Trending
Prev Story
Next Story

संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सर्वोच्च फूलकोर्टको आग्रह

Onlinekhabar •
November 02, 2026 • 08:31 AM
1
1 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको फूलकोर्ट (सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक) ले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूबारे प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । सोमबार बसेको फूलकोर्ट बैठकले संविधान र कानुनको सर्वोच्चता हाम्रो अटल आस्था र …

संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सर्वोच्च फूलकोर्टको आग्रह

१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको फूलकोर्ट (सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक) ले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूबारे प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।

सोमबार बसेको फूलकोर्ट बैठकले संविधान र कानुनको सर्वोच्चता हाम्रो अटल आस्था र प्रतिवद्धता रहेको र त्यसमा अडिग रहेको बताएको छ ।

‘संविधान र कानूनको सर्वोच्चता हाम्रो अटल आस्था र प्रतिवद्धता हो । यसमा हामी अडिग र स्पष्ट छौं । संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सबैमा आग्रह गर्दछौं,’ सर्वोच्चका प्रवक्ता डा. अशोककुमार क्षेत्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सार्वजनिक रुपमा प्रकाशित र प्रसारित विषयका सम्बन्धमा बिना पूर्वाग्रह, निप्पक्ष एवम स्वतन्त्र ढंगवाट संविधान र कानून बमोजिम छानबीन गरी सत्य, तथ्य सहितको निश्कर्ष यथाशीघ्र सार्वजनिक गर्न पनि बैठकले सम्बद्ध निकायलाई आग्रह गरेको छ ।

‘सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण भइरहेका समाचारका सम्बन्धमा संविधान र कानून बमोजिम हुने छानबीन र अनुसन्धानमा कानून बमोजिम निर्वाह गर्नुपर्ने जवाफदेहीता एवम् सहयोग गर्ने कुरामा हामी प्रतिबद्ध छौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।

न्यायपालिका जनताको आस्था र विश्वासमा अडिने संस्था भएकोले यस संस्थासँग सम्वन्धित समाचारहरु प्रकाशन गर्दा यसले आम जनता एवम सेवाग्राहीहरुमा भ्रम र नकरात्मक असर नपरोस भनी छानबीनको निष्कर्ष प्राप्त नहुँदै कसैलाइ लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी कुनैपनि समाचार प्रकाशन तथा प्रसारण नगर्न पनि बैठकले आग्रह गरेको छ ।

‘प्रकाशित र प्रसारित समाचारबाट विचलित नभई सदाझैं न्यायिक कार्यमा क्रियाशील रहन सबै अदालतहरुमा कार्यरत सम्पूर्ण न्यायकर्मीहरूलाई आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
सर्वोच्चका श्रीमानहरु के–के मा सहमत ?

सर्वोच्चका श्रीमानहरु के–के मा सहमत ?

न्यायालय–बिचौलिया साँठगाँठ प्रकरणमा संस्थागत धारणा बनाउन बसेको सर्वोच्च अदालतको फुलकोर्ट बैठकमा औपचारिक निर्णय गर्नुअघि न्यायाधीशहरूबीच भएको छलफलका केही विवरण प्राप्त भएको छ ।

#सर्वोच्च-अदालत #सर्वोच्च
Compare →
Nagarik News
6d ago
सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।

#सर्वोच्च-अदालत #सर्वोच्च
Compare →
Ekantipur
6d ago
सर्वोच्चका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

सर्वोच्चका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम अनुमोदन गरेको हो ।

#सर्वोच्च-अदालत #सर्वोच्च
Compare →
Arthasansar
13h ago
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा...

#सर्वोच्च-अदालत #सर्वोच्च
Compare →
Bizshala
13h ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#सर्वोच्च-अदालत #सर्वोच्च
Compare →

Related Stories

National (Nepal)
Build #2611