Trending
Prev Story
Next Story

खोटाङ, धनुषा र कैलालीमा तीन जना मृत फेला

Onlinekhabar •
November 02, 2026 • 09:00 AM
1
1 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । खोटाङ, धनुषा र कैलालीमा तीन जना मृत फेला परेका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ नाङग्रे खोला बुद्धदहस्थित सुनकोशी नदी किनारमा अन्दाजी ३० वर्षीय पुरुष मृत भेटिएका हुन् । नेपाल प्रहरीको केन्द्रीय समाचार …

खोटाङ, धनुषा र कैलालीमा तीन जना मृत फेला

१६ कात्तिक, काठमाडौं । खोटाङ, धनुषा र कैलालीमा तीन जना मृत फेला परेका छन् ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ नाङग्रे खोला बुद्धदहस्थित सुनकोशी नदी किनारमा अन्दाजी ३० वर्षीय पुरुष मृत भेटिएका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनको पहिचान भइसकेको छैन ।

धनुषाको जनक नन्दिनी गाउँपालिका–१ ईनर्वा बजार नजिक सडकमा भारत बिहार मधुवनी नाजिरपुर ग्राम–१२ कानैल बस्ने ३७ वर्षीय दिलिप राम आइतबार मृत अवस्थामा फेला परेका छन् ।

उता कैलालीको धनगढी उपमहानगरपालिका–८ स्थित नालामा झापा कनकाई नगरपालिका–५ तुल्सीवारी घर भएका २८ वर्षीय सुरज यादव आइतबार मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
12h ago
चाइ बाँधमा बेपत्ता व्यक्तिको श’व फेला

चाइ बाँधमा बेपत्ता व्यक्तिको श’व फेला

दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमास्थित सिँचाइ बाँधमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय बेलघारका २३ वर्षीय अनुप चौधरीको शव निकालिएको छ।

#फेला
Compare →
Ekantipur
13h ago
राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित

राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित

मङ्सिर ७ गतेदेखि प्रदेश छनोटमा सहभागी हुन कराते, भलिबल, कबड्डी र क्रिकेटका खेलाडी बन्द प्रशिक्षणमा छन्, तर सीमित बजेटले तयारी प्रभावित भएको छ।

#खोटाङ
Compare →
Hamro Patro News
15h ago
मोरङको जंगलमा महिलाको शव फेला

मोरङको जंगलमा महिलाको शव फेला

मोरङको केराबारी गाउँपालिका–२ फैबास्थित जंगलमा महिलाको शव फेला परेको छ। घरबाट करिब एक किलोमिटर टाढा जंगलमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। करिब ३२ वर्षीया पार्वती लिम्बूको शव फेला पर...

#फेला
Compare →

Related Stories

World News
Build #2611