Trending
Prev Story
Next Story

इजरायलमा राजनीतिक गतिरोध, इरानसँग फेरि युद्धको आशंका

Onlinekhabar •
November 02, 2026 • 04:30 AM
1
1 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । इजरायलमा अक्टोबर २७ मा सम्पन्न आमनिर्वाचनपछि उत्पन्न राजनीतिक गतिरोध र अनिर्णयका बीच इरानसँगको सैन्य तनाव पुनः चुलिने संकेत देखिएको छ । इजरायली विपक्षी गठबन्धन ‘द डेमोक्र्याट्स’का नेता याइर गोलानले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले …

इजरायलमा राजनीतिक गतिरोध, इरानसँग फेरि युद्धको आशंका

१६ कात्तिक, काठमाडौं । इजरायलमा अक्टोबर २७ मा सम्पन्न आमनिर्वाचनपछि उत्पन्न राजनीतिक गतिरोध र अनिर्णयका बीच इरानसँगको सैन्य तनाव पुनः चुलिने संकेत देखिएको छ ।

इजरायली विपक्षी गठबन्धन ‘द डेमोक्र्याट्स’का नेता याइर गोलानले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो राजनीतिक अस्तित्व जोगाउन इरानसँगको नयाँ सैन्य मुठभेडलाई हतियार बनाउन सक्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै गोलानले इरानसँग अर्को चरणको युद्ध वा मुठभेड हुने सम्भावना तीव्र रूपमा बढिरहेको उल्लेख गरेका छन् । अमेरिकामा आउँदो मङ्गलबार हुने मध्यावधि निर्वाचनलगत्तै वासिङ्टन र तेल अभिभले इरानमाथि ठूलो सैन्य आक्रमण गर्न सक्ने भन्दै इजरायली र अमेरिकी सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि उनको यस्तो भनाइ आएको हो ।

नेतान्याहुको असफलता र नैतिक वैधतामाथि प्रश्न

पूर्वउपसेनाप्रमुखसमेत रहेका गोलानले इरानसँग बारम्बार भइरहेका युद्धका शृङ्खलाले नेतान्याहुको पूर्ण असफलता पुष्टि गर्ने बताएका छन् ।

‘हामी इरानविरुद्ध बारम्बार युद्ध लड्नुपर्ने स्थितिमा पुगेका छौँ । यसले नेतान्याहु कति असफल भइसकेका छन् भन्ने देखाउँछ । उहाँसँग अर्को युद्ध सञ्चालन गर्ने न नैतिक वैधता छ, न त आधारभूत क्षमता नै,’ उनले भनेका छन् ।

नेतान्याहु, रक्षामन्त्री इजरायल कात्ज र राष्ट्रिय सुरक्षा मन्त्री इतमार बेन–गभिरको हातमा देशको सुरक्षा जिम्मेवारी रहिरहनु इजरायलका लागि जोखिमपूर्ण रहेको बताउँदै गोलानले यसको तत्काल अन्त्य हुनुपर्ने माग गरेका छन् ।

गत मङ्गलबार सम्पन्न १२५औँ नेसेट (संसद्) निर्वाचनमा कुनै पनि पक्षले सरकार गठनका लागि आवश्यक ६१ सिटको स्पष्ट बहुमत हासिल गर्न सकेन ।

प्रधानमन्त्री नेतान्याहुको सत्तारूढ लिकुड पार्टी र उनका धार्मिक तथा कट्टरपन्थी सहयोगी गठबन्धनले १२० सदस्यीय संसद्मा ५३ सिट मात्र जितेका छन् ।

गादी इसेनकोट, नाफ्ताली बेनेट र याइर गोलानलगायतका यहुदी विपक्षी दलहरूले ४८ सिट हासिल गरेका छन् । संसद्मा निर्णायक बनेका अरब तथा प्यालेस्टिनी दलहरू (जोइन्ट लिस्ट र राअम) ले १९ सिट जितेका छन् ।

संसद्मा ६५ सिट नेतान्याहुविरोधी कित्तामा रहेकाले गोलानले अरब दलहरूको समेत समर्थनमा वैकल्पिक सरकार गठन गर्न आग्रह गरेका छन् । इजरायलको राष्ट्रिय सुरक्षा र नागरिकको रक्षाका लागि अविलम्ब नयाँ सरकार गठन गर्नुको विकल्प नरहेको उनको तर्क छ ।

७६ वर्षीय प्रधानमन्त्री नेतान्याहु गम्भीर कानुनी संकटबाट समेत गुज्रिरहेका छन् । उनीमाथि घुसखोरी, ठगी र पदको दुरुपयोगको आरोपमा अदालतमा मुद्दा चलिरहेको छ । दोषी ठहरिए उनलाई जेल सजाय हुन सक्छ ।

अक्टोबर २०२३ देखि गाजा क्षेत्रमा जारी युद्धका क्रममा प्यालेस्टिनीहरूमाथि युद्ध अपराध र मानवताविरुद्धको अपराध गरेको अभियोगमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले सन् २०२४ मा नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ ।

निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत हासिल नगरेपछि इजरायलमा अरब दलहरूको समर्थनमा वैकल्पिक सरकार गठन, राष्ट्रिय सहमतिको सरकार निर्माण वा पुनः मध्यावधि निर्वाचनमा जानुपर्ने सम्भावनाबारे बहस तीव्र बनेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
हर्मुज पुरानै अवस्थामा फर्किँदैन : इरान

हर्मुज पुरानै अवस्थामा फर्किँदैन : इरान

काठमाडौं : इरानले अमेरिका र इजरायलसँगको युद्धअघिको अवस्थामा हर्मुज जलमार्ग कहिल्यै नफर्कने जनाएको छ । इरानी संसद्का सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले सातबुँदे प्रस्तावमार्फत युद्...

#इजरायल #इरान
Compare →
Nagarik News
1d ago
इरान युद्धबारे ट्रम्पले भने : ९३ प्रतिशत होइन, पूर्ण जित चाहन्छौँ

इरान युद्धबारे ट्रम्पले भने : ९३ प्रतिशत होइन, पूर्ण जित चाहन्छौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूहरू ९३ प्रतिशत नभई पूर्ण जित चाहने बताएका छन्।

#इरान #युद्ध
Compare →
Ekantipur
1d ago
हर्मुज युद्धपूर्वको अवस्थामा फर्कन सक्दैन : इरान

हर्मुज युद्धपूर्वको अवस्थामा फर्कन सक्दैन : इरान

इरानका सर्तहरूमा अमेरिकी जलसेनाको नाकाबन्दी तथा प्रतिबन्धहरू फुकुवा, रोक्का राखिएको इरानी सम्पत्ति फिर्ता, सबै मोर्चामा युद्धविराम र युद्ध अन्त्यको स्पष्ट घोषणा समावेश छन्

#इरान #युद्ध
Compare →
Arthasansar
14h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#इरान #फेरि
Compare →
Bizshala
1d ago
इरानको आणविक अडानले तेलको मूल्यमा १ प्रतिशत वृद्धि

इरानको आणविक अडानले तेलको मूल्यमा १ प्रतिशत वृद्धि

काठमाडौं । इरानले प्रशोधित आणविक सामग्री देशबाहिर लैजान नदिने बताएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब १...

#इरान
Compare →

Related Stories

World News
Build #2611