काठमाडौं । विवादास्पद व्यक्ति इनम सापकोटासँग खिचेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि कलाकार तथा निर्देशक निश्चल बस्नेतले प्रतिक्रिया दिएका छन् । सापकोटासँगको तस्बिरलाई लिएर आलोचना भएपछि बस्नेतले व्यङ्ग्यात्मक शैलीमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ता दिल निशानी मगरले इनम सापकोटा र निश्चल बस्नेत सँगै देखिएको तस्बिर फेसबुकमा पोस्ट गर्दै कलाकार तथा निर्देशकहरूको भूमिकामाथि प्रश्न उठाएका थिए । त्यसपछि बस्नेतले फेसबुकमा लेखेका छन्, ‘अबदेखि कसैले फोटो खिचौँ भन्यो भने केही गलत काम गरेको त छैनौ नि या भविष्यमा केही गलत त गर्नेवाला छैनौ नि भनेर सोधेर, बुझेर मात्र फोटो खिच्नुपर्ने भयो; नत्र दिल निशानी सरले नाता जोड्दिहाल्ने रैछन् । चिन्नु न जान्नु……।’
स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )