Trending
Prev Story
Next Story

कृषिमन्त्री चौधरी र अर्थमन्त्री वाग्लेबिच भेट, कोप–३१ बारे छलफल

Nagarik News •
November 02, 2026 • 10:56 AM
1
1 reads 0 reactions

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र अर्थमन्त्री स्वर्णिम वाग्लेबिच भेटवार्ता भएको छ।

कृषिमन्त्री चौधरी र अर्थमन्त्री वाग्लेबिच भेट, कोप–३१ बारे छलफल

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र अर्थमन्त्री  स्वर्णिम वाग्लेबिच भेटवार्ता भएको छ।

भेटवार्ताका क्रममा जलवायु वित्त परिचालन, हरित जलवायु कोष, अनुकूलन कोष, कार्बन वित्त तथा आगामी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) को तयारीलगायत विषयमा छलफल भएको छ।

नेपालले अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच विस्तार गर्ने, जलवायु अनुकूलन तथा हानि र नोक्सानीसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्राथमिकता सशक्त रूपमा प्रस्तुत गर्ने विषयमा दुवै मन्त्रीबीच छलफल भएको छ।

भेटमा जलवायु वित्त परिचालनका लागि मन्त्रालयहरूबीच आपसी समन्वय, सहकार्य र स्रोत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा समेत जोड दिइएको थियो।

प्रकाशित: १६ कार्तिक २०८३ १६:४१ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
हिमाली संरक्षणका लागि जलवायु वित्त जुटाउन नेपालको आह्वान

हिमाली संरक्षणका लागि जलवायु वित्त जुटाउन नेपालको आह्वान

काठमाडाैँ । कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका कारण सङ्कटमा परेको हिमाली पारिस्थितिकीय प्रणाली र समुदायको संरक्षणका लागि अन्तरराष्ट्रिय एकता आवश्यक रहेको बताएकी छन्। उनले यस...

#जलवायु #वित्त
Compare →
Onlinekhabar
3h ago
कोप–३१ मा सहभागी भएर परराष्ट्रमन्त्री खनाल स्वदेश प्रस्थान

कोप–३१ मा सहभागी भएर परराष्ट्रमन्त्री खनाल स्वदेश प्रस्थान

२७ कात्तिक, टर्किए । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औं सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी टर्किएको अन्ताल्याबाट स्वदेश फर्किएका छन् । नोभेम्बर ९ देखि २० सम्म टर्कीमा आयोजना भइरहेको कोप–३१ का विभिन्न …

#जलवायु #कोप
Compare →
Ekantipur
4h ago
कोप–३१ मा हिमाली मुद्दा स्थापित गर्न नेपाल र भुटानको अन्तिम कूटनीतिक प्रयास

कोप–३१ मा हिमाली मुद्दा स्थापित गर्न नेपाल र भुटानको अन्तिम कूटनीतिक प्रयास

कोप–३१ को निष्कर्ष दस्तावेजमा हिमाली मुलुकका विशिष्ट जोखिम र चुनौती समेट्न नेपाल र भुटानले कूटनीतिक पहल तीव्र पारेका छन् । दुवै देशले हिमालका लागि छुट्टै कार्ययोजना र जलवायु अनुकूलनका लागि थप वित्तीय सहायता माग गरेका छन् ।

#जलवायु #कोप
Compare →
Bizshala
8h ago
कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

काठमाण्डौ । जलवायु परिवर्तनको सबैभन्दा बढी मार खेपिरहेका मुलुकमध्ये एक नेपालले अन्तर्राष्ट्रिय जलवायु सम्मेलन...

#जलवायु #कोप
Compare →

Related Stories

Business & Economy
Build #2611