Trending
Prev Story
Next Story

अब गाउँ गाउँमा सिंहदरबार : प्रधानमन्त्री शाह

Nagarik News •
November 02, 2026 • 05:50 AM
1
1 reads 0 reactions

प्रधानमन्त्री बालेन्द्र शाहले अब गाउँ गाउँमा सिंहदरबार हुने दाबी गरेका छन्।

अब गाउँ गाउँमा सिंहदरबार : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले अब गाउँ गाउँमा सिंहदरबार हुने दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले जग्गा प्रशासन स्थानीय तहबाटै हुने जनाउँदै यस्तो दाबी गरेका हुन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म भनेकै राज्य र नागरिकबिचको दूरी घटाउनु भएको बताए।

राज्यका सेवा सुविधा पाउन टाढाका कार्यालयहरूसम्म सहजरूपमा पुग्नु नभइ आवश्यक कार्यालय र तिनका सेवाहरू नागरिकसँग पुग्नु यसको अन्तिम लक्ष्य भएको उनको भनाइ छ। 'यही मर्मलाई आत्मसात गर्दै नेपाल सरकारले आफ्नो शासकीय सुधार सम्बन्धी एकसय कार्यसूचीको अभिन्न अङ्गका रूपमा भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने कार्यलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको छ,' शाहले भनेका छन्।

उनका अनुसार यसै लक्ष्य अनुरुप नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ ले गरेका व्यवस्था बमोजिम भूमि प्रशासनका सेवाहरू स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएकोमा हालसम्म विभिन्न ३३ वटा स्थानीय तहबाट उक्त सेवा सफलतापूर्वक सञ्चालन भइरहेको छ। यस प्रक्रियालाई थप गति दिँदै बाँकी रहेका सम्पूर्ण स्थानीय तहहरूबाट समेत आगामी एक महिनाभित्र भूमि प्रशासनसम्बन्धी सेवा अनिवार्य रूपमा सञ्चालन गर्ने गरी व्यवस्था मिलाउने निर्णय गरिएको उनले उल्लेख गरे। यस कार्यमा स्थानीय तहलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउन नेपाल सरकार प्रतिबद्ध रहेको उनको जिकिर छ।

'नेपाल सरकारको यस पहलबाट स्थानीय तहले भूमि प्रशासन सम्बन्धी आफ्नो संवैधानिक तथा कानुनी अधिकारको पूर्ण प्रयोग गर्न पाउनेछन्। नागरिकलाई जग्गासम्बन्धी सेवा दिने भूमि प्रशासन तथा नापी कार्यालयहरू नागरिकको थप निकट, सरल र सहज हुनेछन् भने अधिकारलाई केन्द्रमा सीमित गर्ने कानुनी प्रावधानहरू खुकुला हुँदै जानेछन् भन्ने नेपाल सरकारको विश्वास छ,' उनले भनेका छन्।

प्रकाशित: १६ कार्तिक २०८३ ११:३५ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणबारे भारतीय विदेश मन्त्रालयले के भन्यो?

प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणबारे भारतीय विदेश मन्त्रालयले के भन्यो?

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल-भारत सम्बन्धका सबै पक्षमा छलफल हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंग...

#बालेन-शाह #बालेन्द्र #शाह
Compare →
Onlinekhabar
2d ago
विदेश र बजार छाडेर गाउँमा कृषि, मासिक आम्दानी २ लाख

विदेश र बजार छाडेर गाउँमा कृषि, मासिक आम्दानी २ लाख

२५ कात्तिक, विराटनगर । केही वर्ष उनले परदेशको तातो घाममा पसिना बगाए । फर्किएपछि स्थानीय बजारमा यातायात व्यवसाय पनि गरे । आम्दानी नभएको होइन, तर मोरङ केराबारी गाउँपालिका–९ घङ्गरुका गणेशबहादुर थापाको मन भने कतै अडिएन । …

#गाउँ
Compare →
Ekantipur
2d ago
गाउँको तिहार, परदेशको तिहार

गाउँको तिहार, परदेशको तिहार

विदेशमा बिताएका धेरै वर्षमध्ये तिहारकै दिन टीका लगाउने अवसर एक वर्ष मात्र जुरेको छ। अन्य वर्ष निधार खाली नै रहे ।

#गाउँ
Compare →
Bizshala
12h ago
बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

काठमाण्डौ । बढ्दो बसाइँसराइका कारण सुनसान बन्दै गएको मकवानपुरको एउटा गाउँमा पर्यटन व्यवसायले नयाँ जीवन भरेको छ।...

#गाउँ
Compare →

Related Stories

Politics & Governance
Build #2612