Trending
Prev Story
Next Story

हात गुमाएका पीडितको गुनासो सुनेलगत्तै गृहमन्त्रीले गरे सिडिओलाई फोन

Nagarik News •
November 01, 2026 • 03:48 PM
1
1 reads 0 reactions

तनहुँको आँबुखैरेनीमा आयोजित छलफलका क्रममा करेन्ट लागेर हात गुमाएका एक व्यक्तिले राहत नपाएको गुनासो गरेपछि गृहमन्त्री सुधन गुरुङले तत्कालै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई फोन गरेर राहत प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।

हात गुमाएका पीडितको गुनासो सुनेलगत्तै गृहमन्त्रीले गरे सिडिओलाई फोन

तनहुँको आँबुखैरेनीमा आयोजित छलफलका क्रममा करेन्ट लागेर हात गुमाएका एक व्यक्तिले राहत नपाएको गुनासो गरेपछि गृहमन्त्री सुधन गुरुङले तत्कालै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई फोन गरेर राहत प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।

गत चैतमा करेन्ट लागेर हात काट्नुपरेका ती पीडितले हालसम्म कुनै राहत नपाएको विषय गृहमन्त्रीसमक्ष प्रस्तुत भएपछि उनले चासो देखाएका थिए।

उनले तत्कालै सम्बन्धित प्रशासनिक अधिकारीलाई सम्पर्क गरी राहत उपलब्ध गराउने प्रक्रिया द्रुत गतिमा अघि बढाउन स्पष्ट निर्देशन दिए।

यसअघि गृहमन्त्री गुरुङले आँबुखैरेनीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा स्थानीयसँग समसामयिक विषयमा अन्तरक्रिया गरेका थिए।

छलफलमा स्थानीय समस्या, शान्तिसुरक्षा, बढ्दो अनलाइन ठगी तथा विपद् व्यवस्थापनबारे कुराकानी भएको रास्वपा नेता वासु पन्तले जानकारी दिए।

छलफलमा विशेषगरी भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकका परिवारले सरकारका तर्फबाट भइरहेका काम तथा पीडित परिवारका लागि चालिएका कदमबारे जिज्ञासा राखेका थिए।

विपद्मा परेका परिवारको वर्तमान अवस्था र उनीहरूका समस्याबारे स्थानीयले मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए।

त्यस्तै, जिल्लाको समग्र शान्तिसुरक्षा र पछिल्लो समय मौलाउँदै गएको अनलाइन ठगीका विषयमा पनि गृहमन्त्रीलाई जानकारी गराइएको थियो।

अनलाइन माध्यमबाट हुने ठगीले सर्वसाधारणलाई पारेको असर र यस्ता गैरकानुनी गतिविधि नियन्त्रण गर्न तत्काल कदम चाल्नुपर्नेबारे छलफल भएको नेता पन्तले बताए।

प्रकाशित: १५ कार्तिक २०८३ २१:३३ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
6d ago
भोटेकोशी विपद्मा गुनासो नआउनेगरी काम भइरहेको छ

भोटेकोशी विपद्मा गुनासो नआउनेगरी काम भइरहेको छ

।भोटेकोशी बाढीका क्रममा विपद् प्रभावितलाई गुनासो आउन नदिने गरी राहत तथा पुनःस्थापनामा काम भइरहेको सरोकारवाला सरकारी निकायका प्रतिनिधिले बताएका छन्। ललितपुरमा आयोजित विपद्पछिको राष्ट्रिय संवाद कार्...

#राहत #गुनासो
Compare →
Onlinekhabar
3d ago
देउसी–भैलोका नाममा हुने अमर्यादित गतिविधि रोक्न प्रतिबद्ध छौं : गृहमन्त्री

देउसी–भैलोका नाममा हुने अमर्यादित गतिविधि रोक्न प्रतिबद्ध छौं : गृहमन्त्री

२४ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चाडपर्वका नाममा हुने अश्लील तथा विकृत गतिविधि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार फेसबुकमार्फत उनले मौलिक परम्परा र सांस्कृतिक मर्यादामा आँच आउने गरी देउसी–भैलो खेल्ने क्रममा …

#गृहमन्त्री
Compare →

Related Stories

Politics & Governance
Build #2611