Trending
Prev Story
Next Story

अमेरिकी किसानलाई १५ अर्ब डलर राहत

Onlinekhabar •
November 02, 2026 • 09:31 AM
1
1 reads 0 reactions

१६ कात्तिक, सियक्स फल्स (दक्षिण डकोटा) (रासस/एपी) । अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बढ्दो इन्धन र मलको मूल्यबाट प्रभावित किसानलाई राहत दिन १५ अर्ब डलरभन्दा बढीको सहयोग घोषणा गरेको छ । अमेरिकी …

अमेरिकी किसानलाई १५ अर्ब डलर राहत

१६ कात्तिक, सियक्स फल्स (दक्षिण डकोटा) (रासस/एपी) । अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बढ्दो इन्धन र मलको मूल्यबाट प्रभावित किसानलाई राहत दिन १५ अर्ब डलरभन्दा बढीको सहयोग घोषणा गरेको छ ।

अमेरिकी कृषि मन्त्रालयले आठ अर्ब डलर डिजेल खर्च बढेका किसानलाई एकपटकका लागि भुक्तानी गर्ने जनाएको छ । पशुपालक तथा माछापालकका लागि पाँच अर्ब डलरको ऋण प्रत्याभूति र मल उत्पादन, मासु प्रशोधन तथा विशेष बालीका परियोजनाका लागि पनि रकम छुट्याइएको छ ।

यसअघि सन् २०२५ को बाली वर्षका लागि योग्य किसानलाई १३ अर्ब ८० करोड डलर भुक्तानी गर्ने योजना बनाइएको थियो । तर, कृषि व्यवस्थापन विशेषज्ञ ग्रेग इबेन्डहलले सरकारी सहयोगले तत्काल राहत दिए पनि उत्पादन लागत बढ्नुका दीर्घकालीन समस्या समाधान नगर्ने बताएका छन्।

यस वर्ष मल र इन्धनको मूल्यवृद्धि तथा चीनसँगको व्यापार तनावले अमेरिकी किसानको आम्दानी प्रभावित भएको छ । एएएका अनुसार डिजेलको औसत मूल्य प्रतिग्यालन ६.३२ डलर पुगेको छ । यो एक वर्षअघिको तुलनामा ७० प्रतिशत बढी हो ।

राजनीतिक विश्लेषकहरूका अनुसार किसान र ग्रामीण मतदाता ट्रम्पका महत्त्वपूर्ण समर्थक भए पनि उनका केही नीतिप्रति असन्तुष्ट छन् । सरकारी राहतले तत्काल सहयोग गरे पनि जीवनयापन खर्च र स्वास्थ्य सेवाजस्ता विषयमा मतदाताको चासो कायमै रहेको विश्लेषकहरूको भनाइ छ । मध्यावधि निर्वाचनको दुई दिनअघि ट्रम्पले आयोवा र कन्सासको भ्रमण गरेका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
21h ago
अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलरको भाउ बढेको छ। आज...

#डलर #अमेरिकी
Compare →
Hamro Patro News
1d ago
अमेरिकी डलरको भाउ बढ्यो, अरू विदेशी मुद्राको मूल्य थप घट्यो

अमेरिकी डलरको भाउ बढ्यो, अरू विदेशी मुद्राको मूल्य थप घट्यो

नेपाल राष्ट्र बैंकले आज कात्तिक २७ गते शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अघिल्लो दिन (बिहीबार) को तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ। आज अमेरिकी डलर १ को खरि...

#डलर #अमेरिकी
Compare →
Nagarik News
1d ago
गुगल कम्पनी अल्फाबेटले एआई पूर्वाधारमा ३.८ अर्ब डलर लगानी थप्ने

गुगल कम्पनी अल्फाबेटले एआई पूर्वाधारमा ३.८ अर्ब डलर लगानी थप्ने

लगानीकर्ताबाट अपेक्षाभन्दा बढी माग आएपछि कम्पनीले सुरुमा तय गरेको लक्ष्यभन्दा ठूलो रकम संकलन गर्न लागेको हो।

#डलर #अमेरिकी
Compare →

Related Stories

Business & Economy
Build #2612