Trending
Prev Story
Next Story

सीडीओले होटल सञ्चालनको समय तोके, मुख्यमन्त्रीले भने, ‘गैरजिम्मेवार कदम’

Onlinekhabar •
November 02, 2026 • 08:30 AM
1
1 reads 0 reactions

१६ कात्तिक, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका होटल व्यवसायीलाई राति १० बजेभित्र होटलको गेट बन्द गर्न र होटलमा बसेका पाहुनालाई साढे १० बजेसम्म बिदा गर्न निर्देशन दिएको छ । केही दिनअघि भएको सर्वपक्षीय …

सीडीओले होटल सञ्चालनको समय तोके, मुख्यमन्त्रीले भने, ‘गैरजिम्मेवार कदम’

१६ कात्तिक, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका होटल व्यवसायीलाई राति १० बजेभित्र होटलको गेट बन्द गर्न र होटलमा बसेका पाहुनालाई साढे १० बजेसम्म बिदा गर्न निर्देशन दिएको छ । केही दिनअघि भएको सर्वपक्षीय छलफलपछि प्रशासन कार्यालयले होटल सञ्चालनको समयसीमा तोकिदिएको हो ।

जिल्लाभरका रात्रिकालीन व्यवसायलाई समेट्ने एकीकृत मापदण्ड तयार नहुँदासम्म विराटनगरका होटल व्यवसाय सञ्चालन गर्न समयसीमा तोकिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले बताएका छन् । उनका अनुसार एक महिनाभित्र मापदण्ड तयार गरेपछि नयाँ निर्णय हुनेछ ।

‘राति १२ बजेसम्म होटलमा बसेर मदिरा सेवन गरेका यात्रु निस्किँदा दुर्घटना बढ्यो । त्यहाँ काम गर्ने महिला कामदारको सुरक्षा पनि भएन,’ उनले भने, ‘रात्रिकालीन मनोरञ्जनात्मक व्यावसाय सञ्चालनसम्बन्धी एकीकृत मापदण्ड तयार नभएसम्मका लागि १० बजे बन्द गर्ने निर्णय भएको हो, मापदण्ड बनेपछि समय बढ्छ ।’

विराटनगरका सडकमा रातभर नै सवारीसाधन ओहोरदोहोर गर्छन् । विराटनटनगर विमानस्थलमा पनि मध्यरातसम्म उडान अवतरण हुन्छ ।

यस्तो अवस्थामा जिल्ला प्रशासनले प्रदेश सरकारसँग समन्वयन नगरी समयसीमा तोकेपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असन्तुष्टि जनाएका छन् । राज्यले नागरिक तथा पर्यटकलाई २४सै घण्टा सुरक्षा दिनुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले प्रशासनको यस्तो कदम गैरजिम्मेवार भएको र पर्यटनमैत्री नभएको बताएका छन् ।

मुख्यमन्त्री कार्कीले पर्यटकीय गन्तव्यमा पर्यटकहरू समय हेरेर मात्र नआउने बताए । ‘पर्यटनका लागि आउने पाहुना बिहान, दिउँसो, राति जतिबेला पनि आउन र जान सक्छन्,’ उनले भनेका छन्, ‘हाम्रो विराटनगरकै आन्तरिक विमानस्थल राति अबेरसम्म सञ्चालन हुन्छ भने सडक विस्तारसँगै मानिसहरूको आवागमन चौबीसै घण्टा हुन्छ ।’

छिमेकी मुलुक भारतका सीमावर्ती शहरबाट विराटनगर वा आसपासका शहरमा आइपुग्ने यात्रुलाई लक्षित गर्दै उनले भनेका छन्, ‘साझ ८–९ बजे त्यहाँ ओर्लिएका पर्यटक वा पेसेन्जर हाम्रा शहरमा राति १० बजेदेखि बिहानसम्म यहा आइपुगे भने के भन्ने ? तपाईंहरू हाम्रो देश वा शहर नआउनुस् भन्ने हो ? वा, हाम्रा देश भित्रकै सडक यातायातबाट राति आइपुग्ने व्यक्तिलाई बसमै बस्नुस्, नओर्लिनुस भन्ने हो ? ’

नागरिक र पर्यटकलाई चौबीसै घण्टा सुरक्षा दिनु राज्यको दायित्व भएको उनले बताए । ‘राज्य वा स्थानीय प्रशासनले पर्यटक वा नागरिकलाई २४ घन्टा नै सेवा सुरक्षा दिनुपर्छ । राज्यले दिउँसो मात्रै सुरक्षा हुन्छ, राति हुँदैन, दिन्नँ भन्न मिल्दैन,’ कार्कीले भने, ‘जनता र हाम्रा पाहुनाको जीउधनको सुरक्षा गर्ने कामबाट कुनै पनि बहानामा उम्किन वा भाग्न पाइँदैन।’

स्थानीय प्रशासनले संवेदनशील र दीर्घकालीन असर पर्ने निर्णय लिनुअघि प्रदेश सरकार तथा स्थानीय तहसँग समन्वय र सल्लाह गर्नुपर्ने मुख्यमन्त्री कार्कीले बताएका छन् ।

‘यस्ता गैरजिम्मेवार सूचना प्रकाशन गर्नुअघि १० पटक सोच्नुपर्छ,’ उनले भनेका छन्, ‘देशको प्रतिष्ठा, पर्यटन क्षेत्र र यहाँका व्यवसायीलाई नकारात्मक असर पर्ने कुनै पनि काम गरिनु हुँदैन।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
8h ago
अब राति २ बजेसम्म होटल खोल्न पाइने

अब राति २ बजेसम्म होटल खोल्न पाइने

जिल्ला प्रशासन कार्यालय मोरङले रात्रिकालिन होटल व्यवसायलाई मापदण्ड भित्र रहेर राति २ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

#होटल #प्रशासन #मोरङ
Compare →
Hamro Patro News
1d ago
मोरङको सुनबर्षीमा पटका पड्काउँदा सल्किएको आगोले ५ घर जले

मोरङको सुनबर्षीमा पटका पड्काउँदा सल्किएको आगोले ५ घर जले

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-६ झपडतलमा आगलागीमा पाँच वटा घर जलेर नष्ट भएको छ । स्थानीय दिलबहादुर कार्कीको काठले बनेको दुई तले घर, दुई वटा गाई गोठ, भान्छा घर र भण्डारघरसहित पाँच वटा संरचना ...

#विराटनगर #मोरङ
Compare →
Ekantipur
14h ago
दोधारा चाँदनीको पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

दोधारा चाँदनीको पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने पुलमा क्षति पुगेपछि सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम घट्दै गएको छ ।

#होटल
Compare →
Bizshala
14h ago
घाटा घटाउँदै नाफाको बाटोमा सिटी होटल, आम्दानीसँगै सञ्चालन मुनाफा ५३ प्रतिशत बढ्यो

घाटा घटाउँदै नाफाको बाटोमा सिटी होटल, आम्दानीसँगै सञ्चालन मुनाफा ५३ प्रतिशत बढ्यो

काठमाण्डौ । सिटी होटल लिमिटेडको वित्तीय अवस्थामा सुधारको संकेत देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो...

#होटल
Compare →
Arthasansar
15h ago
सोल्टी होटलको आम्दानी बढ्यो, खुद नाफा १४ करोड २३ लाख

सोल्टी होटलको आम्दानी बढ्यो, खुद नाफा १४ करोड २३ लाख

‘सोल्टी होटल लिमिटेड’ ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा राम्रो नाफा कमाएको...

#होटल
Compare →

Related Stories

Politics & Governance
Build #2612