एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नै देशको रिपब्लिकन पार्टीभित्र आफ्नो बलियो पकड प्रमाणित गरे पनि विश्व राजनीतिका निर्वाचनहरूमा भने उनको प्रभाव निकै कमजोर देखिएको छ ।
अमेरिकाभित्र ट्रम्पले समर्थन गरेका करिब ९७ प्रतिशत उम्मेदवारहरूले प्राइमरी चुनाव जितेका छन् र उनले आफूलाई मन नपराउने सिनेटर जोन कोर्निन तथा सांसद थोमस मासीजस्ता स्थापित नेताहरूलाई समेत पाखा लगाएका छन् । तर, अन्तर्राष्ट्रिय मञ्चमा भने ट्रम्पको समर्थन पाएका दक्षिणपन्थी तथा पपुलिस्ट नेताहरूले लगातार पराजय भोगिरहेका छन् ।
Read full story at source ( clickmandu.com )