Trending
Prev Story
Next Story

कांग्रेसको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक सुरु

Onlinekhabar •
November 02, 2026 • 08:00 AM
1
1 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक सुरु भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा प्रतिपक्षी दलहरूको बैठक सुरु भएको हो । सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत …

कांग्रेसको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक सुरु

१६ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक सुरु भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा प्रतिपक्षी दलहरूको बैठक सुरु भएको हो ।

सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल गर्न कांग्रेसले प्रतिपक्षी दलहरूको बैठक बोलाइएको बताएको छ ।

बैठकमा नेकपा एमालेबाट सचिव तथा उपनेता पद्मा अर्याल, नेपाल कम्युनिस्ट पार्टीबाट संसदीय दलका नेता वर्षमान पुन र प्रमुख सचेतक युवराज दुलाल सहभागी भएका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रमुख सचेतक खुश्बु ओलीको बैठकमा सहभागिता रहेको कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको सचिवालयले जनाएको छ ।

बैठकमा संसद बाहिर रहेका दलका नेताहरू पनि उपस्थित छन् ।

बैठकअघि नेता आङ्देम्बेले सरकारको जवाफदेहिता, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भूमिका, पत्रकार पक्राउ र सञ्चारमाध्यममा प्रहरी परिचालन, विभिन्न घटनाका छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने तथा निष्पक्ष अनुसन्धानको विषयमा छलफल हुने बताएका थिए ।

यसअघि सोमबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले पत्रकार धरपकड र न्यायालयबारे उठेको विवाद छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेको थियो ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै संसदीय दलका नेता आङ्देम्बेले भनेका थिए, ‘नेपाली कांग्रेस पत्रकार धरपकडलगायत यससँग जोडिएका सरकारी सबै विवादित गतिविधिको स्वतन्त्र निष्पक्ष पारदर्शी छानबिन हुनुपर्दछ । दोषीलाई कानुनी कारबाही गर्नुपर्दछ । यसका लागि संसदीय विशेष समिति गठन गर्नु पर्दछ ।’

पछिल्ला सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेको कांग्रेस संसदीय दलको ठहर छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6d ago
बजेट विवाद नसुल्झिँदै सुदूरपश्चिममा प्रतिपक्षीको घेराबन्दी, बैठक बस्नै सकेन

बजेट विवाद नसुल्झिँदै सुदूरपश्चिममा प्रतिपक्षीको घेराबन्दी, बैठक बस्नै सकेन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८३/८४ को बजेट विवादलाई लिएर सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरेको छ। कांग्रेसको अवरोधपछि आधा घण्टाका लागि स्थगित गरिएको बैठक सहमति जुट्न नसक...

#प्रतिपक्षी #कांग्रेस
Compare →
Ekantipur
1d ago
भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

हृदयविदारक दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले स्तब्ध एवं अत्यन्तै मर्माहत बनाएको उनले उल्लेख गरेका छन् ।

#कांग्रेस
Compare →
Nagarik News
4d ago
'बिचौलियाको बयानका आधारमा कांग्रेसलाई बदनाम गर्न खोजियो'

'बिचौलियाको बयानका आधारमा कांग्रेसलाई बदनाम गर्न खोजियो'

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको बयानका आधारमा पार्टी र नेताहरूलाई बदनाम गर्न खोजिएको बताएका छन् ।

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2611