Trending
Prev Story
Next Story

गहिरो मतभेदका कारण जी–२० विदेशमन्त्री बैठक संयुक्त विज्ञप्तिबिनै सम्पन्न

Hamro Patro News •
November 02, 2026 • 05:58 AM
1
1 reads 0 reactions

विश्वका प्रमुख अर्थतन्त्र भएका मुलुकहरूको समूह जी–२० का विदेशमन्त्रीहरूको दुईदिने बैठक कुनै संयुक्त विज्ञप्ति जारी नगरी सम्पन्न भएको छ । अमेरिकाको एटलान्टामा सम्पन्न बैठकमा युक्रेन संकट, अमेरिका–इर...

1 / 2
Swipe Photos

विश्वका प्रमुख अर्थतन्त्र भएका मुलुकहरूको समूह जी–२० का विदेशमन्त्रीहरूको दुईदिने बैठक कुनै संयुक्त विज्ञप्ति जारी नगरी सम्पन्न भएको छ । अमेरिकाको एटलान्टामा सम्पन्न बैठकमा युक्रेन संकट, अमेरिका–इरान द्वन्द्व तथा विश्वव्यापी आर्थिक र सुरक्षा चुनौतीका विषयमा सदस्य राष्ट्रहरूबीच सहमति जुट्न नसकेपछि संयुक्त विज्ञप्ति जारी हुन नसकेको हो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोको अध्यक्षतामा भएको बैठकमा भूराजनीतिक तनाव, ऊर्जा सुरक्षा र आपूर्ति शृङ्खलाका विषयमा छलफल भएको थियो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्री रुबियोले होर्मुज जलडमरूमध्य र ब्ल्याक सीजस्ता महत्वपूर्ण जलमार्गमा आवागमनको स्वतन्त्रता, महत्त्वपूर्ण खनिजको आपूर्ति श्रृङ्खला तथा खाद्य सुरक्षाको विषयमा सबै राष्ट्रको साझा चासो रहेको बताउनु भयो । तर यी विषयको समाधान कसरी गर्ने भन्नेमा सदस्य राष्ट्रहरूबीच अझै मतैक्य हुन नसकेको उहाँले स्वीकार गर्नुभयो । बैठकमा सहभागी चिनियाँ उपविदेशमन्त्री मा झाओसुले अन्तर्राष्ट्रिय परिस्थिति गहिरो परिवर्तनको चरणमा रहेको र भूराजनीतिक तनाव बढिरहेको बताउनु भयो । उहाँले विश्वको विकाससम्बन्धी एजेण्डा पनि पछाडि परेको उल्लेख गर्दै विश्व शान्ति र स्थायित्व कायम गर्न जी–२० ले थप जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो ।चीनले अघि सारेको विश्व सुरक्षा पहलले साझा, व्यापक, सहकार्यमा आधारित र दिगो सुरक्षाको अवधारणा अघि सारेको उल्लेख गर्दै उहाँले क्षेत्रीय द्वन्द्वको मूल कारण सम्बोधन गर्न र अन्तर्राष्ट्रिय सुरक्षा व्यवस्थापनलाई सुदृढ बनाउन आह्वान गर्नुभयो ।ऊर्जा सुरक्षा र दिगो विकासका लागि सहकार्य बढाउनुपर्नेमा जोड दिँदै उहाँले ऊर्जा सबैको पहुँचमा पुग्ने गरी किफायती बनाउन, ऊर्जा संरचनाको रूपान्तरण गर्न तथा विश्वव्यापी औद्योगिक र आपूर्ति शृङ्खलाको स्थिरता कायम राख्न ठोस कदम चाल्नुपर्ने बताउनु भयो ।

