Trending
Prev Story
Next Story

हेल्प मधेशी नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा यादव निर्वाचित

Onlinekhabar •
November 02, 2026 • 06:31 AM
1
1 reads 0 reactions

१६ कात्तिक, जनकपुरधाम । हेल्प मधेशी नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन जनकपुरधामा सम्पन्न भएको छ । महाधिवेशनले संजय रान यादवको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ। नवनिर्वाचित केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रिना झा, प्रथम उपाध्यक्षमा अमरेश …

हेल्प मधेशी नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा यादव निर्वाचित

१६ कात्तिक, जनकपुरधाम । हेल्प मधेशी नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन जनकपुरधामा सम्पन्न भएको छ । महाधिवेशनले संजय रान यादवको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रिना झा, प्रथम उपाध्यक्षमा अमरेश कुमार यादव, दोस्रो उपाध्यक्षमा राम प्रकाश पासवान र तेस्रो उपाध्यक्षमा फूल कुमारी यादव चयन भएका छन् ।

त्यस्तै, केन्द्रीय महासचिवमा राजेन्द्र कुमार यादव, सचिवमा श्रवण कुमार महरा र कोषाध्यक्षमा मो. समीर शेख चयन भएका छन् ।

केन्द्रीय सदस्यहरूमा बस्नेत राय, मुकेश यादव, दिपेन्द्र कुमार महतो, कृष्ण कुमार साह, कृष्ण कुमार यादव, दिलीप कुमार महतो र गनेन्द्र कुमार मुखिया रहेका छन् । त्यसैगरी, केन्द्रीय सल्लाहकारमा दीपक कुमार गुप्ता र उदय नारायण मण्डल तथा केन्द्रीय प्रवक्तामा देव नारायण महतो चयन भएका छन् ।

केन्द्रीय संरक्षकहरूमा राम उदगार यादव, शिव नारायण यादव, कृष्ण देव यादव र शिव कुमार महतो रहेका छन् ।

नवनिर्मित कार्यसमितिले संस्थाको मूल उद्देश्यअनुरूप सामाजिक सेवा, मानवता, आपसी सहयोग र संगठन विस्तारलाई प्राथमिकता दिँदै देश तथा विदेशमा रहेका नेपाली समुदायबीच एकता र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
भीमफेदी गाडी दुर्घटना : घाइते पाँचै जना यादव थरका, छठ मनाउन सर्लाही जाँदै थिए

भीमफेदी गाडी दुर्घटना : घाइते पाँचै जना यादव थरका, छठ मनाउन सर्लाही जाँदै थिए

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको माइक्रोबस दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

#यादव
Compare →
Hamro Patro News
2d ago
मधेसका मुख्यमन्त्री यादवले यही कात्तिक २८ गते विश्वासको मत लिने

मधेसका मुख्यमन्त्री यादवले यही कात्तिक २८ गते विश्वासको मत लिने

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन्। प्रदेश सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता...

#यादव
Compare →
Arthasansar
2d ago
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । तीनदलीय गठबन्धनको सरकारबाट नेकपा एमाले...

#यादव
Compare →
Nagarik News
2d ago
मुख्यमन्त्री यादवले यही कात्तिक २८ गते विश्वासको मत लिने

मुख्यमन्त्री यादवले यही कात्तिक २८ गते विश्वासको मत लिने

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

#यादव
Compare →

Related Stories

National (Nepal)
Build #2611