Trending
Prev Story
Next Story

नवप्रवर्तनलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले अनुकूल वातावरण बनाइरहेको छ - गभर्नर पौडेल

Arthasansar •
November 02, 2026 • 09:04 AM
1
1 reads 0 reactions

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले वित्तीय प्रविधि (फिनटेक) नवप्रवर्तनलाई प्रोत्साहन गर्न आवश्यक नियामकीय तथा सुपरिवेक्षकीय व्यवस्था सुदृढ गर्दै अनुकूल...

नवप्रवर्तनलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले अनुकूल वातावरण बनाइरहेको छ - गभर्नर पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले वित्तीय प्रविधि (फिनटेक) नवप्रवर्तनलाई प्रोत्साहन गर्न आवश्यक नियामकीय तथा सुपरिवेक्षकीय व्यवस्था सुदृढ गर्दै अनुकूल वातावरण निर्माण गर्दै आएको बताए । सोमवार नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा उनले वित्तीय क्षेत्रमा जिम्मेवार नवप्रवर्तनका लागि नवप्रवर्तक, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, विप्रेषण कम्पनी, प्रविधि कम्पनी र नियामक निकायबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको बताएका हुन् ।

उनकाअनुसार वित्तीय प्रविधिको तिब्र विकासले विश्वव्यापी रूपमा वित्तीय सेवा प्रवाहको परम्परागत शैली परिवर्तन गरिरहेको छ । कृत्रिम बौद्धिकता, डिजिटल प्लेटफर्म, क्लाउड कम्प्युटिङ र डेटा एनालिटिक्सजस्ता प्रविधिको प्रयोगले वित्तीय सेवाको पहुँच, गुणस्तर, लागत तथा प्रभावकारितामा महत्वपूर्ण परिवर्तन ल्याउनेछ । गभर्नर पौडेलले यस्ता नवप्रवर्तनले वित्तीय समावेशिता अभिवृद्धि गर्नुका साथै वित्तीय सेवाको विस्तार, वित्तीय क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता र समग्र आर्थिक विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

नेपाल राष्ट्र बैंकले लामो समयदेखि वित्तीय क्षेत्रमा विद्युतीय प्रविधिको प्रयोग र डिजिटल वित्तीय सेवाको विकासलाई प्रोत्साहन गर्दै आएको बताउँदै उनले विद्युतीय कार्ड, एटीएम र एसएमएस बैंकिङबाट शुरु भएको नेपालको डिजिटल वित्तीय सेवाको यात्रा अहिले मोबाइल बैंकिङ, डिजिटल वालेट, क्यूआर कोड तथा नवीन भुक्तानी प्रणालीसम्म विस्तार भएको बताए । पछिल्लो समय राष्ट्र बैंकले भुक्तानी प्रविधिमा मात्र सिमित नभई समग्र वित्तीय सेवाको रूपान्तरणमा सहयोग पुर्याउने फिनटेक नवप्रवर्तनलाई समेत प्रोत्साहन गरिरहेको उनको भनाई छ ।

उनकाअनुसार यसका लागि राष्ट्र बैंकले भुक्तानी प्रणाली विभागअन्तर्गत डिजिटल फाइनान्स इनोभेसन हब स्थापना, रेगुलेटरी स्यान्डबक्सको कार्यान्वयन तथा ‘फिनटेक स्ट्राटेजी फर डिजिटल फाइनान्सियल सर्भिसेज २०२६/२७ टु २०३०/३१’ तर्जुमा र कार्यान्वयन अघि बढाएको छ । यी पहलले बैंकिङ तथा वित्तीय क्षेत्रमा नवीन प्रविधिको प्रयोग, नयाँ वित्तीय सेवा तथा व्यावसायिक मोडेलको विकास र वित्तीय सेवा प्रदायक तथा प्रविधिमा आधारित नवप्रवर्तकबीचको सहकार्य थप सुदृढ हुने उनको विश्वास छ ।

