवश्यक
Compare →

Related Stories

World News
Build #2611