बैठकमा युक्रेन संकट, अमेरिका–इरान द्वन्द्व र अमेरिकी भन्सार नीतिलगायत विषयमा सदस्य राष्ट्रहरूबीच गम्भीर मतभेद देखिएको थियो । सहभागी प्रतिनिधिहरूले यी विवादका कारण विश्व बजारमा इन्धनको मूल्य बढेको र अन्तर्राष्ट्रिय व्यापारमा अनिश्चितता थपिएको भन्दै चिन्ता व्यक्त गरेका थिए । नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनपछि अमेरिकाले इरानमाथि पुनः सैन्य आक्रमण गर्न सक्ने र त्यसको जवाफमा इरानले पनि प्रतिकार गर्न सक्ने सम्भावनाबारे समेत प्रतिनिधिहरूले चिन्ता व्यक्त गरेका थिए । बैठकको पहिलो दिनमै अमेरिकी पक्षले विदेशमन्त्रीहरूको परम्परागत सामूहिक तस्बिर खिच्ने कार्यक्रमसमेत अचानक रद्ध गरेको थियो । रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँगै तस्बिर खिच्न केही युरोपेली मुलुक, अस्ट्रेलिया र क्यानडाका प्रतिनिधिले असहमति जनाएको समाचारमा उल्लेख छ ।त्यस्तै, गत वर्ष जी–२० को अध्यक्षता गरेको सदस्य राष्ट्र दक्षिण अफ्रिकालाई यसपटक अमेरिकाले बैठकमा आमन्त्रण नगरेपछि पनि विवाद उत्पन्न भएको थियो । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी डिसेम्बरमा फ्लोरिडाको मियामीमा जी–२० नेताहरूको शिखर सम्मेलन आयोजना गर्नुहुनेछ । उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई समेत सम्मेलनमा सहभागी हुन निमन्त्रणा दिनुभएको छ ।अमेरिकी विदेशमन्त्री रुबियोका अनुसार रुसी राष्ट्रपति पुटिनले सम्मेलनमा सहभागी हुने वा नहुनेबारे अहिलेसम्म औपचारिक जानकारी दिएका छैनन् ।

Read full story at source ( emountaintv.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1w ago
संयुक्त राष्ट्र सुरक्षा परिषद्‍मा भिटो पावर नियन्त्रण गर्ने प्रस्तावमा रुसको पूर्ण अस्वीकृति

संयुक्त राष्ट्र सुरक्षा परिषद्‍मा भिटो पावर नियन्त्रण गर्ने प्रस्तावमा रुसको पूर्ण अस्वीकृति

१९ कात्तिक, काठमाडौं । रुसले संयुक्त राष्ट्र सुरक्षा परिषद् मा स्थायी सदस्य राष्ट्रहरूले प्रयोग गर्दै आएको 'भिटो पावर' लाई सीमित वा नियन्त्रण गर्ने कुनै पनि प्रस्ताव वा प्रयासलाई कहिल्यै समर्थन नगर्ने स्पष्ट पारेको छ। रुसी विदेश मन्त्रालयको …

#संयुक्त
Compare →
Nagarik News
1d ago
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न

भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न

भिमाद नगरपालिकाले गत आर्थिक वर्षमा सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य तथा धार्मिक र सांस्कृतिक सम्पदासम्बन्धी विभिन्न पूर्वाधार आयोजना सम्पन्न गरेको छ।

#सम्पन्न
Compare →
Bizshala
1w ago
माउण्टेन इनर्जीको १३औँ साधारणसभा सम्पन्न, २० प्रतिशत बोनस पारित, ५ सञ्चालक निर्वाचित

माउण्टेन इनर्जीको १३औँ साधारणसभा सम्पन्न, २० प्रतिशत बोनस पारित, ५ सञ्चालक निर्वाचित

काठमाण्डौ । माउण्टेन इनर्जी नेपाल लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।कम्पनीका अध्यक्ष प्रदिपजङ्ग...

#सम्पन्न
Compare →
Ekantipur
1w ago
चुनावी पराजयपछि पनि अमेरिकी रक्षामन्त्री र विदेशमन्त्री पदमै रहने

चुनावी पराजयपछि पनि अमेरिकी रक्षामन्त्री र विदेशमन्त्री पदमै रहने

चुनावी पराजयपछि रक्षामन्त्री हेगसेथविरुद्ध महाभियोगको तयारी भइरहेका बेला विदेशमन्त्री रुबियोले पनि ट्रम्पको कार्यकालभरि काम गर्ने बताएका छन्।

#विदेशमन्त्री
Compare →

Related Stories

World News
Build #2612