Trending
Prev Story
Next Story

इनमसँगको फोटो भाइरल भएपछि निश्चलको जवाफ, ‘अबदेखि सोधेर, बुझेर मात्र फोटो खिच्नुपर्ने भो’

Onlinekhabar •
November 02, 2026 • 09:00 AM
1
1 reads 0 reactions

फिल्ममेकर निश्चल बस्नेतले चुपचाप बस्नै नपाउने । कुनै न कुनै लफडाले घेरिहाल्छ । अन्ततः उनले त्यसमा प्रतिक्रिया दिनैपर्छ । स्पष्टीकरण दिनैपर्छ । यसपालि फेरि उस्तै समस्या आइलाग्यो । केही दिनअघि दिल निशानी मगरले पोस्ट गरेको एउटा तस्बिरले …

इनमसँगको फोटो भाइरल भएपछि निश्चलको जवाफ, ‘अबदेखि सोधेर, बुझेर मात्र फोटो खिच्नुपर्ने भो’

फिल्ममेकर निश्चल बस्नेतले चुपचाप बस्नै नपाउने । कुनै न कुनै लफडाले घेरिहाल्छ । अन्ततः उनले त्यसमा प्रतिक्रिया दिनैपर्छ । स्पष्टीकरण दिनैपर्छ ।

यसपालि फेरि उस्तै समस्या आइलाग्यो ।

केही दिनअघि दिल निशानी मगरले पोस्ट गरेको एउटा तस्बिरले निश्चलको रक्तचाप बढाइदिएको हो । उक्त तस्बिरमा निश्चल बस्नेत र इनम सापकोटा एकसाथ देखिएका छन् । उनीहरूले कुन सन्दर्भमा यो तस्बिर खिचेका हुन् ? स्पष्ट छैन ।

यता, दिल निशानीले उक्त तस्बिर पोस्ट गर्दै निश्चलको आलोचना गरेका थिए । उनले लेखेका थिए, ‘…..कलाविहीन नायिकाका निर्देशकहरूको फोटो इमानसँग देखिएको छ । देशका संवेदनशील कागजपत्र बोकेर दिल्ली जान लागेका तिम्रा इमानको बारेमा बोल्न सक्दैनौ । बालेनको नाम लिएर फिल्म चलाउने खुराफाती आइडियाको युग पनि लगभग सकिएको छ ।’

यस पोस्टमा धेरैले निश्चललाई गाली गरेका छन् ।

इनमसँगको तस्बिर भाइरल भएपछि निश्चलले रक्षात्मक जवाफ फर्काएका छन् । उनले आज फेसबुकमा लेखेका छन्, ‘अबदेखि कसैले फोटो खिचौँ न भन्यो भने केही गलत काम गरेको त छैनौँ नि वा भविष्यमा केही गलत गर्नेवाला त छैनौँ नि भनेर, सोधेर, बुझेर मात्र फोटो खिच्नुपर्ने भयो ।’

फोटो खिच्न आउने सबै व्यक्तिको पृष्ठभूमि थाहा नहुने र उनीहरूले भविष्यमा के गर्छन् भन्ने अनुमान गर्न नसकिने उल्लेख गर्दै निश्चलले प्रत्युत्तरमा लेखेका छन्, ‘अबदेखि सोधेर, बुझेर मात्र फोटो खिच्नुपर्ने भयो ।’

अन्त्यमा उनले लेखेका छन्, ‘चिन्नु न जान्नु ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3d ago
न त भव्य सेटअप, न त तामझाम, सामन्थाको म्याटरनिटी फोटोसुट भयो भाइरल

न त भव्य सेटअप, न त तामझाम, सामन्थाको म्याटरनिटी फोटोसुट भयो भाइरल

केरला – दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुले आफ्नो गर्भावस्थाको झलक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन्। उनले इन्स्टाग्राममा सेयर गरेको पछिल्लो तस्बिरले दर्शकको ध्यान खिचेको छ। सेलिब्...

#तस्बिर #फोटो #भाइरल
Compare →
Nagarik News
4d ago
कालो चस्मा, कालो पहिरन, भाइरल भयो प्रधानमन्त्रीको ‘लुसिफर’ लुक

कालो चस्मा, कालो पहिरन, भाइरल भयो प्रधानमन्त्रीको ‘लुसिफर’ लुक

उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत कालो पहिरन र कालो चस्मामा देखिएको आफ्नो नयाँ तस्बिर सार्वजनिक गरेका हुन्।

#तस्बिर #भाइरल
Compare →

Related Stories

World News
Build #2611