गभर्नर पौडेलले फिनटेक नवप्रवर्तनको विकास तथा प्रवद्र्धनमा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायको भुमिका पनि महत्त्वपूर्ण हुने समेत बताए । यसका लागि राष्ट्र बैंक र सरकारबीच निरन्तर समन्वय आवश्यक रहेको उनको भनाइ छ । ‘वित्तीय प्रविधिको तीव्र विकासले विश्वव्यापी रुपमा वित्तीय सेवा प्रवाह गर्ने परम्परागत तौरतरिकालाई परिवर्तन गरिरहेको छ । कृत्रिम बौद्धिकता, डिजिटल प्लेटफर्म, क्लाउड कम्प्युटिङ, डेटा एनालिटिक्स तथा अन्य उदीयमान प्रविधिको प्रयोगले वित्तीय सेवाको पहुँच, गुणस्तर, लागत तथा प्रभावकारितामा महत्त्वपूर्ण परिवर्तन ल्याउने सम्भावना सिर्जना गरेको छ । यस्ता नवप्रवर्तनले वित्तीय समावेशिता अभिवृद्धि गर्नुको साथै वित्तीय सेवाको विस्तार, वित्तीय क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता तथा समग्र आर्थिक विकासमा समेत योगदान पुर्याउने विश्वास लिएको छु,’ उनले भने । त्यस्तै गभर्नर पौडेलले नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रमा विद्युतीय प्रविधिको प्रयोग र डिजिटल वित्तीय सेवाको विकासलाई लामो समयदेखि प्रोत्साहन गर्दै आएको समेत जानकारी दिए ।

त्यस्तै विद्युतीय कार्ड, एटीएम, एसएमएस बैंकिङ लगायतका सेवाबाट शुरु भएको नेपालको डिजिटल वित्तीय सेवाको यात्रा आज मोबाइल बैंकिङ, डिजिटल वालेट, क्यूआर कोड तथा अन्य नवीन भुक्तानी प्रणालीसम्म विस्तार भइरहेको उनको भनाइ छ । नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको विकाससँगै आवश्यक नियामकीय तथा सुपरिवेक्षकीय व्यवस्था सुदृढ गर्दै आएको पौडेलले बताए । ‘पछिल्लो समय भुक्तानी सम्बन्धी प्रविधि मात्र नभई समग्र वित्तीय सेवाको रुपान्तरणमा सहयोग पु¥याउने फिनटेक नवप्रवर्तनलाई समेत प्रोत्साहन गर्ने दिशामा बैंकले विभिन्न पहलहरू अघि बढाएको छ । यसै सन्दर्भमा भुक्तानी प्रणाली विभाग अन्तर्गत डिजिटल फाइनान्स इन्नोभेसन हब स्थापना, रेगुलटरी सान्डबक्सको कार्यान्वयन तथा फिनटेच स्टाटिजी फर डिजिटल फाइनान्सियल सर्भिस २०२६/२७ देखि २०३०/३१ को तर्जुमा तथा कार्यान्वयनमार्फत नेपाल राष्ट्र बैंकले फिनटेकका लागि अनुकूल वातावरण निर्माण गर्ने प्रयास गरेको छ,’ उनले भने । राष्ट्र बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँगको सहकार्यमा वित्तीय सेवाको विकास तथा विस्तार, फिनटेक नवप्रवर्तन र संस्थागत क्षमता अभिवृद्धिका क्षेत्रमा काम गर्दै आएको बताउँदै उनले आगामी दिनमा यस्तो सहकार्यलाई थप विस्तार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग साझेदारी गर्ने सम्भावना रहेको बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3h ago
नेपालमै ड्रोन, इलेक्ट्रोनिक्स र बायोमेडिकल अनुसन्धान केन्द्र खोल्दै सरकार

नेपालमै ड्रोन, इलेक्ट्रोनिक्स र बायोमेडिकल अनुसन्धान केन्द्र खोल्दै सरकार

काठमाडौँ । सरकारले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनको क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न प्राविधिक क्षेत्रमा विशिष्टीकृत अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गर्न अवधारणाप...

#नवप्रवर्तन #प्रोत्साहन
Compare →
Nagarik News
13h ago
अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापनाका लागि विज्ञसँग सुझाव माग्दै मन्त्री पुन

अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापनाका लागि विज्ञसँग सुझाव माग्दै मन्त्री पुन

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विभिन्न विषयमा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना र सञ्चालनका लागि विज्ञ वैज्ञानिक तथा अनुसन्धानकर्तासँग सुझाव मागेका छन्।

#नवप्रवर्तन
Compare →
Onlinekhabar
1d ago
अघि बढ्यो विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐनको मस्यौदा

अघि बढ्यो विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐनको मस्यौदा

२६ कात्तिक, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐनको मस्यौदा अघि बढेको छ । वर्तमान सरकारले विज्ञान, प्रविधि र आविष्कारको क्षेत्रलाई संस्थागत र प्रभावकारी बनाउन भनेर विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना गरेको हो । …

#नवप्रवर्तन
Compare →

Related Stories

Business & Economy
Build #2611