Trending
Prev Story
Next Story

धान सिजनमा प्रमुख नहर पूर्ण सञ्चालन, किसानका खेतसम्म पानी

Bizshala •
November 02, 2026 • 08:33 AM
1
1 reads 0 reactions

काठमाण्डौ । मनसुनको धान सिजनमा मुलुकका प्रमुख सिँचाइ प्रणाली पूर्ण क्षमतामा सञ्चालन भइरहेका छन्। ऊर्जा, जलस्रोत तथा...

धान सिजनमा प्रमुख नहर पूर्ण सञ्चालन, किसानका खेतसम्म पानी

काठमाण्डौ । मनसुनको धान सिजनमा मुलुकका प्रमुख सिँचाइ प्रणाली पूर्ण क्षमतामा सञ्चालन भइरहेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले किसानका खेतसम्म पानी पुर्‍याउने कामलाई प्राथमिकतामा राखेको जनाएको छ।

विभागका अनुसार सुनसरी मोरङ सिँचाइ आयोजनाले कुल ६८ हजार हेक्टर क्षेत्रमा सिँचाइ सेवा पुर्‍याइरहेको छ। त्यसमध्ये ५५ हजार हेक्टर क्षेत्रमा सतही सिँचाइ सुविधा उपलब्ध छ।

त्यस्तै राजापुर सिँचाइ व्यवस्थापन कार्यालयमार्फत १४ हजार १३८ हेक्टर क्षेत्रमा सिँचाइ सेवा प्रवाह भइरहेको छ।

कमला सिँचाइ प्रणाली, भेरी करिडोर र बृहत् दाङ उपत्यका सिँचाइ आयोजनामा पनि धान बालीका लागि नहर निरन्तर सञ्चालनमा राखिएको छ।

विभागका महानिर्देशक दिनेश रजौरियाका अनुसार धान सिजनमा किसानलाई पानी उपलब्ध गराउन निर्माणसम्बन्धी काम बाली भित्र्याएपछिको अवधिमा केन्द्रित गर्ने गरी तालिका मिलाइएको छ।

उनले बाली सिजनमा सिँचाइ सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले किसानलाई पानी आपूर्तिलाई पहिलो प्राथमिकतामा राखिएको बताए।

यसैबीच विभागले विभिन्न क्षेत्रमा नयाँ सिँचाइ सुविधा पनि विस्तार गरेको जनाएको छ। पोखरा कास्की अन्तर्गत ३५ हेक्टर, भेरी करिडोरमा १० हेक्टर र विराटनगर अन्तर्गत ३ हेक्टर क्षेत्रमा नयाँ सिँचाइ सुविधा थपिएको छ।

सिक्टा र बबईसहित भदौ मसान्तसम्म करिब २०० हेक्टर नयाँ क्षेत्रमा सिँचाइ सेवा विस्तार भएको विभागले जनाएको छ।

धान उत्पादनको मुख्य सिजनमा नहर प्रणाली निरन्तर सञ्चालनमा रहँदा किसानलाई समयमै पानी उपलब्ध गराउन तथा उत्पादनमा देखिने जोखिम कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
16h ago
आठ वर्ष पुरानो ‘बल टेम्परिङ’ काण्ड फेरि चर्चामा, कमिन्सले भने : ‘पूर्ण बकवास’

आठ वर्ष पुरानो ‘बल टेम्परिङ’ काण्ड फेरि चर्चामा, कमिन्सले भने : ‘पूर्ण बकवास’

अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले पूर्व टोली साथी उस्मान ख्वाजाले स्यान्डपेपर काण्डबारे लगाएको आरोपलाई ‘१०० प्रतिशत गलत’ र ‘पूर्ण बकवास’ भन्दै कडा अस्वीकार गरेका छन्।

#पूर्ण
Compare →
Onlinekhabar
20h ago
गुल्मीमा असिना पानीले धानबालीमा क्षति

गुल्मीमा असिना पानीले धानबालीमा क्षति

२७ कात्ति, गुल्मी । धान भित्र्याउने तयारीमा रहेका गुल्मीका किसानलाई तिहारको भाइटीकाको दिन परेको असिनापानीले निराश बनाएको छ । असिनापानीका कारण जिल्लाको इस्मा गाउँपालिका–१ भराह, गुर्वामा पाक्न लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । गुर्वामा मात्रै …

#धान #पानी
Compare →

Related Stories

Business & Economy
Build #2611