Trending
Prev Story
Next Story

केही न्यायाधीशलाई महाभियोग लगाएर न्यायालयको विकृति अन्त्य हुँदैन : ओली

Onlinekhabar •
November 02, 2026 • 10:30 AM
1
1 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले न्यायालयमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्न न्यायालयको पुन:संरचना आवश्यक रहेको बताएकी छिन् । सोमबार नेपाली कांग्रेसको आह्वानमा सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग …

केही न्यायाधीशलाई महाभियोग लगाएर न्यायालयको विकृति अन्त्य हुँदैन : ओली

१६ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले न्यायालयमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्न न्यायालयको पुन:संरचना आवश्यक रहेको बताएकी छिन् ।

सोमबार नेपाली कांग्रेसको आह्वानमा सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले सर्वोच्चका न्यायाधीश तथा प्रधानन्यायाधीशको समेत नाम जोडर सार्वजनिक भएका घटनाहरूले न्यायालयप्रति सर्वसाधारणको विश्वास कमजोर भएको बताइन् ।

एक–दुई जना व्यक्तिमाथि महाभियोग लगाउँदैमा न्यायालयको समग्र सुधार सम्भव नहुने भन्दै उनले न्यायालयको पुन:संरचनामा सरकार गम्भीर हुनुपर्ने पनि बताइन् ।

‘न्यायालयमा जुन किसिमको घटना बाहिर सार्वजनिक भएको छ त्यो अत्यन्त चिन्ताको विषय पनि हो । आम सर्वसाधारणले अन्य प्रशासनिक निकायलाई विश्वास नगरे पनि न्यायालयलाई विश्वास गरिराखेका हुन्छन् । त्यसकारण न्यायालयमा व्यापक सुधारको आवश्यकता छ । एक–दुई जना व्यक्तिहरूमा महाभियोग लागेर मात्र यो पूर्ण रुपमा सुधार  हुँदैन,’ उनले भनिन् ।

साथै, उनले न्यायालयको विषयलाई संसदमा गम्भीर बहसको विषय बनाउनुपर्ने भन्दै यथाशिघ्र संसद आह्वान गर्न समेत माग गरिन् ।

‘यद्यपि छानबिनको क्रममा प्रमाणहरू कस्तो देखाउँछ, त्यसपछि आधिकारिक धारणा राष्ट्रिय प्रजातन्त्र पार्टीले बनाउने छ । र अहिले चाहीँ हामीलाई के लाग्छ भने न्यायालयमा जुन किसिमको एउटा विकृति हामीले अनुभव गरिराखेका छौं, त्यसलाई हामीले व्यापक रूपमा सुधार गरेर न्यायालयको  पुनर्गठनमा नै जानुपर्नेछ,’ उनले भनिन् ।

उनले प्रहरी र सरकारबीचको सम्बन्ध, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्ति लगायतका कुराहरू संसदमा छलफल गर्नुपर्ने समेत बताइन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
4d ago
इनमले बेचेका अरु न्यायाधीशका नाम

इनमले बेचेका अरु न्यायाधीशका नाम

३० वर्षीय युवा इनम सापकोटा प्रकरणले यतिबेला न्यायालयमा हल्लीखल्ली मच्चाएको छ । उनीसँग न्यायमूर्तिको नाम जोडिएपछि न्यायालय तरंगित बनेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका उनीसँग...

#न्यायालय #न्यायाधीश
Compare →
Ekantipur
6d ago
प्रहरी र कर्मचारीमा उकुसमुकुस, न्यायालय पनि तरंगित

प्रहरी र कर्मचारीमा उकुसमुकुस, न्यायालय पनि तरंगित

कर्मचारीलाई नियन्त्रणमा लिएर निर्णय हेरफेर र हठात् आईजीपी परिवर्तनका घटना तथा न्यायाधीशविरुद्ध महाभियोगको चर्चाले निजामती, प्रहरी संगठन र न्यायालयमा अन्योल छाएको छ । ‘सरकारी कारबाही’ कुन बेला कोमाथि हुन्छ भन्ने त्रासमा कर्मचारी गुज्रिरहेका छन् ।

#न्यायालय
Compare →

Related Stories

Politics & Governance
Build #2611