Trending
Prev Story
Next Story

सल्यानमा स्क्रब टाइफसबाट थप एकको मृत्यु, मृतकको संख्या १० पुग्यो

Ekantipur •
October 22, 2026 • 10:11 AM
1
1 reads 0 reactions

सल्यानमा स्क्रब टाइफसबाट थप एक जनाको मृत्यु भएको छ। दार्मा गाउँपालिका–४ का ६२ वर्षीय जितबहादुर मल्लको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।

सल्यानमा स्क्रब टाइफसबाट थप एकको मृत्यु, मृतकको संख्या १० पुग्यो

सल्यानमा स्क्रब टाइफसबाट थप एक जनाको मृत्यु भएको छ। दार्मा गाउँपालिका–४ का ६२ वर्षीय जितबहादुर मल्लको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।

सल्यान — सल्यानमा स्क्रब टाइफसबाट थप एक जनाको मृत्यु भएको छ। दार्मा गाउँपालिका–४ का ६२ वर्षीय जितबहादुर मल्लको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो। यससँगै जिल्लामा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा हालसम्म ८१७ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये दार्मा गाउँपालिकामा सबैभन्दा बढी २८१ जना छन्। त्यस्तै, बागचौर नगरपालिकामा २४७, कुमाख गाउँपालिकामा ८२, जिल्ला अस्पताल सल्यानमा ६६, कपुरकोट गाउँपालिकामा ६९, छत्रेश्वरी गाउँपालिकामा ५१, बन्गाड कुपिण्डे नगरपालिकामा ११, त्रिवेणी गाउँपालिकामा ६, सिद्धकुमाख गाउँपालिकामा ३ र कालिमाटी गाउँपालिकामा २ जनामा संक्रमण पुष्टि भएको छ।

दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार मल्ललाई असोज २८ गते गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको थियो। जिल्ला अस्पतालबाट घर फर्किएका उनको श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि घोराही हुँदै नेपालगञ्ज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको बस्नेतले बताए।

वर्षायाममा बढी देखिने यो रोगको संक्रमण पछिल्लो समय घटे पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। स्वास्थ्यकर्मीले घाँसदाउरा गर्दा शरीर ढाक्ने कपडा र बुट लगाउन, पञ्जा प्रयोग गर्न तथा घरवरपरका झाडी सफा राख्न आग्रह गर्दै आएका छन्।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
8h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#मृत्यु #गाउँपालिका #पुग्यो
Compare →
Nagarik News
21h ago
सर्लाहीको चक्रघट्टामा आज शोक बिदा, पालिकाले मृतक परिवारलाई जनही ५० हजार दिने

सर्लाहीको चक्रघट्टामा आज शोक बिदा, पालिकाले मृतक परिवारलाई जनही ५० हजार दिने

मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा गाउँपालिकाका नागरिकको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज शोक बिदा दिएको छ।

#मृत्यु #गाउँपालिका #मृतक
Compare →
Hamro Patro News
1d ago
भिमफेदी दुर्घट्ना : मृत्यु भएका ११ जनाको पहिचान खुल्यो

भिमफेदी दुर्घट्ना : मृत्यु भएका ११ जनाको पहिचान खुल्यो

सर्लाही। सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलमा भएको दुर्घट्नामा मृत्यु भएका ११ जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधवकुमार काफ्लेका अनुसार मृत्यु हुनेमा सर्...

#मृत्यु #गाउँपालिका
Compare →

Related Stories

World News
Build #2612