Trending
Prev Story
Next Story

आयातित र कृत्रिम फूल नियन्त्रण गर्न निर्देशन

Nagarik News •
November 02, 2026 • 08:54 AM
1
1 reads 0 reactions

प्रशासनले अवैध रुपमा आयातित फूल र प्लास्टिकबाट निर्मित कृत्रिम फूल नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिएको छ।

आयातित र कृत्रिम फूल नियन्त्रण गर्न निर्देशन

जिल्ला प्रशासन कार्यालय झापाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले अवैध रुपमा आयातित फूल र प्लास्टिकबाट निर्मित कृत्रिम फूल नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिएको छ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सार्वजनिक सूचना जारी गर्दै स्वदेशी सिर्जनशीलता र उद्यमशीलतालाई प्रोत्साहित गर्न गैरकानुनी रुपमा फूलको आयातलाई रोक लगाइएको बताए।

खुला सीमाको फाइदा उठाउँदै तिहार, छठ लगायतका पर्वमा ठूलो मात्रामा खपत हुने फूल भारतबाट अवैध रुपमा आयात हुँदै आएको थियो।

प्रशासनको निर्देशनपछि फूलको अवैध आयात रोकिने विश्वास गरिएको छ।

झापामा फूल खेती गर्दै आएका किसानले आयातित फूलका कारण स्वदेशी उत्पादन खेर गइरहेको भन्दै फूलको गैरकानुनी आयातमाथि पूर्ण प्रतिबन्ध लगाउन जिल्ला प्रशासन कार्यालयमा सामूहिक माग गर्दै आएका थिए।

‘हाम्रो जिल्लालाई पुग्ने फूल यहीँका व्यवसायीले उत्पादन गरिसक्नुभएको छ,’ प्रजिअ पोखरेलले भने, ‘जिल्लाका युवामा उद्यमशील सोच र संस्कृति मौलाउँदै गएकाले यसपालिको चाडबाडमा स्वदेशी सयपत्री र मखमली फूलकै प्रयोग गरी हाम्रै किसानलाई प्रोत्साहन गर्न सम्पूर्ण जिल्लावासीलाई हार्दिक आग्रह गर्दछु।’

यस वर्ष झापाका मेचीनगर, बिर्तामोड, दमक, शिवसताक्षी, कनकाई, बुद्धशान्ति लगायतका पालिकाहरुमा दर्जनौँ कृषकले व्यावसायिक रूपमा सयपत्री फूलको खेती गरेका छन्।

चाडबाडको समयमा घरआँगन सजावट र शृङ्गारका लागि स्थानीय रूपमा उत्पादित ती प्राकृतिक फूल नै पर्याप्त हुने अनुमान गरिएको छ।

प्रशासनको उक्त कदमले सीमावर्ती क्षेत्रबाट हुने अवैध आयात रोकिने र जिल्लाका स्थानीय फूल उत्पादक कृषकले आफ्नो मिहेनतको उचित मूल्य पाउने मेचीनगर–४ का नीलकण्ठ तिवारीले बताए।

प्रचलित कानुनले निषेध गरेका प्लास्टिकका फूल बिक्री–वितरण वा भण्डारण गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने पनि प्रशासनले स्पष्ट पारेको छ। रासस

प्रकाशित: १६ कार्तिक २०८३ १४:३९ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
3d ago
अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

२४ कात्तिक, अर्घाखाँची । सन्धिखर्क नगरपालिका अर्घाखाँचीस्थित जनता कृष्ण माध्यमिक विद्यालयका बालविज्ञान अध्ययनरत विद्यार्थीहरूले उत्पादन गरेको सयपत्री फूल र मालाले राम्रो बजार पाएको छ । विद्यार्थीहरूले मेहनत र लगनका साथ उत्पादन गरेको फूल अहिले बुटवल, काठमाडौं, …

#फूल
Compare →
Ekantipur
3d ago
स्कुल बिदामा शिक्षक–विद्यार्थीलाई फूल टिपेर बेच्ने चटारो

स्कुल बिदामा शिक्षक–विद्यार्थीलाई फूल टिपेर बेच्ने चटारो

तिहार बिदामा विद्यालय सुनसान हुनुपर्ने हो । तर, सन्धिखर्क नगरपालिका–८ पकलेस्थित जनताकृष्ण माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीलाई यतिबेला फूल टिपेर बिक्री गर्न भ्याइनभ्याइ छ ।

#फूल
Compare →
Hamro Patro News
4d ago
भारतीय फूलमा कडाइ, ५० करोड बढीको नेपाली फूलले लियो बजार

भारतीय फूलमा कडाइ, ५० करोड बढीको नेपाली फूलले लियो बजार

काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ । उज्यालो र फूलैफूलको पर्वका रूपमा चिनिने तिहारमा यस वर्ष नेपाली पुष्प व्यवसायी र किसानहरूका लागि निकै उत्साहजनक वातावरण तय भएको छ । विग...

#फूल
Compare →

Related Stories

Business & Economy
Build #2611