Trending
Prev Story
Next Story

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार

Onlinekhabar •
November 02, 2026 • 04:01 AM
1
1 reads 0 reactions

१७ कात्तिक, सुर्खेत । डोल्पाको माथिल्लो क्षेत्रमा भारी हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको सोमबार बिहान हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ । गत १४ कात्तिकदेखि हिमपातका कारण सम्पर्कविहीन भएका दुई महिला र चार पुरुषसहित ६ …

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार

१७ कात्तिक, सुर्खेत । डोल्पाको माथिल्लो क्षेत्रमा भारी हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको सोमबार बिहान हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ ।

गत १४ कात्तिकदेखि हिमपातका कारण सम्पर्कविहीन भएका दुई महिला र चार पुरुषसहित ६ भारतीय पर्यटकको सोमबार बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

सोमबार बिहान साढे ६ बजे उडेको हेलिकप्टरले सुरुमा दुई महिलालाई उद्धार गरी जिल्ला सदरमुकाम दुनै ल्याएको थियो । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ । त्यसपछि बाँकी चार पुरुषको उद्धारका लागि हेलिकप्टर पुनः घटनास्थल पुगेको थियो । उनीहरूलाई पनि सकुशल उद्धार गरिएको छ ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले ६ जना भारतीय पर्यटकको सकुशल उद्धार गरिएको जानकारी दिइन् । उनका अनुसार उद्धार गरिएका सबैको अवस्था सामान्य रहेको छ ।

जिल्ला प्रशासन कार्यालय डोल्पामा १४ कात्तिकमा हिमपातका कारण पर्यटक फसेको जानकारी प्राप्त भएको थियो । त्यसपछि उद्धारका लागि पहल गरिए पनि प्रतिकूल मौसम र हेलिकप्टर व्यवस्थापनमा आएको समस्याका कारण उद्धारमा ढिलाइ भएको थियो ।

अनुमति नलिई जोखिमपूर्ण मार्गबाट यात्रा

जिल्ला प्रशासन कार्यालयका अनुसार भारतीय पर्यटक आवश्यक प्रशासनिक अनुमति नलिई माथिल्लो डोल्पा पुगेका थिए । उनीहरू डोल्पोबुद्ध गाउँपालिकाको धो क्षेत्रबाट शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित फोक्सुण्डो तालतर्फ फर्कने क्रममा नुमला र वाग्ला पास आसपासको क्षेत्रमा हिमपातमा फसे का थिए ।

मौसम प्रतिकूल रहेको र भारी हिमपातको जोखिम भएकाले प्रशासन तथा स्थानीयवासीले हिमाली क्षेत्रमा यात्रा नगर्न सुझाव दिएका थिए । तर, आवश्यक अनुमति नलिई जोखिमपूर्ण मार्गबाट यात्रा गर्दा उनीहरू समस्यामा परेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
15h ago
नेपाल घुम्न आएका भारतीय पर्यटकको चोरी भएको मोटरसाइकल चार दिनपछि भेटियो

नेपाल घुम्न आएका भारतीय पर्यटकको चोरी भएको मोटरसाइकल चार दिनपछि भेटियो

नेपाल घुम्न आएका भारतीय पर्यटकको चोरी भएको मोटरसाइकल चार दिनपछि भेटियो ३ मिनेट अघि काठमाडौं : पशुपतिनाथ मन्दिरको दर्शन र घुमघामका लागि भारतबाट नेपाल आएका भारतीय मोटो भ्लगर सोनु मालीको चोरी भएको म...

#भारतीय #पर्यटक
Compare →
Nagarik News
1d ago
अस्ट्रेलियाको घना जंगलमा ६ दिनदेखि बेपत्ता किशोरको सकुशल उद्धार

अस्ट्रेलियाको घना जंगलमा ६ दिनदेखि बेपत्ता किशोरको सकुशल उद्धार

विलियम नाम गरेका ती किशोर गत शुक्रबार एक साथीसँग क्याम्पिङका लागि मेलबर्नबाट करिब १८० किलोमिटर पूर्वमा रहेको जंगल क्षेत्रमा गएका बेला सम्पर्कविहीन भएका थिए।

#उद्धार #सकुशल
Compare →
Bizshala
1d ago
बाढीपछि गोसाइँकुण्डमा पर्यटकको आगमन बढ्न थाल्यो

बाढीपछि गोसाइँकुण्डमा पर्यटकको आगमन बढ्न थाल्यो

काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक तथा पदमार्गमा क्षति पुर्‍याएपछि सुस्ताएको रसुवास्थित...

#पर्यटक
Compare →
Ekantipur
2d ago
भाइटीकामा सौराहामा आन्तरिक पर्यटकको चहलपहल [तस्बिरहरू]

भाइटीकामा सौराहामा आन्तरिक पर्यटकको चहलपहल [तस्बिरहरू]

भाइटीका लगाएपछि चितवन र आसपासका क्षेत्रबाट पर्यटक घुम्न सौराहा पुगेका छन् । तर घोप्टेभीरको पहिरोका कारण पर्यटक आवागमन भने सोचेजति हुन नसकेको व्यवसायीले बताए ।

#पर्यटक
Compare →

Related Stories

World News
Build #2611